Table of Contents
पाठ - १: उज्यालो यात्रा
अभ्यास
शब्दभण्डार
१. दिइएका अर्थ आउने शब्द 'उज्यालो यात्रा' कविताबाट खोजेर लेख्नुहोस् :
(क) मनमा उत्पन्न हुने भाव वा विचार - भावना
(ख) श्रीखण्ड घोटेर बनाइएको लेप - चन्दन
(ग) गौरवले भरिएको - सगौरव
(घ) आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम - त्याग
(ङ) सबैभन्दा उच्च वा अग्लो - सर्वोच्च
२. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस् :
गाई मानिसले पाल्ने घरपालुवा जनावर हो। यो चौपाया वर्गभित्र पर्छ । मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ । शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ । दुग्ध र दुग्धजन्य पदार्थ बिक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन् । गाईपालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ ।
आम्दानी: उपार्जन
जनावर: चौपाया
३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस्ः
शक्ति - तागत
प्रेम - माया
धर्ती - धरणी
शिर - टाउको
कर्म - काम
सुन्दर - राम्रो
जिन्दिगी - जीवन
महान - उच्च
हावा - वायु
आकाश - नभ
नयन - आँखा
४. ‘उज्यालो यात्रा’ कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस्ः
निम्न - उच्च
दुःखी - सुखी
अज्ञान - ज्ञान
सम्भव - असम्भव
आफ्नो - अरु
अन्याय - न्याय
५. उदाहरणमा दिए जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस्
उदाहरण: धारिलो भुत्ते, धेरै-थोरै
माथि-तल
उज्यालो-अँध्यारो
शिर-पाउ
जित-हार
न्याय-अन्याय
माथि-तल
बोध र अभिव्यक्ति
उदाहरणमा दिए जस्तै जोडी अनुप्रासयुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस् :
उदाहरण: चन्दन नन्दन
→ असम्भव - सब,
→ सुखी - खुसी,
→ सौरभ - गौरव,
→ भरी - छरी,
→ मनोहर - सुन्दर,
→ खातिर - शिर,
दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जसका भावना हाँस्छन्, मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी ।
(अ) यस कवितांशका चार पाउ छुट्याएर लेख्नुहोस् ।
जसका भावना हाँस्छन्,
मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन्
रातमा चाँदनी छरी ।
(आ) कवितांशका चारै पाउको पाँचौं ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस् ।
भावना, रागिनी, जिन्दगी, चाँदनी
(इ) कवितांशका चारै पाउको छैटौं दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस् ।
भावना, रागिनी, जिन्दगी, चाँदनी
(ई) कवितांशका चारै पाउका सातौं वर्ण क्रमशः लेख्नुहोस् ।
हाँ, भ, बाँ, छ
८. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।
समर्पित भएका छन् जो सदा न्यायखातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर ।
(क) धर्तीलाई केले मनोहर बनाएको छ ?
=> ज्ञान र कर्ममा जुटेका मानिसहरुको सङ्घर्षले धर्तीलाई मनोहर बनाएको छ ।
(ख) कर्म गर्नेको जिन्दगी कस्तो बन्छ ?
=> कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ र उनीहरुले कर्म गरेर समाज र देशलाई पनि बनाउँछन् ।
(ग) कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ ?
=> कवितांशमा जो मानिस सधैँ न्यायखातिर समर्पित भएका हुन्छन्, उनीहरुको शिर उचो भनिएको छ ।
(घ) कवितांशबाट के सन्देश पाइन्छ ?
=> हामी ज्ञान र कर्मले हाम्रो धर्तीलाई सुन्दर बनाउनुपर्छ । सधैँ न्यायखातिर आवाज उठाउनुपर्छ । यसरी आफ्नो खुसी मात्र नहेरी समग्र देशको हितमा लाग्नुपर्ने सन्देश प्रस्तुत कवितांशबाट पाउन सकिन्छ ।
९. तलका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) 'उज्यालो यात्रा' कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस् ।
जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई सयौंपटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्मशक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउन सक्छौं । हामीले जहिले पनि उच्च सङ्कल्प लिनुपर्छ । संसारमा असम्भव केही छैन । सबै महान् व्यक्तिहरू सङ्कल्पकै कारण महान् बनेका हुन् ।
(ख) जीवन सार्थक पार्न के के गर्नुपर्छ ?
जीवनको यात्रालाई उज्यालो बनाउन अर्थात् सार्थक पार्न उच्च सङ्कल्प लिएर हामी कर्मशील बन्नुपर्छ । हामीले ईर्ष्या, द्वेष त्यागेर प्रेमको सौरभ छर्नुपर्छ र उपकारी बन्नुपर्छ । हामी उदाहरणीय व्यक्तित्व बन्न सक्नुपर्छ । हाम्रो ज्ञानले धर्तीलाई मनोहर बनाउनुपर्छ अनि हाम्रो कर्मले सुन्दर निर्माण गर्नुपर्छ । कर्म विध्वंशका लागि होइन, निर्माणका लागि हो । त्यस्तै हामीले लोभलालच मनमस्तकबाट फ्याँकेर न्यायका खातिर सदैव समर्पित हुनुपर्छ ।
(ग) कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन् ?
कवि रामप्रसाद ज्ञवालीले 'उज्यालो यात्रा' कवितामा नैतिक आदर्शको प्रस्तुति गरेका छन् । यस कवितामा कविले मूलतः कर्मशील बन्नुपर्ने धारणा अभिव्यक्त गर्दै उच्च सङ्कल्प लिनुपर्ने उल्लेख गरेका छन् । त्यस्तै ईर्ष्या, द्वेष त्यागेर प्रेमको सौरभ छर्दै उपकारी बन्नुपर्ने बताएका छन् । लोभलालच मनमस्तकबाट फ्याँकेर न्यायको बाटोमा लाग्नुपर्ने कुरामा कविको जोड रहेको छ । यसप्रकार कविले प्रस्तुत कवितामा महान् कर्मको आदर्श जीवन यात्राको कल्पना गर्दै चन्द्रसूर्य जस्तै उज्यालो छर्दै स्वावलम्बी बन्नुपर्ने उल्लेख गरेका छन् ।
(घ) 'उज्यालो यात्रा' कविताको मूलभाव के हो ?
कविताले मूलत: जीवनरूपी यात्रालाई उज्यालो पारी कसरी आदर्श र महान् व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेको छ । विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ नै महान् कर्मको यात्रा गर्नुपर्छ भन्ने कविको धारणा कवितामा प्रस्तुत भएको छ । महान् कर्मको आदर्श यात्रामा कहिले चलूँला ? चन्द्रसूर्य जस्तै आफैँ कहिले बसुँला ? आफ्नो पौरखले आफ्नो बाटो कहिले खनूँला ? अनि सर्वोच्च कविता आफैँ कहिले बनूँला ? भन्दै हामी अघि बढ्यौं भने उज्यालो भविष्यका साथ उज्यालो यात्रा तय गर्न सकिन्छ भन्ने भाव कविले कवितामा अभिव्यक्त गरेका छन् । त्यस्तै सत्कर्म र सत्व्यवहारले जीवनको उज्यालो यात्रा तय भई महान् र आदर्श बन्न सकिने भाव वा सन्देशसमेत कवितामा प्रस्तुत भएको छ ।
१०. कविताको दोस्रो श्लोकलाई व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तर गर्नुहोस् ।
उत्तर : कवितको दोस्रो श्लोक :-
भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब । २ ।
व्याकरणिक पदपदक्रम मिलाई गद्यमा रूपान्तरण गर्दा :-
उच्च सङ्कल्प भएमा केही असम्भव छैन । सब महान् मान्छेहरू सङ्कल्पैले बनेका हुन् ।
११. भाव विस्तार गर्नुहोस् :
(क) ईर्ष्याद्विष हटाएर जो छर्छन् प्रेम सौरभ तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।
प्रस्तुत श्लोक 'उज्यालो यात्रा' शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) हुन् । ज्ञवाली समसामयिक नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन् । कविता, आख्यान, नाटक, समालोचना लगायतका विधामा कलम चलाउने साहित्यकार ज्ञवाली सरल भाषाशैलीमा प्रभावकारी ढङ्गबाट काव्य सिर्जना गर्न सक्ने क्षमता भएका कवि हुन् । घृणाले भन्दा पनि मायाप्रेमले संसार जित्न सकिने र गौरवशाली बन्न सकिने कुरा कविले माथिको श्लोकमा स्पष्ट पार्ने प्रयास गरेका छन् ।
हाम्रो अरूको उन्नतिमा डाह गर्ने प्रवृत्ति रहेको छ । सामान्य कुरामा पनि हामी इख लिने काम गछौँ । यस्तो बानीले एकआपसमा शत्रुता मात्र उत्पन्न गर्दछ । शत्रुता कसैका लागि पनि हितकर हुँदैन । तसर्थ हामीले ईर्ष्याद्विष त्याग्नुपर्छ ।
सबैतिर सबैका लागि हामीले प्रेमको सुवास छर्नुपर्छ । प्रेमका माध्यमले नै संसार जित्न सकिन्छ । सबैको प्रिय बन्न सकिन्छ । मनबाट ईष्यद्विष हटाएर जसले प्रेमको सुवास छर्छन् त्यस्तो व्यक्ति वा मान्छे नै विश्वका निम्ति गौरव बन्छन् भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ ।
यसप्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकले मनमा रहेको डाह र इख हटाएर प्रेमको सुवास छर्ने व्यक्ति नै विश्वका लागि गौरव र प्रेरणाको स्रोत बन्न सक्ने भएकाले हामीले आजैबाट ईष्यद्विष त्यागेर सबैमा प्रेमपूर्ण व्यवहार गर्नुपर्छ भन्ने भाव सरल, सरस र प्रभावकारी भाषाशैलीका माध्यमबाट स्पष्ट पारेको छ ।
(ख) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।
प्रस्तुत श्लोक 'उज्यालो यात्रा' शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) हुन् । ज्ञवाली समसामयिक नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन् । कविता, आख्यान, नाटक, समालोचना लगायतका विधामा कलम चलाउने साहित्यकार ज्ञवाली सरल भाषाशैलीमा प्रभावकारी ढङ्गबाट काव्य सिर्जना गर्न सक्ने क्षमता भएका कवि हुन् । कर्मशील व्यक्ति नै आदर्श र नमुना बन्दछ भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ ।
कर्मले जिन्दगीलाई हँसिलो र सुखी बनाउन सकिन्छ । हाम्रो कर्मले सुन्दर विश्वको सिर्जना र निर्माण गर्नुपर्छ । कर्म नै धर्म भन्ने कुरालाई हामी सबैले मनन गर्दै कर्मशील जीवन बनाउनु आवश्यक छ । महान् र श्रेष्ठ कर्मको यात्रामा सधैं लागिरहने व्यक्ति विश्वका निम्ति आदर्श बन्छ । त्यस्तो व्यक्ति नै समाज, राष्ट्रमा मात्र नभएर विश्वका लागि नमुना र अनुकरणीय मान्छे बन्दछ । तसर्थ हामीले विश्वमा आदर्श र नमुना नका लागि सधैँ महान् कर्म गर्नुपर्छ भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ ।
यसप्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकमा हामीले सधैँ महान् र श्रेष्ठ कर्मको बाटोमा हिड्यौं भने विश्वका लागि आदर्श र नमुना मान्छे बन्न सक्छौं भन्ने भाव सरल, सरस र प्रभावकारी भाषाशैलीका माध्यमबाट अभिव्यक्त भएको छ । यसका साथै हामी कर्मशील बन्नुपर्छ अनि मात्र सबैका लागि अनुकरणीय बन्न सक्छौं भन्ने सन्देशसमेत दिएको छ ।
१२. कर्मशील बन्न कसरी सकिन्छ, 'उज्यालो यात्रा' कविताका आधारमा लेख्नुहोस् ।
उत्तर : रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) द्वारा रचित 'उज्यालो यात्रा' शीर्षकको कविता नैतिक विषयवस्तुमा आधारित सन्देशमूलक कविता हो । अनुष्टुप छन्दमा संरचित प्रस्तुत कवितामा बाह्र रहेका छन् । सरल र सरस भाषाशैलीको प्रयोग गरिएको यस कवितामा विभिन्न बिम्ब र दृष्टान्तको यथोचित प्रयोग गरिएको छ । समग्रमा कविता सरल, बोधगम्य र प्रभावकारी बनेको छ । कविताले मूलतः कर्मशील बनेर जीवनरूपी यात्रालाई उज्यालो पारी आदर्श र महान् व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेको छ ।
'उज्यालो यात्रा' कवितामा कर्मशील बन्न सबैलाई प्रेरित गरिएको छ । कर्मशील व्यक्ति नै महान् र अनुकरणीय बन्ने भावसमेत कवितामा अभिव्यक्त गरिएको छ । जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई सयौंपटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्मशक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउन सक्छौँ भन्दै कवितामा निरन्तरको मिहिनेत र परिश्रमले नै महान् उपलब्धि हासिल गर्न सकिने कुरा बताइएको छ । त्यस्तै हामीले जहिले पनि उच्च सङ्कल्प लिनुपर्छ । संसारमा असम्भव केही छैन । सबै महान् व्यक्तिहरू सङ्कल्पकै कारण महान् बनेका हुन् भन्दै हामीलाई कर्मशील बन्न सकिने तरिका बताइएको छ । कर्मले जिन्दगी हँसिलो र सुखी बनाउन सकिन्छ । अरूसँग लिनेभन्दा पनि अरूलाई दिने अर्थात् उपकारीहरू खुसी रहन सक्छन् । मनबाट ईर्ष्या र द्वेष हटाएर प्रेमको मिठो बास्ना छर्ने मानिसहरू नै विश्वका निम्ति गौरव बन्छन् । प्रेमको सुवास छर्नेहरू नै कर्मशील पनि बन्न सक्छन् । हाम्रो कर्मले उच्च जीवनका पथ लिन सक्यो भने त्यसै पथमा अरू मानिसहरू पनि गौरवसाथ हिँड्दछन् । हामीले प्राप्त गरेको ज्ञानले धर्ती मनोहर पार्न सक्नुपर्छ । हाम्रो कर्मले सुन्दर निर्माण गर्न सक्नुपर्दछ । अन्यायका विरुद्ध खडा भई न्यायका खातिर सधैँ लड्नेहरू नै संसारमा विजयी बनेका छन् । मन र मस्तकमा लोभलालच नहुने व्यक्तिले नै सधैँ त्यागका निम्ति अग्रसर हुनसक्छ भन्दै कर्मशील बन्न अवलम्बन गर्नुपर्ने तरिका स्पष्ट पारिएको छ ।
यसप्रकार सरल, सरल र प्रभावकारी भाषाशैलीका माध्यमबाट कवि ज्ञवालीले प्रस्तुत कवितमा विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ नै महान् कर्म गर्नुपर्छ भन्ने स्पष्ट पारेका छन् । यसका साथै कविले चन्द्रसूर्य जस्तै उज्यालो छरेर आदर्श यात्रामा अघि बढी आफ्नो पौरखले आफू हिँड्ने बाटो आफ्नैले खनेर हामी कर्मशील बन्न सक्ने कुरासमेत स्पष्ट पारेका छन् ।
१३. कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लेख्नुहोस् ।
उत्तर : कविले कविताको अन्तिम श्लोकमा आफू जीवनको उज्यालो यात्रामा हिड्ने अनुमान गरेका छन् । यसका लागि उनी कर्मशील बन्ने अनुमान गरेका छन् । अरूको भरमा नपरेर आफू हिँड्ने बाटो आफ्नै मिहिनेतले बनाउने कविको अनुमान रहेको छ । यो कर्मशील प्रवृत्तिले कवि स्वयम् सर्वोच्च कविता बन्ने र अरूलाई कवि बनाउने कुरा कविले कविताको अन्तिम श्लोकमा अनुमान गरेका छन् ।
१४. दिइएको विषयमा साथीबिच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् :
(क) परिश्रमको फल मिठो हुन्छ ।
(ख) मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो ।
१५. दिइएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ।
(क) प्रश्नहरू
(अ) गुरुकुल भनेको के हो ?
उत्तर : गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो ।
(आ) गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?
उत्तर : गुरुकुलमा सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षालाई प्राथमिकता दिइन्थ्यो ।
(इ) गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?
उत्तर : गुरुकुलमा निश्चित समय तालिका नहुने तथा गुरु र शिष्य प्रायः सँगसँगै हुने हुनाले जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ।
(ई) गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?
उत्तर : गुरुकुलमा नीति, व्यवहार र उसको व्यावसायिक कौशलको केही कठिन परीक्षा लिइन्थ्यो । त्यो परीक्षा पूरा गर्न सकेमा गुरुकुलमा शिष्य दीक्षित हुन्थे ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
(अ) पहिलो अनुच्छेदको पहिलो वाक्यबाट एक एक ओटा नाम, विशेषण र क्रियापद लेख्नुहोस् ।
उत्तर : नाम : - शिक्षा,
विशेषण आवासीय,
क्रियापद : हो
(आ) 'पढ़' धातुबाट एक एक ओटा नाम र क्रियायोगी शब्द निर्माण गर्नुहोस् ।
उत्तर : 'पद्' धातुबाट बन्ने एक ओटा नाम 'पढाइ र क्रियायोगी 'पढ्नाले' हो ।
(इ) अनुच्छेदबाट सुरु, बिच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस् ।
उत्तर : सुरुमा ह्रस्व इकार प्रयोग भएका शब्द :- विद्यालय, शिष्य
बिचमा स्व इकार प्रयोग भएका शब्द :- सान्निध्य तालिका
अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द :- गुरु, उच्चकोटि
पाठ- २: घरझगडा
अभ्यास
शब्दभण्डार
१. शब्दकोश प्रयोग गरी दइएका शब्दको अर्थ लेख्नुहोस
पाताल - पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबैभन्दा तल्लो लोक, पुराणअनुसार सात लोकमध्ये एक लोक, नागलोक
टीका - निधारमा लगाइने चन्दन, कुनै पद, पदावली, वाक्य, अनुच्छेद र ग्रन्थहरूको अर्थ स्पष्ट गरी लेखिएको व्याख्या, अर्थ
अतीत - बितेको समय बितेको समय, उहिलेको काल
किल्ला - प्रतिरक्षाका लागि चारैतिरबाट घेरिएको सुरक्षित ठाउँ, गढी
घनघोर - भयङ्कर, ज्यादै घना, डरलाग्दो
शपथ - कुनै काम हो होइन भनी गर्ने वचनबद्धता, किरिया, प्रतिज्ञा
अवतार - जन्म लिने काम, शरीर धारण गर्ने काम
राँको - आगोको मुस्लो
हालत - अवस्था, हबिगत
२. ‘घरझगडा’ कथामा प्रयोग भएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
कानमा तेल हाल्नु (चुपचाप बस्नु) -> आफुलाई थाह नभयेको कुरामा कानमा तेल हालेर बस्नु नै राम्रो हो |
आँखामा बिउनु (नराम्रो देख्नु) - धेरै बेरसम्म एउटै कुरालाई हेरिरहँदा आँखा बिझउनु थाल्छ ।
कम्मर कस्नु (आँट गर्नु ) – यो पटक गाऊमा एउटा विधालय खोल्न सबैले कम्मर कसेका छन् ।
आगो खेलाउनु - नेपाली सेनासँग जिस्कनु भनेको आगो खेलाउनु सरह हो ।
वाल्ल पर्नु - छोरो दिनहुँ विद्यालय जान्छ भनेर मक्ख परेका दोर्जेका बुबा छोरो पाँच दिनदेखि विद्यालय नगएको भन्ने शिक्षकको कुरा सुनेर वाल्ल परे ।
तेल घस्नु (चिप्लो घस्नु ) – आफनो काम पर्यो कि राज तेल घस्न थाल्छ ।
भासमा फस्नु - आफ्नो खराब बानी छ भने मानिस अवनतिको भासमा फस्दै जान्छ । उन्नति देख्न नसकेपछि आफ्नैले आफ्नालाई भासमा फसाउँछन् ।
चोचोमोचो मिलाउनु - आफ्नो अनुकूल हेरेर चोचोमोचो मिलाउने मान्छे स्वार्थी हो ।
३. दिइएका उखान र तिनको अर्थ पहिचान गरी पाँचओटा उखानलाई वाक्यमा प्रयोग गर्नुहोस् :
अकबरी सुनलाई कसी लाउनु पर्दैन : अकबरी सुनलाई कसी लाउनु पर्दैन भन्ने थाहा नहुनेले मात्र नेपालीको वीरता जाँच्न खोज्छ ।
इन्द्रका अगाडि स्वर्गको बयान : त्रिभुवन विश्वविद्यालयका नेपाली प्राध्यापकका अगाडि कक्षा १० मा पढ्ने विद्यार्थीले नेपाली कथाका बारेमा बखान छाँट्नु भनेको इन्द्रका अगाडि स्वर्गको बयान जस्तै त हो नि ।
जसले मह काढ्छ उसले हात चाट्छ : जसले मह काढ्छ उसले हात चाट्छ भनेझैँ रियान्सले सानैदेखि पढाइमा मिहिनेत गरेकाले अहिले अधिकृत भयो ।
नाच्न नजान्ने आँगन टेढो : ऊ हलो जोत्न जान्दैन अनि गोरुलाई पिट्छ । यो त नाच्न नजान्ने आँगन टेढो भनेझैँ भएन र!
हुने बिरुवाको चिल्लो पात : सिर्जना पढाइमा अब्बल भए जस्तै घरको काममा पनि सिपालु छिन् । यही त हो नि हुने बिरुवाको चिल्लो पात भनेको ।
४. दिइएको अनुच्छेबाट अनुकरणात्मक शब्द पहिचान गरी लेख्नुहोस् ।
विश्वास आँगनको छेउमा बसेर लटरम्म फलेका सुन्तला हेर्दै थिए । एउटा यात्रुवाहक यस घरनजिकै आएर घ्याच्च रोकियो । उनी हस्याङफस्याङ गर्दै त्यहाँ पुगे । चिटिक्क परेर आएका साथीलाई देखेर उनी छक्क परे । साथीले विदेशलाई चटक्क छोडेर स्वदेश आएकामा उनी गद्गद भए ।
उत्तर : लटरम्म, घ्याच्च, हस्याङफस्याङ, छक्क, चटक्क, गद्गद् ।
५. कोशको प्रयोग गरी दिइएका शब्दलाई क्रम मिलाएर लेख्नुहोस् :
सिर्जना, आँसु, त्याग, क्षमा, ज्वाला, गुलाफ, थुनुवा, अंश, कक्ष, ज्ञानी, त्रिलोचन, ऋण
उत्तर : अंश, आँसु, ऋण, कक्ष, क्षमा, गुलाफ, ज्वाला, ज्ञानी, त्याग, त्रिलोचन, थुनुवा, सिर्जना
बोध र अभिव्यक्ति
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) 'घरझगडा' कथा कति अनुच्छेदमा संरचित छ ? उत्तर : 'घरझगडा' कथा १० अनुच्छेदमा संरचित छ ।
(ख) कथाको प्रारम्भ कुन घटनाबाट भएको छ ?
उत्तर : कथाको प्रारम्भ राजेन्द्रलक्ष्मी नजरबन्दबाट छुटेपछिको घटनाबाट भएको छ ।
(ग) कथामा कुन कुन पात्रको प्रत्यक्ष भूमिका देखिएको छ ?
उत्तर : कथामा बहादुर शाह र राजेन्द्रलक्ष्मीको प्रत्यक्ष भूमिका देखिएको छ ।
(घ) बहादुर शाह वाल्ल परेको घटना कुन अनुच्छेदमा छ ?
उत्तर : बहादुर शाह वाल्ल परेको घटना चौथो अनुच्छेदमा छ ।
४. दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
(क) माथिको कथांश कुन सन्दर्भमा आएको हो ?
उत्तर : माथिको कथांश राजेन्द्रलक्ष्मीको बहादुर शाहप्रतिको धारणा बताउने सन्दर्भमा आएको हो ।
(ख) म पात्र उनका आँखामा बिझाउनुको कारण के हो ?
उत्तर : भारदारहरुको कुराका आधारमा एक अर्कालाई शङ्का गरेको कारण म पात्र उनका आँखामा बिझाएको बुझ्न सकिन्छ ।
(ग) अमृतको कणमा विष देख्नुको तात्पर्य के हो ?
उत्तर : अमृतको कणमा विष देख्नुको तात्पर्य सकारात्मक व्यक्ति र अवस्थालाई पनि नकारात्मक ठान्नु हो ।
(घ) कथांशमा घात प्रतिघात किन चल्दै गयो ?
उत्तर : एक अर्काप्रतिको अविश्वासका कारण कथांशमा घात प्रतिघात चल्दै गयो ।
५. कथाअनुसार दिइएका घटनालाई कम मिलाएर लेख्नुहोस् :
उत्तर:
(घ) राजेन्द्रलक्ष्मी नजरबन्दबाट छुट्नु
(झ) नाग बनेर आए पनि यिनीसँग म डराउन्न भन्नु
(च) हुन त विष संशोधन गरेपछि रसायन बन्छ भन्ने प्रयत्न गरेकी हुँ भन्नु (छ) चौबिसीहरूले सङ्गठन गर्न थालेको गुप्ती खवर सुन्नु
(ञ) आपसी फुट नै जातिको पतनकी चिह्न हो भन्नु
(ङ) बहादुर शाहले कुरौटेले वैमनस्य बढाइदिएको बताउनु
(ख) बालुवाले तिललाई पनि बालुवा नै सम्झन्छ भने झैँ उनका आँखामा म बिझाउन थाल्नु
(ज) शक्ति नभएका भए महाकाली, महालक्ष्मी, महासरस्वतीलाई कसैले पुज्ने थिएनन् भन्नु
(क) राजेन्द्रलक्ष्मीले बहादुर शाहको सकारात्मक भूमिकाको वर्णन गर्नु
(ग) गोरखामा हमला गर्न लागेको खबर आउनु
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) 'घरभगडा' कथाका पात्र राजेन्द्रलक्ष्मी र बहादुर शाहका चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।
उत्तर :
राजेन्द्रलक्ष्मी र बहादुर शाह दुवैले प्रतापसिंह शाहको मृत्युपछि नायब भएर शासन चलाए ।
दरबारिया षड्यन्त्रका कारण दुवैले एकअर्कालाई विश्वास गर्न सकेका थिएनन् । कथाका आधारमा यिनीहरुको नियतमा खोट भने भेटिन्न तर दुवै शङ्कालु भने देखिएका छन् । स्वविवेकको प्रयोग नगरी भारदारका कुरा सुनेर षड्यन्त्रको दलदलमा फसेका थिए । भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो, कहिले भने परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई थुनामा राख्ने काम पनि भएको थियो । यसरी हेर्दा उनीहरु दुबै शङ्कालु र सत्ताको लोभ रहेका पात्र देखिन्छन् ।
(ख) कथामा वर्णन गरिएको सन्दर्भका आधारमा उक्त समयको राजनीतिक परिवेश वर्णन गर्नुहोस् ।
उत्तर :
कथामा वर्णन गरिए अनुसार त्यतिबेला नेपालको एकीकरण तुहाउन विदेशीले अनेकौं षड्यन्त्र गरिरहेका थिए । दरबारभित्रै पनि अनेकौं षड्यन्त्र रचियो । भारदारहरु कुरौटे थिए । सानोतिनो मनमुटावलाई अतिरञ्जित गरी तिलको पहाड बनाइन्थ्यो । दरबारका कुरौटे, भरौटे भारदारले नेतृत्वबिचमा फाटो ल्याउने अनेकौं षड्यन्त्र गरिरहेका हुन्थे । यस्तो दरबारिया खटपटले एकीकरण अभियानमा पनि धक्का लागेको थियो । सत्तामा पुग्न अनेकौं जालझेल हुन्थे । यसरी विकृत राजनीतिक परिवेशको चित्रण कथामा पाइन्छ ।
(ग) बहादुर शाह बेतिया पुगेपछि राजेन्द्रलक्ष्मी किन आत्तिइन् ?
उत्तर :
बहादुर शाह बेतिया पुगेको खबरबाट बहादुर शाह कुनै जाल रच्नलाई उनी गएका हुन् कि भन्ने पनि लाग्यो । अर्कोतिर उनलाई आफ्नो हातको ढाल तरबार मैले गुमाए जस्तो महसुस भयो । बहादुर शाहको सदुपयोग गर्न नजान्नु ठुलो भुल महसुस भयो । भारदारहरूले रचेको षड्यन्त्रको भेउ पाउन नसक्दा निःसहाय महसुस भयो । आफू कमजोर हुँदा अन्य राज्यहरुले पनि आक्रमण गर्ने शङ्का पनि भयो । यसरी केही पश्चाताप र केही भारदारहरुबाट हुन सक्ने षड्यन्त्र सम्झेर राजेन्द्रलक्ष्मी आत्तिइन् ।
(घ) कथाको मुख्य सन्देश लेख्नुहोस् ।
उत्तर :
राज्य चलाउने काम सजिलो होइन । राज्य चलाउने व्यक्ति बाह्य र आन्तरिक चलखेल र षड्यन्त्रप्रति हरदम चनाखो बन्नुपर्छ । राज्यमा नेतृत्वकर्ताहरुका बिच आपसी सहमति र समझदारी भयो भने राज्य बलियो हुन्छ । आपसी बैमनस्य र कलहले राज्यमा अस्थिरता सिर्जना गर्छ । यस्तो अवस्थामा शत्रुहरुले पनि फाइदा उठाउन खोज्छन् । जसरी राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिचमा आपसी समझदारी हुन नसक्दा एकीकरणको अभियानमा पनि धक्का लाग्यो । त्यसैले सबैभन्दा पहिले घर बलियो बनाउनुपर्छ तब मात्र शत्रुलाई पराजित गर्न सकिन्छ भन्ने सन्देश कथाले दिएको छ ।
७. कथाको 'राजेन्द्रलक्ष्मीले गर्नुहोस्' कथांशबाट चारओटा प्रश्न बनाई तिनको उत्तर साथीसँग छलफल गर्नुहोस् ।
उत्तर :
(क) राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई डाकेर के भनिन् ?
(ख) 'सुतेको सिंहको टाउकामा टेक्नु' को तात्पर्य के हो ?
(ग) कम्मर कसेर लागे के के गर्न सकिन्छ ?
(घ) कथांशका अनुसार महाकाली, महालक्ष्मी, महासरस्वती किन पुजिएका हुन् ?
(राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई डाकेर भनिन्, "क्या हो राजकुमार, मिलेर काम गर्छु भनी शपथ गरेको कहाँ गयो ? नायवीमा राल काढेर सोझी भाउज्यूलाई छक्याउनु के राजनीति हो । शाही कुलमा ऐरेल बन्नुहुन्छ भने तितो अनुभव आफैँ भोग्नुहोला । सुतेकी सिंहको टाउकामा टेक्नु के बुद्धिमानी हो । कमलपित्त भएको दृष्टिले आइमाई भनेर तपाईंले हेप्नुभएको होला तर यो तपाईंको भुल हो । डोरीले हात्तीलाई हलचल गर्न दिँदैन भन्ने तपाईंलाई थाहा छैन ? कम्मर कस्यौं भने छहरा, पहरा, ढाल, तरवार अनि हिउँ र ज्वाला पनि बन्न सक्छौं । आँधी भएर उड़ाउन सक्छौं अनि व्याधि भएर पछार्न पनि, नागिनी बनेर पातालमा पस्न सक्छौं अनि गरुडनी भएर आकाशमा उड्न पनि । शक्ति नभएका भए महाकाली, महालक्ष्मी, महासरस्वतीलाई कसैले पुज्ने थिएनन् । खेलौना सम्झी आगो खेलाउनेको कुन गति हुन्छ आफैं विचार गर्नुहोस् । " )
८. राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिच कुराकानी भइरहेको समयमा तपाईं पुग्नुभएको भए के सल्लाह दिनुहुन्थ्यो, कारणसहित वर्णन गर्नुहोस् ।
उत्तर :
राजेन्द्रलक्ष्मी र बहादुर शाह 'घरझगडा' ऐतिहासिक कथाका मुख्य पात्रहरु हुन् । नाताले भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो, कहिले भने परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई थुनामा राख्ने काम पनि भएको थियो । यही कारणले एकीकरणको अभियानमा पनि धक्का लागेको थियो भने बैरीहरुले पनि चलखेल गर्ने अवसर पाएका थिए । एउटा सामान्य परिवारका नेतृत्वकर्तामा मनमुटाब हुँदा घरमा त भाँडभैलो हुन्छ भने राज्यका नेतृत्वमा हुने यस्तो मनमुटावले झनै ठुला समस्या सिर्जना गर्छ । एकतामा नै ठुलो तागत हुन्छ भन्ने विचार राख्ने मेरो पहिलो प्राथमिकता त दुबैलाई मिलाउने नै हुन्थ्यो । कथाका आधारमा हेर्दा दुबै पात्र नियत खराब भएका पात्र होइनन् । आफ्ना ससुरा र बुबाले थालेको एकीकरणको अभियानलाई दुबैले प्राथमिकतामा राखेका थिए । यस्तो अवस्थामा पनि यिनीहरुले कैयौं राज्यलाई अधीनमा पारेका थिए । दुवै मिलेर काम गरेका भए अझ द्रुत गतिमा काम हुन्थ्यो । मेरो विचारमा यिनीहरुको कमजोरी भनेको भारदारहरुको चलखेलको भेउ पाउन नसक्नु मात्र हो । दुबैले स्वविवेक प्रयोग नगरेर भारदारहरुको दलदलमा फसेको देखिन्छ । यस्तो अवस्थामा मैले दुबैलाई मिलेर अघि बढ्न सल्लाह दिन्थें । दुबैलाई भारदारहरुको कुराको लहैलहैमा नलागी छातीमा हात राखेर एक अर्काको मूल्याङ्कन गर्न लगाउँथेँ । फुट्दा र जुद्दाका परिणाम स्मरण गराउँथेँ । जुटेर अघि बढ्दा हुन सक्ने सम्भावनाहरु देखाएर पृथ्वीनारायण शाहले देखाएको बाटोमा लाग्न आग्रह गर्थे । यसरी म उनीहरुबिच कुराकानी भइरहेको समयमा पुगेको भए एउटा असल मध्यस्थकर्ता बनेर दुबैलाई फुटेर होइन जुटेर अगाडि बढ्न प्रेरित गर्थे ।
९. व्याख्या गर्नुहोस्ः
(क) बाहिरी शत्रुलाई उठ्न दिनाको मूल कारण घरझगडा हो ।
उत्तर :
प्रस्तुत कथांश बदरीनाथ भट्टराईद्वारा लिखित ऐतिहासिक कथा 'घरझगडा' बाट साभार गरिएको हो । फुट र गुटबन्दीले राष्ट्रलाई फाइदा गर्दैन, एकजुट भएर अगाडि बढे सबैको हित हुने भाव कथामा जोडिएको छ । परिवारभित्रको गुटबन्दीले नै बाहिरी शत्रुलाई बलियो बनाउनेतर्फ सचेत बनाउने सन्दर्भमा प्रस्तुत कथांश आएको हो ।
बहादुर शाह र राजेन्द्रलक्ष्मीको संयुक्त नायबी काल केही समय राम्ररी चल्यो तर राज्य सञ्चालनको विषयलाई लिएर देवर भाउजूको मनमुटाव भएपछि भारदारहरूले तिललाई पहाड बनाउने काम गरे । यी दुई बिच झनै खटपट बढाउन मद्दत गरे । यिनीहरुबिचमा अविश्वास बढ्दै गयो, जसका कारणले दुबै जना एक अर्कालाई हत्याउन उद्यत भए । यी देवर भाउजूमा जति मनमुटाव बढ्यो त्यति भारदारहरुलाई चलखेल गर्न सहज भयो । साना कुरालाई अतिरञ्जित गरेर कान भर्न थाले । बहादुर शाह र राजेन्द्रलक्ष्मीबिच सामान्य मनमुटाव त थियो, त्यसमा आगोमा घिउ थप्ने काम भारदारहरुले गरे । यिनीहरुबिच अविश्वास बढाउँदै लगे र दरबारमा अस्थिरता कायम गर्न सफल बने । यदि बहादुर शाह र राजेन्द्रलक्ष्मी मिलेर शासन चलाएका भए आसेपासेहरुले चलखेल गर्न पाउने थिएनन् । इतिहास पानाहरु पल्टाएर हेर्ने हो भने घरभित्र झगडा हुँदा छिमेकीले फाइदा लिएका धेरै घटनाहरु भेटिन्छन् । घरका सदस्यलाई लडाएर धमिलो पानीमा माछा मार्न खोज्ने धेरै भेटिन्छन् । घरका सदस्य मिल्दा घर बलियो हुन्छ ।
यसरी प्रस्तुत कथांशमा घरमा एकता नहुँदा बैरीहरुले पनि चलखेल गर्ने अवसर पाउँछन् । एकताले नै शत्रुहरुलाई पराजित गर्न सकिन्छ त्यसैले घरका सदस्य मिलेर अगाडि बढ्नुपर्छ भन्ने भावलाई स्पष्ट पार्न खोजिएको छ ।
(ख) शङ्काको डोरीमा पिङ खेल्नु नादानी हो ।
उत्तर :
प्रस्तुत कथांश 'घरझगडा' कथाबाट साभार गरिएको हो । यस कथाका लेखक कथाकार बदरीनाथ भट्टराई हुन् । ऐतिहासिक विषयवस्तुलाई समेटेर लेखिएको यस कथामा तत्कालीन समयमा दरबारभित्र हुने खटपटलाई समावेश गरिएको छ । यो भनाइ नजरबन्दबाट छुटेपछि राजेन्द्रलक्ष्मीले भनेकी हुन् ।
शङ्का गर्नु मूर्खता हो । शङ्काले लङ्का जलाउँछ । यही शङ्काकै कारण राजेन्द्रलक्ष्मी र बहादुर शाहले एकअर्कालाई शत्रु ठाने । शङ्काकै भरमा एक अर्कालाई नजरबन्दमा राखेका थिए । एकअर्कालाई सत्ताबाट गलहत्याउने र नजरबन्दमा राख्ने काम भयो । शङ्काले अमृत पनि विष लाग्छ । भारदारहरुको कुरौटे प्रवृत्तिको रहस्य बुझ्न नसकी राजेन्द्रलक्ष्मीले बहादुर शाहमाथि शङ्का गरेकी छिन् । यसरी शङ्काकै भरमा व्यवहार गर्नु बुद्धिमानी नभएको महसुस राजेन्द्रलक्ष्मीलाई भएको छ । देशभक्त भएर पनि बहादुर शाहले नजरबन्दमा बस्नुपर्नाको कारण शङ्का नै हो । शङ्काकै कारण दरबारमा अविश्वास बढ्यो र अस्थिरता जन्म्यो । नेपाल एकीकरणको अभियानमा धक्का लाग्यो । अङ्ग्रेजलाई नेपालमाथि आक्रमण गर्न सहज भयो । शङ्काले घरझगडा निम्त्यो । घरझगडाले गर्दा भारदारहरुले पनि चलखेल गर्ने अवसर पाए । शङ्काकै भरमा देशमा यस्ता धेरै काण्डहरु घटेका छन् । त्यसैले शङ्काका भरमा नभई स्वविवेकको प्रयोग गरेर सही गलत छुट्याउनुपर्छ ।
यसरी प्रस्तुत कथांशमा घरझगडाको कारक शङ्का रहेकोमा जोड दिँदै अनावश्यक शङ्काको परिणामतर्फ हामीलाई सचेत गराउन खोजिएको छ ।
१०. घरझगडा' कथाको सार एक अनुच्छेदमा लेख्नुहोस् ।
'घरझगडा' इतिहासको कालखण्डमा दरबारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक कथा हो । राज्य चलाउने काम सजिलो होइन । राज्य चलाउने व्यक्ति वाह्य र आन्तरिक चलखेल र षड्यन्वप्रति हरदम चनाखो बन्नुपर्छ । राज्यमा नेतृत्वकर्ताहरुका विच आपसी सहमति र समझदारी भयो भने राज्य बलियो हुन्छ । आपसी बैमनस्य र कलहले राज्यमा अस्थिरता सिर्जना गर्छ । यस्तो अवस्थामा शत्रुहरुले पनि फाइदा उठाउन खोज्छन् । जसरी राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिचमा आपसी समझदारी हुन नसक्दा एकीकरणको अभियानमा पनि धक्का लाग्यो । यसरी 'भाइ फुटे गवार लुटे' भन्ने उखानलाई कथामा चरितार्थ गरिएको छ ।
११. राजेन्द्रलक्ष्मीले गरेका सबै कार्य राष्ट्रियता र स्वाधीनताका लागि मात्र छन् त कथाका आधारमा तर्क दिनुहोस् ।
उत्तर :
'घरझगडा' इतिहासको कालखण्डमा दरवारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक सत्य कथा हो । राजेन्द्रलक्ष्मी यस कथाकी मुख्य पात्र हुन् । आफ्ना ससुराले थालेको नेपाल एकीकरणको अभियानलाई उनले अगाडि बढाएकी थिइन् । भारदारहरुको षड्यन्त्रको सामु अलि चुकेको देखिन्छ ।
इतिहासमा राजेन्द्रलक्ष्मी एउटी वीराङ्गना र राष्ट्रमाता भनेर चिनिएकी छिन् । आफ्ना पति प्रतापसिंह शाहको निधन हुँदा उनी दुधे बालक रणबहादुर र राष्ट्रको रक्षाका लागि भनेर सती गइनन् । छोरा रणबहादुर शाहको नायब बनेर उनले शासन चलाइन् । पृथ्वीनारायण शाहले आफ्नो राज्यभित्र पार्न नसकेका लमजुङ, तनहुँ कास्की, पर्वत, प्युठान राज्यहरु नेपालअन्तर्गत पार्न राजेन्द्रलक्ष्मीको महत्त्वपूर्ण योगदान छ । नेपालको एकीकरणमा पृथ्वीनारायण शाहपछि उनको नाम पनि अगाडि आउँछ यी कामहरुको मूल्याड्कन गर्दा उनले गरेका कार्य अवश्य राष्ट्रियता र स्वाधीनताका लागि देखिएका छन् । यति हुँदाहुँदै पनि भारदारहरूको षड्यन्त्रको दलदलमा भने उनी चुर्लुम्म डुबेकी छन् । बहादुर शाहलाई शव' मानेर नरबन्दमा राखेकी छन् । कथामा उनी आफै पनि बहादुर शाहलाई सदुपयोग गर्न नसक्दा पश्चातापमा परेकी छिन् । उनीमा केही व्यक्तिगत स्वार्थ पनि हावी भएको पाइन्छ । बहादुर शाहले एकीकरणको अभियानलाई तीव्र बनाउन खोज्दा, यही कुरालाई लिएर देवर भाउजूको खटपट सरु भएको मानिन्छ । उनले बहादुर शाहलाई पनि साथमा लिएर अगाडि बढ्न सकेकी भए देशको राष्ट्रियता र स्वाधीनता अझ मजबुत हुने देखिन्छ । हुनत उनले भनेजस्तै 'एउटा व्यक्तिले सधैँ सबै कुरामा गुन लाउन कल्ले सक्छ र' लाई आधार मान्ने हो भने समग्रमा उनका काम राष्ट्रियता र स्वाधीनताका लागि मात्र भएको मान्न सकिन्छ ।
१२. सत्ता प्राप्तिका लागि हुने सङ्घर्षलाई कथाले कुन रूपमा देखाएको छ, समीक्षा गर्नुहोस् ।
उत्तर : 'घरझगडा' इतिहासको कालखण्डमा दरबारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक कथा हो यो कथा कथाकार । बदरीनाथ भट्टराईले लेखेका हुन् । यस कथामा तत्कालीन समयमा राज्यका नेतृत्वकर्ताहरुका बिच हुने आपसी षड्यन्त्र, बैमनस्य, कलह आदिका कारण र परिणामलाई प्रस्तुत गरिएको छ । शक्ति सङ्घर्षको विषयलाई समावेश गरी कथामा 'भाइ फुटे गवार लुटे' भन्ने उखानलाई चरितार्थ गरिएको छ ।
राजेन्द्रलक्ष्मी र बहादुर शाह दुबैले प्रतापसिंह शाहको मृत्युपछि नायब भएर शासन चलाए । दरबारिया षड्यन्त्रका कारण दुवैले एकअर्कालाई विश्वास गर्न सकेका थिएनन् । शङ्कालु प्रवृत्ति दुबैमा हाबी छ । स्वविवेकको प्रयोग नगरी भारदारका कुरा सुनेर षड्यन्त्रको दलदलमा फसेका थिए । भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो, कहिले भने परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई थुनामा राख्ने काम पनि भएको थियो । उसै बेलादेखि राजा र भाइ भारदारहरुबीच राजदरबारभित्र अविश्वास र आशङ्काको वीजारोपण भएको मानिन्छ । यही दरबारिया षड्यन्त्रको चक्रव्यूहमा असङ्ख्य भारदारहरुको उत्थान र पतन हुन पुग्यो । भारदारहरु आफ्नो स्वार्थ जोसँग पुरा गर्न सकिन्छ, उसैको पछि लाग्थे । राष्ट्रियता र स्वाधीनताका कुरा गौण रहन्थे । विरोधीहरुको देशनिकाला, नजरबन्द र हत्यासमेत हुन्थ्यो । शक्ति सङ्घर्षको दौरानमा बहादुर शाह पटक पटक नजरबन्द र निर्वासित हुनु पर्यो भने राजेन्द्रलक्ष्मी पनि दरबारभित्रै कैद हुनु पयो । दुवै मिलेर काम गरेका भए अझ द्रुत गतिमा । काम हुन्थ्यो तर उनीहरु नेतृत्वको हानथापमा बढी केन्द्रित रहे ।
यो कथा वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक छ । सत्ता प्राप्ति र नेतृत्वको भोक अहिलेका नेताहरुमा अझ विकृत देखिन्छ । सत्ता प्राप्तिका लागि हुने तत्कालीन सङ्घर्षलाई वर्तमान सन्दर्भमा बुझ्न अझ सहज देखिन्छ । राष्ट्रियता र स्वाधीनताका कुरा नारामा मात्र सीमित रहने र सत्तामा पुग्नका लागि जस्तोसुकै हत्कण्डा पनि अपनाउन तयार रहने मानसिकताले बढी काम गरेको देखिन्छ । समग्रमा यस कथामा पनि सत्ता प्राप्ति एउटा 'फोहरी खेल रहेको र सत्ता प्राप्तिका लागि जस्तोसुकै मार्गमा लाग्न तयार हुने शासकहरुको मनोविज्ञान कथामा प्रस्तुत गरिएको छ ।
१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
क) प्रश्नहरु
(अ) व्यक्तिका मनमा कुन कुन गुण रहेका हुन्छन् ?
उत्तर : व्यक्तिका मनमा सत्व, रज तम गरी तीन प्राकृतिक गुण रहेका हुन्छन् ।
(आ) मन र इन्द्रियविचको सम्बन्ध देखाउनुहोस् ।
उत्तर : मन अत्यन्त तीव्र र गतिवान् हुन्छ र यसले इन्द्रियलाई नियन्त्रण गरेको हुन्छ ।
(इ) राजस र तामस मनको तुलना गर्नुहोस् ।
उत्तर : रागयुक्त, सचेत र चञ्चल मन राजस मन हो भने क्रोधी र अज्ञानी मन तामस मन हो ।
(ई) व्यक्तिका व्यवहार कसरी निर्धारण हुँदा रहेछन् ?
उत्तर : व्यक्तिका व्यवहार मन, इन्द्रिय र गुणका आधारमा निर्धारण हुँदा रहेछन् ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस
(अ) अनुच्छेदका 'गर्छ' र ' मानिन्छ' क्रियापदको धातु पहिचान गर्नुहोस् ।
उत्तर : गर, मान् ।
(आ) अनुच्छेदबाट सकर्मक किया भएका कुनै दुई धातु टिपी अनुच्छेदमा प्रयोग भएका भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस्।
उत्तर : हुन्छ, गर्छ (जेठमा गर्मी हुन्छ । विवेकले कक्षाकार्य गर्छ ।)
(इ) अनुच्छेदबाट दीर्घ ईकार प्रयोग भएका चारओटा शब्द पहिचान गर्नुहोस् ।
उत्तर : जीव, तीव्र, तीन ।
पाठ- ३: चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा
अभ्यास
शब्दभण्डार
१. दिइएका अर्थ आउने शब्द 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धबाट खोजेर लेख्नुहोस् :
(क) स्नायुसम्बन्धी रोग : पक्षाघात
(ख) बात, पित्त र कफसम्बन्धी दोष : त्रिदोष
(ग) चिरफारका पद्धतिले गरिने रोगको उपचार : शल्यक्रिया
(घ) हानि वा घात पुऱ्याउने : घातक
(ङ) प्रतिरोधका लागि तयार पारिएको : प्रतिरोधात्मक
२. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
प्रादुर्भाव - कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव
अत्युक्ति - बढाइचढाइ गरिने वर्णन वा कथन
अद्यावधिक - आजसम्मको अवस्था, विगतदेखि हालसम्म
त्रिदोष - शरीरमा हुने बात, पित्त र कफको प्रकोपबाट हुने रोग
निषेध - प्रतिबन्ध वा रोक लगाउने काम
अधीरता - धैर्य नभएको अवस्था, अस्थिर
३. चिकित्सा क्षेत्रमा प्रयोग हुने दिइएका प्राविधिक पारिभाषिक शब्द पढ्नुहोस् र शब्दकोशका सहायताले सहायताले तिनको अर्थ लेख्नुहोस् :
आयुर्वेद :- पौर्वात्य दृष्टिकोणबाट पाँचौँ वेद मानिने, रोग पहिचानपछि काष्ठादि, रसादि औषधीको प्रयोग गरेर वा शल्यक्रिया आदिका उपायद्वारा पनि चिकित्सा गरिने प्राचीन चिकित्सा शास्त्र
एलोप्याथिक :- पाश्चात्य आधुनिक चिकित्सा पद्धति, डाक्टरी उपचार चिकित्सा पद्धति
वैकल्पिक चिकित्सा :- विकल्पमा आउने इलाज वा उपचार
होमियोप्याथिक चिकित्सा :- होमियोप्याथीसम्बन्धी उपचार
शल्यक्रिया :-चिरफारद्वारा शारीरिक उपचार गरी ठिक पार्ने काम, शल्यचिकित्सा
पक्षाघात :- शरीरको दायाँ वा बायाँ अङ्ग चेतनहीन हुने एक किसिमको वातरोग, वायुविकार वा रक्तचापको कारणबाट शरीरको दायाँ वा बायाँ भाग निश्चेष्ट हुने अवस्था
आकस्मिक उपचार :- अकस्मात् भएको कार्य, दुर्घटना वा रोगमा गरिने इलाज
निर्मूलीकरण :- निर्मूल पार्ने काम, उन्मूलन
४. 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धमा प्रयोग भएका कुनै पाँचओटा पारिभाषिक प्राविधिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तर : 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धमा प्रयोग भएका पाँचओटा पारिभाषिक प्राविधिक शब्द र तिनको वाक्य निर्माण :-
हृदयाघात : हृदयाघातका कारण बर्सेनि हजारौं मान्छेको ज्यान जाने गर्छ ।
वैद्य : आयुर्वेद चिकित्सा विधिको ज्ञातालाई वैद्य भनिन्छ।
उपचारात्मक : रोग लागेपछि उपचारात्मक पद्धति अपनाउनु आवश्यक छ ।
मनो चिकित्सा : मानसिक रोग निदानका लागि मनो चिकित्सा आवश्यक पर्छ ।
चिकित्सा : चिकित्साबाट धेरै मानिसको रोगको उपचार भएको छ ।
बोध र अभिव्यक्ति
४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्ध कति अनुच्छेदमा संरचित छ ?
उत्तर : चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्ध १२ अनुच्छेदमा संरचित छ ।
(ख) वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो अन्तिम र लामो अनुच्छेद कुन हो ?
उत्तर : वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो अन्तिम र लामो अनुच्छेद तेस्रो हो ।
(ग) निबन्धमा आयुर्वेद चिकित्साका शाखाको चर्चा गरिएको विषयवस्तु कुन अनुच्छेदमा रहेको छ ?
उत्तर : निबन्धमा आयुर्वेद चिकित्साका शाखाको चर्चा गरिएको विषयवस्तु पाँचौं अनुच्छेदमा रहेको छ ।
(घ) निबन्धको अन्तिम अनुच्छेदको आशय के हो ?
उत्तर : निबन्धको अन्तिम अनुच्छेदको आशय निरोगी र सुखी जीवन बाँच्नु छ भने आयुर्वेद चिकित्सा पद्धतिको प्रयोग गर्नुपर्छ भन्ने हो ।
५. दिइएको निबन्धाश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
(क) निबन्धांशमा चिकित्सा विज्ञानका कुन कुन शाखाको चर्चा गरिएको छ ?
उत्तर : निबन्धांशमा चिकित्साका निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक शाखाको चर्चा गरिएको छ ।
(ख) प्रवर्धनात्मक उपचार पद्धति कस्तो हुन्छ ?
उत्तर : पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा, वातावरणीय सरसफाई कार्यक्रम जस्ता सेवाबाट उपचार गरिने पद्धति प्रवर्धनात्मक उपचार पद्धति हो ।
(ग) उपचारात्मक स्वास्थ्य सेवामा कुन कुन पद्धति पर्छन् ?
उत्तर : उपचारात्मक स्वास्थ्य सेवामा आधुनिक चिकित्सा, आयुर्वेद चिकित्सा, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर, युनानी चिकित्सा पद्धति पर्छन् ।
(घ) तपाईंलाई कुन उपचार पद्धति मन पर्छ, किन ?
उत्तर : रोग नियन्त्रणका लागि रोग लाग्नुपूर्व नै स्वास्थ्य सेवा प्रदान गरिने भएकोले मलाई निरोधात्मक उपचार पद्धति मन पर्छ ।
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्धका आधारमा वर्तमान चिकित्सा विज्ञानका बारेमा वर्णन गर्नुहोस् ।
उत्तर : एलोप्याथिक उपचार पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ । यसलाई आधुनिक चिकित्सा विज्ञानको अर्थात् डाक्टरी उपचारका रूपमा समेत हेरिएको छ । एलोप्याथीमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ । छिटो सन्चो हुनु, विशेषज्ञ अर्थात् डाक्टर र औषधी सजिलै उपलब्ध हुनु आदि यसका विशेषता हुन् । आपतकालीन अवस्थामा धेरै प्रभावकारी साबित हुनु, शल्यक्रिया हुनु र शल्यक्रियाबाट गम्भीर रोग निको हुनु पनि यसका विशेषता मानिन्छन् । यसका साथै प्रविधि र उपकरण समय समयमा अद्यावधिक गरिनु, सानादेखि ठुला सबै रोग निको पार्न प्रभावकारी हुनु, ठुलो रोग लाग्नुअघि नै त्यसलाई रोक्न खोपको व्यवस्था हुनु पनि एलोप्याथी पद्धतिका थप विशेषता हुन् ।
(ख) किन आयुर्वेद चिकित्साको लोकप्रियता बढ्दै गएको छ, लेख्नुहोस् ।
उत्तर : आयुर्वेद चिकित्साका धेरै सकारात्मक पक्ष भएकाले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ । शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि यसको उपयोग गरिन्छ । यसमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई पनि ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ । यसको उपचार पद्धतिमा प्रयोग हुने जडीबुटी नेपालमै पाइनु रोगको लक्षणका आधारमा उपचार गरिनु, चिरफार कम हुनु यसका विशेषता हुन् । त्यस्तै रोगको नियन्त्रण मात्र नभई निर्मूल गरिनु, उपचारका विभिन्न उपकरणको आवश्यकता नपर्नु, औषधीको नकारात्मक प्रभाव कम हुनु र कम खर्चिलो हुनु पनि यस उपचार पद्धतिका विशेषता हुन् । यसरी रोगको निदान गर्न सरल र सस्तो तरिका हुनु, नेपालमा प्रशस्त जडीबुटी पाइनु, यसमा औषधीको नकारात्मक प्रभाव नहुनु आदि कारणले आयुर्वेद चिकित्साको लोकप्रियता बढ्दै गएको छ ।
(ग) उपचारात्मक स्वास्थ्य सेवाअन्तर्गत कस्ता उपचारात्मक पद्धति पर्छन् ?
उत्तर : रोग लागेपछि निको पार्नका लागि प्रदान गरिने स्वास्थ्य सेवालाई उपचारात्मक स्वास्थ्य सेवा भनिन्छ । उपचारात्मक स्वास्थ्य सेवामा आधुनिक चिकित्सा विज्ञान, आयुर्वेद चिकित्सा पद्धति, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर, युनानी चिकित्सा जस्ता अनेकौं उपचार पद्धति रहेका छन् ।
(घ) आयुर्वेद चिकित्सा पद्धति र आधुनिक चिकित्सा पद्धतिका मुख्य फरक के के हुन् ?
- आयुर्वेद चिकित्सा पद्धति
- शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि यसको उपयोग गरिन्छ ।
- यसको उपचार पद्धतिमा जडीबुटी प्रयोग हुन्छ । यसलाई प्राकृतिक उपचार पद्धति पनि भनिन्छ ।
- उपकरणको आवश्यकता नपर्नु, औषधीको नकारात्मक प्रभाव कम हुनु र कम खर्चिलो हुनु पनि यस उपचार पद्धतिका विशेषता हुन् ।
- स्वस्थ व्यक्तिले पनि प्रयोग गर्न सक्ने, पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने यसको राम्रो पक्ष हो । उपचार अवधि कहिलेकाहीँ लामो भए पनि रोग फेरि बल्झने सम्भावना कम हुन्छ ।
- आधुनिक चिकित्सा पद्धति
- यसमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ ।
- यसको उपचार पद्धतिमा आधुनिक औषधी, खोप, स्लाइन आदिको प्रयोग हुन्छ । यसलाई डाक्टरी उपचार पनि भनिन्छ ।
- छिटो सन्चो हुनु, आधुनिक उपकरण आवश्यक पर्नु, खर्चिलो हुनु, विशेषज्ञ अर्थात् डाक्टर र औषधी सजिलै उपलब्ध हुनु आदि यसका विशेषता हुन् ।
- गम्भीर प्रकृति र आकस्मिक उपचार गर्नुपर्ने बिरामीहरुको उपचारका लागि महत्त्वपूर्ण छ ।
- उपचार अवधि केही छोटो भए पनि रोग फेरि बल्झने सम्भावना पनि हुन्छ र औषधीको नकारात्मक असर पनि देखा पर्न सक्छ ।
७. व्याख्या गर्नुहोस् :
(क) आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै सर्वप्राचीन उपचार पद्धति हो ।
उत्तर : आयुर्वेद उपचार पद्धति शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उपयोग गरिन्छ । त्यस्तै रोगको नियन्त्रण मात्र नभई निर्मूल गरिनु, उपचारका विभिन्न उपकरणको आवश्यकता नपर्नु, औषधीको नकारात्मक प्रभाव कम हुनु र कम खर्चिलो हुनु पनि यस उपचार पद्धतिका विशेषता हुन् । बिरामी र स्वस्थ दुवै व्यक्तिले पनि प्रयोग गर्न सक्ने, स्वस्थ व्यक्तिको पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने यसको अर्को महत्त्वपूर्ण पक्ष हो । आयुर्वेद विश्वकै प्राचीन चिकित्साशास्त्र हो । यो अथर्ववेदमा यसको चर्चा छ । आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ । ब्रह्मालाई आयुर्वेद ज्ञानका मुख्य स्रोत मानिन्छ । धनवन्तरीलाई आयुर्वेदका सुरुवातकर्ता मानिन्छ । ब्रह्माले यो ज्ञान दक्ष प्रजापतिलाई, प्रजापतिले अश्विनीकुमारहरूलाई, अश्विनीकुमारहरूले भगवान इन्द्रलाई, इन्द्रले आफूले प्राप्त गरेको आयुर्वेदको ज्ञान धनवन्तरीलाई प्रदान गरेको मानिन्छ । रामायण, महाभारतमा पनि आयुर्वेद उपचारको प्रसङ्गका साथै ऋषिहरुले यसको प्रयोगबाट उपचार गरेका प्रसङ्गहरु भेटिन्छन् । आधुनिक चिकित्सा पद्धतिको सुरुआत अठारौं शताब्दीपछि मात्र भएको मानिन्छ । त्योभन्दा पहिला आयुर्वेदिक चिकित्साकै प्रयोग हुँदै आएको थियो । यसबाट पनि स्पष्ट हुन्छ कि आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै सर्वप्राचीन उपचार पद्धति हो ।
(ख) आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ ।
उत्तर : आयुर्वेदिक उपचार पद्धतिमा जडीबुटी प्रयोग हुन्छ । यसलाई प्राकृतिक उपचार पद्धति पनि भनिन्छ । नेपाल आफैँमा जडीबुटीको विशाल भण्डार हो । हिमाल, पहाड र तराईमा जैविक विविधताका कारण विविध गुण भएका जडीबुटी उपलब्ध छन् । प्रायः सबै जडीबुटी औषधीय गुणका छन् । परापूर्वकालमा हाम्रा पितापुर्खाले जडीबुटीबाटै उपचार गरी दीर्घजीवन हासिल गरिरहेका थिए । विकसित देशले यिनै जडीबुटीमा भएका शक्तिलाई प्रयोग गरी औषधी उत्पादन गरेका छन् । जडीबुटी आधुनिक औषधी उद्योगका बहुमूल्य कच्चा पदार्थ हुन् । यी बहुमूल्य छन् ।
नेपाल बहुमूल्य र घातक रोग निको पाने जडीबुटीको अजय भण्डार हो । रामायणमा वर्णन भएअनुसार युद्धमा लक्ष्मण पाइते हुँदा सञ्जीवनी बुटी लिन नेपालको हिमालय क्षेत्रमा पठाइएको प्रसङ्ग पनि स्मरणीय छ । यसबाट परापूर्व कालदेखि नै नेपाल आयुर्वेदिक जडीबुटीको भूस्वर्ग रहेको पुष्टि हुन्छ । विशेषगरी तुलसी, सर्पगन्धा, जटामसी, पदमचाल, पाषाणभेद, सुगन्धवाल, गुर्जो, पाँचऔंले, बोझो, भ्याकुर, सतुवा, चुत्रो, निम, पानीसाज, भोजपत्र, दालचिनी, धतुरो, तेजपात, अमला, धतुरो, पिपल, बर्रो, हर्रो, अमलाजस्ता जडीबुटीले जरादेखि पातसम्म, फूलदेखि फलसम्म तथा बोक्रादेखि बीजसम्म हामीलाई लाभ दिन्छन् । नेपालमा बहुमूल्य र दुर्लभ यार्सागुम्बा पनि पाइन्छ । नेपालका खासगरी उच्च पहाडी क्षेत्र डोल्पा, जुम्ला, मुगु, हुम्ला, मुस्ताङ, दार्चुला, बझाङ, रसुवा, रुकुमलगायतका जिल्लामा प्रशस्त जडीबुटी पाइन्छन् । यी जडीबुटीको सम्भाव्यता अध्ययन गर्ने, उन्नत बीउ विजन तयार गर्ने, यसको गहन तालिम दिने हो भने नेपालका आयुर्वेदिक महत्त्वका जडीबुटीले नेपालको समृद्धिको ढोका खोल्न सक्छन् ।
८. आधुनिक चिकित्सा पद्धतिका सकारात्मक र नकारात्मक पक्षवारे समीक्षा गर्नुहोस् ।
उत्तर : चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' वस्तुपरक निबन्ध हो । यसका लेखक पाठ्यपुस्तकका सम्पादकको समूह हुन्। यस निबन्धमा मानव स्वास्थ्य उपचारका विभिन्न पद्धतिको उल्लेख गर्दै आयुर्वेद चिकित्साको महत्त्व र आवश्यकतालाई समावेश गरिएको छ ।
आधुनिक चिकित्सा पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ । यसलाई एलोप्याथी अर्थात् डाक्टरी उपचारका रूपमा समेत हेरिएको छ । यस पद्धतिमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ । छिटो सन्चो हुनु, विशेषज्ञ अर्थात् डाक्टर र औषधी सजिलै उपलब्ध हुनु आदि यसका विशेषता हुन्। आपतकालीन अवस्थामा धेरै प्रभावकारी साबित हुनु, शल्यक्रिया हुनु र शल्यक्रियाबाट गम्भीर रोग निको हुनु पनि यसका विशेषता मानिन्छन् । यसका साथै प्रविधि र उपकरण समय समयमा अद्यावधिक गरिनु, सानादेखि ठुला सबै रोग निको पार्न प्रभावकारी हुनु, ठुलो रोग लाग्नुअघि नै त्यसलाई रोक्न खोपको व्यवस्था हुनु पनि एलोप्याथी पद्धतिका थप विशेषता हुन् । आधुनिक चिकित्साले खोपहरू र धेरै रोगहरूको उपचारमा ठूलो प्रगति गरेको छ । मानिसहरूको औसत आयु बढेको छ । उपचारका क्रममा मेसिनहरूको प्रयोग बढेको छ । आधुनिक चिकित्साले स्वास्थ्य सेवालाई सुलभ र किफायती बनाएको छ ।
यति धेरै सकारात्मक पक्ष हुँदाहुँदै पनि यसका नकारात्मक पक्षहरु पनि छन्। आधुनिक औषधी र स्वास्थ्य सेवाको लागत प्रायः अत्यधिक हुन्छ, यसले विपन्न मानिसहरूको लागि पहुँचमा पुगेको छैन औषधीले साइड इफेक्टहरू निम्त्याउन सक्छ, जसले केही अवस्थामा जीवनलाई खतरामा 1 पार्न सक्छ । आधुनिक चिकित्सा कहिलेकाहीं समस्याको मूल कारणलाई सम्बोधन गर्नुको सट्टा लक्षणहरूको उपचारमा धेरै केन्द्रित भएकोमा आलोचना गरिन्छ । एन्टिबायोटिक र अन्य औषधीहरूको अत्यधिक प्रयोगले प्रतिरोधी क्षमतालाई कम गर्दै छ। यो उपचारमा दक्ष जनशक्तिको अभाव हुनु, औषधीका नकारात्मक असर देखिन सक्नु, औषधी महँगो पर्ने हुँदा गरिबहरुको पहुँचभन्दा बाहिर हुनु र यी औषधीको दुरुपयोग हुँदा घातक हुनु जस्ता कुरा आधुनिक चिकित्सा पद्धतिका सीमा हुन्। यति हुँदाहुँदै पनि गम्भीर प्रकृक्ति र आकस्मिक उपचार गर्नुपर्ने बिरामी आधुनिक चिकित्सा पद्धतिको भर नपरी सुखे छैन ।
९. रोग नियन्त्रण गर्न र पार्श्वप्रभावबाट बचाउन आयुर्वेदिक चिकित्सा पद्धति प्रभावकारी मानिन्छ, पुष्टि गर्नुहोस् ।
उत्तर : आयुर्वेदिक चिकित्सा पद्धति मूलत: जीवनको ज्ञानसँग सम्बन्धित उपचार पद्धति हो । यसलाई पूर्वीय वैदिक एवम् प्राच्य सभ्यताको अभूतपूर्व उपहारका रूपमा लिने गरिन्छ । निरोगी र दीर्घ जीवनका लागि यो पद्धति विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गइरहेको छ ।
जीवनको ज्ञान आयुर्वेदको सार हो । जीवनको मर्म बुझेर मानव शरीरमा रोग लाग्नै नदिन वा रोग लाग्नुपूर्व अपनाउनुपर्ने खानपान र रहनसहनगत सावधानीमा रहन मदत गर्ने विज्ञान आयुर्वेद चिकित्सा पद्धति हो । आयुर्वेद चिकित्सा पद्धतिमा उपचारका आठओटा शाखा रहेका छन् । यस पद्धतिमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ । आहार, विहार र आचार संहितामार्फत रोगले आक्रमण नगरोस् भनी प्रतिरोधी औषधी र आहारमा जोड दिनु यस पद्धतिको गुण हो । त्यस्तै रोगीको मन र शारीरिक प्रकृतिअनुसार यसमा उपचार गरिन्छ । रोगको प्रकृतिविरुद्ध आहारमा पथ्यापथ्यको निर्देश गरी स्वस्थ व्यक्तिलाई रोगको आक्रमणबाट जोगाउनु र रोगीको रोग चाँडै हटाउने काम यसमा हुन्छ । त्यस्तै औषधी जडीबुटीबाट निर्माण गरिने भएकाले नकारात्मक प्रभाव न्यादै न्यून हुन्छ ।
यसप्रकार रोग नियन्त्रणका साथसाथै रोगलाई पूर्ण रूपमा निर्मूल पार्ने अनि कुनै पनि किसिमको पार्श्वप्रभावबाट बचाउने प्रयास गर्नु आयुर्वेदिक चिकित्सा पद्धतिको विशिष्ट पक्ष हो ।
१०. 'स्वस्थ खानपान' शीर्षकमा एउटा वस्तुपरक अनुच्छेद तयार गर्नुहोस् ।
उत्तर : स्वस्थ खानपान
स्वास्थ्य जीवनको पहिलो धन हो । स्वस्थ र दीर्घ जीवनको आधार भनेको स्वस्थ खानपान हो । नियमित र स्वास्थ्यवर्धक भोजनले रोगमुक्त रहन सकिन्छ भने अनियमित र अधिक तथा अस्वस्थ खानपानले मधुमेह, हृदयाघात, मोटोपना, उच्च रक्तचाप जस्ता रोगहरू निम्त्याउने गर्दछ । भनिन्छ, खान नपाएर भन्दा खान नजानेर मर्नेको सङ्ख्या धेरै रहेको छ। पूर्वीय दर्शनले पनि स्वस्थ जीवनका लागि स्वस्थ खानपानमा जोड दिएको छ । सर्वश्रेष्ठ आहार भनेका ऋताहार, हिताहार र मिताहार हुन् । आजभोलि बढी मात्रामा माछामासु, तारेका, मसलेदार र बजारिया खाना खाने प्रवृत्ति बढ्दो छ । स्वाद, रूप, रङ र गन्धलाई मात्र बढी महत्त्व दिएर खाना खाने गर्नाले विभिन्न रोग लाग्छन् । क्षारप्रधान खानाहरू बढी स्वस्थ मानिन्छ । यस्ता खानाहरूमा मौसमी तरकारी, फलफूल, गेडागुडीहरू, मकै, गहुँ, जौ, कोदो, फापर, उवा जस्ता खाना पर्दछन् । तसर्थ स्वस्थ खानपिन स्वस्थ जीवनको पहिलो र अनिवार्य सर्त हो ।
११. 'चिकित्सा विज्ञान र आयुर्वेदिक चिकित्सा' निबन्धको पहिलो अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।
उत्तर : मुख्य मुख्य चारओटा बुँदाहरू :
(क) मानिसका असावधानीका कारण रोगव्याधिले शरीरमा प्रवेश पाई खुसी लुटिने,
(ख) रोगव्याधि विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन र शमन गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव हुनु,
(ग) चिकित्सा विज्ञानमा एलोप्याथिक चिकित्सा र आयुर्वेद चिकित्सा उपचार पद्धति बढी प्रयोगमा रहनु,
(घ) एलोप्याथिक पाश्चात्य विज्ञानको वरदान र आयुर्वेद पूर्वीय वैदिक सभ्यताको उपहार ।
सारांश लेखन :-
चिकित्सा विज्ञानको पृष्ठभूमि
मानिसका असावधानीका कारण रोगव्याधिले प्रवेश पाई खुसी लुटिन्छ । यसका विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन र शमन गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव भएको हो । पाश्चात्य विज्ञानको वरदान एलोप्याथिक र पूर्वीय सभ्यताको उपहार आयुर्वेद बढी प्रयोगमा छन् ।
अनुच्छेदमा भएको जम्मा शब्द सङ्ख्या : ९८
सारांशमा हुनुपर्ने शब्द सङ्ख्या : ३३
सारांशमा भएको शब्द सङ्ख्या : ३४
१२. 'आधुनिक चिकित्सा पद्धति.... सुख छैन' अनुच्छेद पढ्नुहोस् अनि विषयवस्तुको पहिचान, अनुमान र निष्कर्षसँग सम्बन्धित एक एकओटा बोध प्रश्न निर्माण गर्नुहोस् ।
उत्तर :
(क) अनुच्छेदबाट विशेषण शब्द पहिचान गरी लेख्नुहोस्।
(ख) औषधीको दुरुपयोग कसरी कम गर्न सकिएला ?
(ग) आधुनिक चिकित्सा पद्धति किन लोकप्रिय भएको छ ?
१३. दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(अ) कृषि उत्पादन कसरी उपभोक्तासम्म पुग्छ ?
उत्तर : कृषि उत्पादनलाई सकलकमार्फत् बजारसम्म पुर्याइन्छ । बजारमा पुगेका वस्तु उपभोक्ताले खरिद गरेर उपभोग गर्छन् र उत्पादन उपभोक्तासम्म पुग्छ ।
(आ) अनुच्छेदमा सूचना प्रवाह र नाफासम्बन्धी कस्तो व्यवस्था उल्लेख भएको छ ?
उत्तर : अनुच्छेदमा सूचना प्रवाहको व्यवस्था सरकारले मिलाइदिने र नाफाका बारेमा सङ्कलकले वस्तु सङ्कलन गरेर बजारमा पठाउँदा सानो नाफाको अंश राखिदिने व्यवस्था भएको छ ।
(इ) कृषि बजारीकरणको प्रक्रियाबारे लेख्नुहोस् ।
उत्तर : कृषि बजारीकरणमा उत्पादन भएका वस्तु सकलकमार्फत् भण्डारण गरिन्छ र बजारसम्म पुयाइन्छ ।
(ई) सरकारले कृषकलाई कुन कुरामा सहयोग गर्नुपर्छ ?
उत्तर : सरकारले कृषकलाई मल, सिंचाइ, बाटो, बजार र सञ्चारको उचित व्यवस्था मिलाउन सरकारले सहयोग गर्नुपर्छ ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
(अ) अनुच्छेदबाट उप, सम्, उत् उपसर्ग लागेका एक एकओटा शब्द खोजेर लेख्नुहोस् ।
उत्तर : उपभोक्ता = उपभोक्ता, सम्गठन सङ्गठन, उत्पादन = उत्पादन ।
(आ) अनुच्छेदबाट दुईओटा कृदन्त शब्द पहिचान गरी लेख्नुहोस् ।
उत्तर : गर्नाले, गरेर ।
(इ) अनुच्छेदबाट शब्दको सुरु बिच र अन्तिममा ह्रस्व उकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस् ।
उत्तर : सुरुमा ह्रस्व उकार प्रयोग भएका शब्द : उत्पादन, पुऱ्याइन्छ ।
बिचमा ह्रस्व उकार प्रयोग भएका शब्द अनुसार, अनुदान।
अन्तिममा ह्रस्व उकार प्रयोग भएका शब्दः वस्तु हुनु ।
पाठ ४: यस्तो कहिल्यै नहोस्
अभ्यास
शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
सङ्कट-आपत्विपत्
विलाप-बिलौना
लोहोरो-सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने फलाम वा ढुङ्गाको लाम्चो वा गोलो उपकरण
शङ्का-सन्देह
अपरिचित-चिनजान नभएको
सातो-होस
२. दिइएको अनुच्छेदबाट तीन तीनओटा लघुतावाची र समूहवाची शब्द पहिचान गर्नुहोस् :
कमिलाको ताँती मौरीको घारमा पसेको देखेर कागको बथान कराउँदै आयो । काग कराउँदा कागका मुखमा रहेको भातको सितो खस्यो । बाँदर केराको कोसो मुखमा च्यापेर रुखमा चढ्यो । बाँदर चढेको देखेर कागको बथान उड्यो । बाँदर त्यहाँबाट कुदेर बाँसघारीतिर गयो । रुखबाट उडेको तिर्खाएको कागले पानीको थोपो पनि खान पाएन कमिलाले भने चिनीका दानाभन्दा महका थोपा मिठो मानी खाए ।
उत्तर:
लघुतावाची शब्दः सितो, कोसो, थोपो दाना । समूहवाची शब्द: ताँती, घार, बथान, बथान, घारी ।
३. पाँच पाँचओटा लघुतावाची र समूहवाची शब्द पर्ने गरी अनुच्छेद लेख्नुहोस्ः
उत्तर:
वनभोज
बिहानै एक टुका स्याउ खाएर म वनभोज गएँ । बाटोमा गाडीहरु ताँती लगाएर हिँडेका थिए । वनभोज स्थलमा मान्छेहरुको भिड थियो । एक हुल मान्छेहरु नाचिरहेका थिए । त्यहाँ बाँदरको बथान पनि थियो । मैले बाँदरलाई एक कोसो केरा दिएँ । साथीले कुकुरलाई एक चोक्टो मासु दियो । त्यहाँ एउटा रुखमा अरिङ्गालको गोलो पनि देख्यौं । मैले त्यहाँ एक त्यान्द्रो साग र एक पित्को अचार पनि खाएँ ।
४. दिइएका पद, पदावलीलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तर:
हरे ! -- हरे ! पहिरोले गाउँ नै बगायो ।
सञ्जाल -- नेपालमा धेरै मानिसले सामाजिक सञ्जाल चलाउँछन् ।
विवरण -- मैले मेरो दसैँको खर्च विवरण बाबालाई सुनाएँ ।
सुइँकुच्चा ठोक्नु -- चोरले सामान चोरेर राति नै सुइँकुच्चा ठोकेछ ।
हुने हार दैव नटार -- हुने हार दैव नटार भनेझैँ सबैले एक दिन यो संसार छोडेर जानैपर्छ ।
लोभले लाभ लाभले विलाप -- चिट्ठा भरेर धेरै कमाउँछु भन्दा साथमा भएको पैसा पनि चैट भयो । लोभले लाभ लाभले विलाप भनेको यही हो ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
झल्यास्स, गज्जब, शत्रु खुरुखुरु, बुद्धि, अत्तोपत्तो, पन्जा, दूरसञ्चार, आश्वस्त
२. 'यस्तो कहिल्यै नहोस्' मनोवाद हाउभाउसहित सस्वरवाचन गर्नुहोस् ।
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) 'यस्तो कहिल्यै नहोस् मनोवाद कुन पात्रको घटनासँग सम्बन्धित छ ?
उत्तरः 'यस्तो कहिल्यै नहोस्' मनोवाद शुकमान पात्रको घटनासँग सम्बन्धित छ ।
(ख) मनोवादमा 'नगद पुरस्कारसहित बधाई दिएको सन्देश' भन्दा अगाडि र पछाडि कुन कुन प्रसङ्ग आएका छन् ?
उत्तर: मनोवादमा 'नगद पुरस्कारसहित बधाई दिएको सन्देश' भन्दा अगाडि र पछाडि सामाजिक सञ्जाल र साइबर अपराधका प्रसङ्ग आएका छन् ।
(ग) पत्रिका मनमनै पढेको वर्णन मनोवादको कुन अनुच्छेदमा छ ?
उत्तर: पत्रिका मनमनै पढेको वर्णन मनोवादको पाँचौं अनुच्छेदमा छ ।
(घ) मनोवादमा कुन पुरुषीय कथनशैली उपयोग गरिएको छ ?
उत्तर: मनोवादमा प्रथम पुरुषीय कथनशैली उपयोग गरिएको छ ।
४. दिइएको मनोवादको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
लौ हेर त, १२ पो बजिसकेछ ! (घडी हेर्दै) अब त निदाउनुपर्यो। 'हुने हार दैव नटार' भन्छन् । पाँच लाख डुब्यो भनेर अब मैले त्यसैमा चिन्ता लिएर मेरो ज्यान सुकाउनुभन्दा आत्मविश्वासका ऊर्जाले ज्यान बचाउनतिर लाग्नुपर्छ । दुई वर्ष अरबको खाडीमा बसेर कमाएको धन गोलखाडीमा गयो त के गर्ने ? आफ्नै बुद्धिले गयो । मरुभूमिमा पसिना बगाएर कमाएको त्यो मेरो धन झुक्याएर लाने त्यस्ता दुष्टलाई भगवान्ले पनि सजाय त देलान नि ! हे भगवान् । (अलि ढुक्क हुँदै निदाउनका लागि आँखा चिम्म गर्छन्) खै भगवान्ले पनि के गर्नु र आफ्नै बुद्धि बिग्रेपछि | (दाहिनेतिर कोल्टो फर्केर हातका पन्जालाई टाउकाको सिरानी बनाएर सुत्छन्) । अँ, अस्ति एउटा समाचार पढेको थिएँ । साइबर अपराधका बारेमा लेखेको थियो । 'कोही जानी नजानी यस्तो संसारमा पसेका छन्, फसेका छन्, त्यसबाट उम्किने उपाय खोज्छन् र त्यस्तामा अरू पनि कोही नफसोस् भन्ने चाहन्छन् भने नेपाल प्रहरीको साइबर अपराध शाखामा तुरुन्त सम्पर्क गर्नू' भनी त्यसमा पनि लेखेको थियो । ( अलि आश्वस्त हुँदै) म त फर्मों फसें, मेरो पैसा त डुब्यो डुब्यो ! अब अरू कोही पनि नफसुन् र नडुबुन् भन्नका लागि अब साइबर अपराध शाखामा जान्छु ।
(क) मनोवादको अंशमा पात्र निदाउन नसक्नुको कारण के हो ?
उत्तर: दुई वर्ष अरबको खाडीमा बसेर कमाएको पाँच लाख डुबेको चिन्ताले पात्र निदाउन नसकेका होलान् ।
(ख) पात्रले कहाँ गएर धन कमाएको थियो ?
उत्तर: पात्रले अरबको खाडीमा गएर धन कमाएको थियो ।
(ग) पात्रले समाचारमा के कुरा पढेको थियो ?
उत्तरः पात्रले समाचारमा साइबर अपराधका बारेमा पढेको थियो ।
(घ) पात्रले समाचारमा पढेका कुरा व्यवहारमा उतार्न नसक्दा कस्ता समस्या भोग्नुपर्यो, लेख्नुहोस् ।
उत्तरः पात्रले समाचारमा पढेका कुरा व्यवहारमा उतार्न नसक्दा आफूसँग भएको पैसा गुमाउनुपयो ।
५. 'यस्तो कहिल्यै नहोस्' मनोवादका पात्रले मनमा खेलाएका मुख्य मुख्य घटना टिपोट गर्नुहोस्
उत्तर: 'यस्तो कहिल्यै नहोस्' मनोवादका पात्रले मनमा खेलाएका मुख्य मुख्य घटनाहरु:
- सामाजिक सञ्जालले गर्दा जीवन जटिल बन्नु र समस्यामा फस्नु,
- मोबाइलभित्रको साइबर संसारमा पस्दा विचार नपुऱ्याएकामा चिन्ता लाग्नु,
- सामाजिक सञ्जाल प्रयोग र साइबर सचेतनासम्बन्धी कक्षामा सहभागी भएर पनि व्यवहारमा लागू गर्न नसक्दा पछुतो मान्नु
- सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याएका समस्या सम्झनु
- मोबाइलका राम्रा र नराम्रा पक्ष सम्झनु
-२५ लाख पाउने लोभमा फसेकोमा पछुतो हुनु,
- काकाकी छोरी पानमती झुटो जालमा परेको सम्झनु,
- दुई वर्ष अरबको खाडीमा बसेर कमाएको धन गोलखाडीमा जाँदा राति निदाउन नसक्नु,
- साइबर अपराधको सिकारबाट जोगिने उपाय सम्झनु,
- कसैलाई साइबर अपराधको सिकार बन्नु नपरोस् भन्ने इच्छा मनमा आउनु ।
६. 'यस्तो कहिल्यै नहोस्' मनोवादबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस् ।
उत्तरः 'यस्तो कहिल्यै नहोस्' मनोवाद समसामयिक विषयमा तयार पारिएको छ । सामाजिक सञ्जालमा प्राप्त झुटा सन्देशमा विश्वास गर्दा त्यसको दलदलमा फसेका पात्र शुकमानको मनोवाद यसमा प्रस्तुत गरिएको छ । शुक्रमानका माध्यमबाट हामीलाई सामाजिक सञ्जालको प्रयोगमा सचेत बनाउन र साइबर अपराधका बारेमा सिकाउन खोजिएको छ । मोबाइल, इन्टरनेट आदि प्रविधिको सही प्रयोगले हाम्रो जीवन सहज हुने भए पनि यसको दुरुपयोगले हामीलाई ठुला समस्यामा पार्न सक्छ । साइबर अपराधको सिकारबाट जोगिन, आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलमा चलाइने सामाजिक सञ्जाललगायतका पासवर्ड कसैलाई दिनुहुँदैन । समय समयमा पासवर्ड परिवर्तन गरिरहनुपर्छ । अपरिचित व्यक्ति वा संस्थाबाट आएका इमेल खोल्नुहुँदैन । इमेलमा काम गरिसकेपछि साइन आउट वा लग आउट गर्नुपर्छ । इमेल तथा सामाजिक सञ्जालमा आउन सक्ने आकर्षक उपहार वा चिट्ठाको भ्रममा पर्नुहुँदैन । यस्ता इमेल तथा म्यासेजमाथि शङ्का लागेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ भन्ने सन्देश यो मनोवादबाट पाउन सकिन्छ ।
७. मनोवादमा उल्लेख भएको साइबर अपराधको प्रसङ्ग पढेपछि तपाईंले कस्तो महसुस गर्नुभयो, उल्लेख गर्नुहोस् ।
उत्तरः 'यस्तो कहिल्यै नहोस्' मनोवादमा उल्लेख भएको साइबर अपराधको प्रसङ्ग पढेपछि मलाई सामाजिक सञ्जालको प्रयोगमा सचेत बन्नुपर्ने चेतना अझ बढ्यो । प्रतिनिधि पात्र शुकमान र यस्तै ठगीका घटनाहरु स्मरणमा आइरहे । हुनत साइबर अपराधको यो प्रसङ्ग मेरो लागि नौलो त होइन । शुकमानले जस्तै यस विषयमा ज्ञान भएर पनि बेवास्ता गर्दथेँ तर यसले अब यस विषयमा सम्भावित घटनाप्रति अझ सचेत बनायो । सामाजिक सञ्जालका माध्यमबाट हुन सक्ने साइबर अपराधबाट बच्ने थप उपायहरुको ज्ञान भयो ।
८. दिइएका शीर्षकमा छोटो मनोवाद लेख्नुहोस् :
(क) नतिजा प्रकाशनको अगिल्लो दिन
उत्तर:
पात्र : सुमित
स्थान : सुत्ने कोठा
समयः राति १०:०० बजे
(भोलि एसईई परीक्षाको नतिजा प्रकाशन हुँदै छ । ऊ आफ्नो बिछ्यौनामा पल्टिइरहेको छ । सुमि परीक्षाको नतिजा आउने खबरले बेचैन छ । नतिजा र अब के पढ्ने भन्ने भविष्यको चिन्ताले छटपटाएको पनि छ । उसको मनमा विभिन्न कुराहरु खेलिरहेका छन् ।) ला ! नतिजा आउने दिन पनि आइहाल्यो । नतिजा राम्रो आए त केही चिन्ता थिएन, नतिजा राम्रो आएन भने त ढुक्कै हो, मेरो बाबाले मलाई खाडी पठाउनुहुन्छ । परीक्षाको तयारीका लागि भनेर ट्युसन, कोचिङ सबै पढियो । बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म । हैट, यति पढेर परीक्षा दिँदा पनि पास नभए त कहिल्यै नपढे पनि भो । ( पानी पिउँछ ।) ह्या ! कति चिन्ता लिएको मैले पनि यतिको लेख्दा ए+ नआए पनि बि+ सम्म त कसो नआउला र ! बाबाले छोरोले ए+ ल्याउँछ भन्ने आशा गर्नुभएको छ होला, ए + आएन भने बाबा त पक्कै दुःखी हुनुहुने छ । छोराछोरीको राम्रो नतिजाका लागि आशा गर्नु नराम्रो पनि त होइन । (पर्दा खोलेर बाहिर हेर्छ ।) भोलि यतिबेला त नतिजा आइसक्छ । अबको बाटो के हुने भन्ने पनि यही ग्रेडले निर्धारण गर्ने होला । ए + आए विज्ञान विषय नै पढ्नुपर्ने होला नत्र व्यवस्थापन पढ्ने त होला । हुनत यो नतिजा मात्र पनि त सबथोक होइन भो । फलामे ढोका भन्दै धेरै हाउगुजी ठानेर पनि यस्तो भएको हो । (मनलाई सम्हाल्न खोज्छ |) एसईईमा राम्रो ग्रेड आएर पछि गुल्टिन र सोचेजस्तो नआएर पछि राम्रो हुन पनि त सक्छ नि । एउटा कक्षाको परीक्षा त हो, यसलाई यत्रो हाउगुजी किन ठानेको हुँला ! सोचे जस्तो नआए मिहिनेत कम भएछ, अर्को कक्षामा अझ मिहिनेत गर्नुपर्छ भनेर बुभुँला । जिन्दगीले झन् कस्ता कठिन परीक्षा लिने हो । निराश भएर हरेस खानु नपरोस् अरु त्यस्तै हो । (घडी हेर्छ) ए ढिला भइसकेछ, सुत्नुप । (बत्ती निभाएर सुत्छ ।)
(ख) पुरस्कृत हुँदाको क्षण
उत्तर:
पात्रः सुमित स्थान: सुत्ने कोठा
समयः राति १०:०० बजे
(सुशान्त आज खुसी छ । उसको अनुहारमा बेग्लै चमक देखिन्छ । कोठाको भित्तामा झुन्डिएको प्रमाणपत्र हेरेर आनन्दले रमाउँदै छ किनकि जिल्लास्तरीय वादविवाद प्रतियोगितामा प्रथम भएको छ र उसको मनमा विभिन्न कुराहरु खेलिरहेका छन् ।
(मनमनै) धन्य भगवान्! (हात जोडी प्रतियोगिताका क्षण सम्झँदै ) मिहिनेत गरे त्यसको फल एक दिन अवश्य पाइने नै रहेछ । सानो भए पनि मेरो एउटा सपना पूरा भएको छ । यत्रो एकसे एक जान्ने विद्यार्थीहरु हुँदाहुँदै जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुनु चानचुने कुरा पनि त होइन नि । उद्घोषकले तेस्रो र दोस्रो हुनेको नाम भनिसक्दा म प्रथम हुने आशा मरिसकेको थियो । प्रथम हुनेमा मेरो नाम भन्दा म त झण्डै उफ्रिएको ! (खुसी हुँदै) त्यो तालीको गडगडाहट र त्यतिबेला मेरो नेपाली विषय शिक्षकको मुहार पनि लायक थियो । त्यहाँ उपस्थित ठूला ठूला मान्छेहरुले बधाई दिँदा त मलाई कस्तो लाज लागेको थियो । आमालाई यो कुरा सुनाउँदा आमाले हर्षका आँसु झार्नु भो । मलाई बल्ल थाहा भयो छोराछोरीको खुसीमा आमाबाबा कति खुसी बन्दा रहेछन् भनेर ।
एकपल्ट त त्यति धेरै मान्छेको सामुन्ने गएर कसरी बोल्ने होला भन्ने चिन्ता पनि बढ्यो । डरले मुटु ढुक्क पनि भयो । धन्न अगाडि गएर बोल्ने बेलामा त्यस्तो भएन । (घोरिँदै) अगाडि गएर बोल्दा केही गल्ती भएको भए त त्यत्रो मिहिनेत पानीमा मिल्दो रहेछ । राम्रो वक्ता बन्नलाई पहिले राम्रो श्रोता बन्नुपर्छ भन्ने मेरो शिक्षकको भनाइले पनि मलाई ढाडस मिल्यो । ( गम्भीर बन्दै ) धन्न मेरो पालो सुरुमा आएन । अरु बोलेपछि त्यसबाट शैली सिकेर आफ्नो प्रस्तुति दिन पाइयो । मैले मिहिनेत कम गरेको पनि त होइन नि । गुगलमा खोजेर र युटुबमा हेरेर तयारी गरेको फाइदै भयो । म प्रथम नभएको भए त मलाई मेरा साथीले गिज्याउँथे पनि होला । ( मुस्कुराउँदै) अब त सबैको सामुन्ने छाती फुलाएर हिँड्न पाइन्छ । (कोल्टे फेर्दै) यसमा मेरा गुरु, आमाबाबा र साथीहरुको पनि ठूलो योगदान छ । मैले अझ मेरो प्रतिभालाई तिखार्नुपर्छ । मेरा लागि यो सुरुआत मात्र हो । यस्ता सफलताहरु सधैँ पाए त ! मैले अब अझ कोसिस गर्नुपर्छ । (सुत्न खोज्दै ) अब भोलि स्कुल जाँदा मिठाई लगेर गुरु र साथीहरुलाई दिनुपर्छ । अँ साँच्ची भोलि त प्रार्थना सभामा अगाडि बोलाएर बधाई पनि दिनुहुन्छ होला है । (घडी हेर्छ) ए, कति छिटो एघार बज्न लागेछ । अब सत्नपर्छ । (ओढने ओढेर गटमट परेर सत्छ ।)
९. दिइएको विज्ञापनको नमुना पढ्नुहोस् र तपाईंको विद्यालयले प्रकाशन गरेको बालसाहित्य पत्रिकाका लागि विज्ञापन तयार गर्नुहोस्ः
कम्प्युटर तालिमको सुवर्ण अवसर
विगत पाँच वर्षदेखि कम्पुटर तालिम दिँदै आएको यस 'जनहित कम्प्युटर तालिम केन्द्र' मा विशेष छुटका साथ कम्प्युटरसम्बन्धी विभिन्न तालिममा भर्नाका लागि आह्वान गरिन्छ ।
(क) कम्प्युटर आधारभूत पाठ्यवस्तु (बेसिक कोर्स)तीन महिने शुल्क रु. ३०००
(ख) कम्प्युटर एक्सेल पुरा कोर्स शुल्क रु. ३०००
(ग) कम्प्युटर ( माथिल्लो पाठ्यवस्तु (एडभान्स कोर्स) तीन महिने शुल्क रु.४००० पुनश्चः सुरुमा भना हुने २० विद्यार्थीका लागि ४० प्रतिशत छुट दिइने छ ।
स्थान: जनहित कम्प्युटर तालिम केन्द्र, कलैया उपनगरपालिका ५, बारा भर्ना समय: २०७२ वैशाख २० देखि जेठ ५ गतेसम्म
तालिम: २०७९ जेठ १० गते
बाल पत्रिका 'आँकुरा' प्रकाशनसम्बन्धी सूचना
विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले हाम्रो यस रत्न राज्य माध्यमिक विद्यालयमा बालपत्रिका 'आँकुरा' प्रकाशन हुन लागेको सहर्ष जानकारी गराउँछौँ । बालसाहित्यको क्षेत्रमा प्रकाशन हुन गइरहेको यस पत्रिकामा आगामी अङ्कका लागि आफ्ना रचनाहरु पठाउनका लागि लेखन, कला र साहित्यप्रति रुचि राख्ने कक्षा १२ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई आह्वान गरिन्छ ।
पुनश्चः उत्कृष्ट रचनाहरुलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ ।
रचना पठाउने ठेगाना: रत्न राज्य माध्यमिक विद्यालय, विकासनगर-४, कैलाली
मिति २०८० जेठ १० गतेसम्म
११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
प्रविधिको प्रयोगले सिकाइ प्रणालीलाई सरल, प्रायोगिक, मनोरञ्जक र चिरस्थायी बनाउँछ । विद्यालयको कक्षाकोठाको चौघेराले वा एक दिनमा हुने प्रतिविषय एक घण्टीको पढाइले मात्रै विद्यार्थीमा सिकाइको भोक तिर्खा र तलतल मेट्न सक्दैन । प्रविधिले कक्षाकोठाको शिक्षण सिकाइलाई सहज र चाखलाग्दो बनाउँछ । यसले विद्यार्थीमा अनुसन्धान र खोज गरेर नयाँ नयाँ कुरा सिक्ने बानीको समेत विकास गर्छ । प्रविधिले विद्यार्थीका लागि परियोजना कार्य गर्नसमेत सहज बनाउँछ । यसका लागि विद्यार्थीले इन्टरनेट तथा अन्य क्षेत्रबाट नयाँ नयाँ विषयवस्तु खोजेर परियोजना कार्य गर्न सहयोग गर्छ । अहिले किताबकापीको ठुलो झोलाको सट्टा एउटा ल्यापटप भए पुग्ने भएको छ । केही विद्यालयमा इमेलद्वारा नै विभिन्न कार्य दिने र विद्यार्थीले पनि इमेलबाटै शिक्षकलाई बुझाउने पनि गरेका छन् । त्यसैले त आजभोलि विद्यार्थीमा प्रविधि मोह बढ्दै जान थालेको छ कम्प्युटर, ल्यापटप र मोबाइल उनीहरूका अनिवार्य आवश्यकता बन्दै गइरहेका छन् । त्यही प्रविधिलाई नै पढाइसँग जोडिदिँदा विद्यार्थीको पढाइ नै रुचिपूर्ण र खोजमूलक बन्दै जान थालेको छ । यसैलाई मध्यनजर गर्दै पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकका एप्स र पाठ्यपुस्तकका पिडिएफ लिङ्क सार्वजनिक गरेको छ । विद्यार्थीको एउटा मोबाइलमा नै सम्पूर्ण विषयका पाठ्यपुस्तक अट्ने भएका छन् । मन लागेका बेला उनीहरूले मोबाइल र ल्यापटपमा कुनै पनि विषयका पुस्तक पढ्न सक्ने भएका छन् । यसले हाम्रो सिकाइ प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लगेको छ ।
(क) प्रश्नहरु
(अ) प्रविधिको प्रयोगले सिकाइमा कस्तो सुविधा पुऱ्याएको छ ?
उत्तरः प्रविधिको प्रयोगले सिकाइ प्रणालीलाई सरल, प्रायोगिक, मनोरञ्जक र चिरस्थायी बनाउन सहयोग पुयाएको छ ।
(आ) तपाईंले सिकाइका लागि कुन कुन एप्स प्रयोग गर्नुभएको छ, नाम लेख्नुहोस् ।
उत्तरः मैले सिकाइका लागि गुगल, युटुब जस्ता एप्स प्रयोग गरेको छु ।
(इ) विद्यार्थीमा प्रविधिप्रति मोह बढ्नुको कारण के हो ?
उत्तर: सिकाइ रुचिपूर्ण र चाखलाग्दो हुनुका साथै विद्यार्थीले इमेलं, इन्टरनेट आदिको प्रयोगबाट नयाँ नयाँ विषयवस्तु खोजेर आफै सिक्न सक्ने भएकाले विद्यार्थीमा प्रविधिप्रति मोह बढेको हो ।
(ई) विद्यार्थीलाई परियोजना कार्य गर्न प्रविधिले कसरी सहयोग गर्छ ?
उत्तर: प्रविधि प्रयोगबाट अनुसन्धान र खोज गरेर नयाँ नयाँ विषयवस्तु खोजेर परियोजना कार्य गर्न विद्यार्थीलाई सहयोग पुग्छ ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्ः
(अ) अनुच्छेदबाट दुईओटा समस्त शब्द खोजी तिनको विग्रह गर्नुहोस् ।
उत्तरः कक्षाकोठा (कक्षाका लागि कोठा), चौघेरा (चार घेराको समूह )
(आ) 'ठुलो' र 'पढाइ' शब्दलाई द्वित्व प्रक्रियाबाट नयाँ शब्द बनाउनुहोस् ।
उत्तरः ठुल्ठुलो, पढाइसढाइ ।
(इ) अनुच्छेदबाट सुरु र बिचमा दीर्घ ऊकार प्रयोग भएका एक एक ओटा शब्द टिप्नुहोस् ।
उत्तरः सुरुमा दीर्घ ऊकार प्रयोग भएका शब्दः पूर्ण बिचमा दीर्घ ऊकार प्रयोग भएका शब्दः खोजमूलक
पाठ ५: लक्ष्मीप्रसाद देवकोटा
अभ्यास
शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थनिच जोडा मिलाउनुहोस् :
उत्तरः
शब्द अर्थ
युगपुरुष = कनै निश्चित समयसीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल व्यक्ति
नक्षत्र = ज्योतिष शास्त्रअनुसार मानिसका असल खराब अवस्थाका स्थापक
जीवन = शरीरमा प्राण रहेसम्मको अवस्था
धडाधड = चाँडो चाँडो काम सिध्याउने गरी सरासर, धमाधम
म्याट्रिकुलेसन = हालको एसइई सरहको परीक्षा
प्रज्वलित = एकदम बलेको, दन्केको
परिबेष्टित = चारैतिरबाट घेरिएको
२. अनुच्छेदमा रेखाङ्कन गरिएका सङ्क्षिप्त शब्दका पूरा रूप लेखी पुनर्लेखन गर्नुहोस् :
उत्तरः
राष्ट्रिय समाचार समितिका पत्रकार मोहन प्रधानमन्त्रीको अन्तर्वार्ता लिएर घर गए।
उनकी श्रीमती रमा जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक थिइन् । विद्यालय व्यवस्थापन समितिको बैठक सकेर निस्कँदा उनलाई ढिलो भएछ । बाटामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दावासँग र प्रमुख जिल्ला अधिकारी रमेशसँग रमाको भेट भएछ । उनीहरू
एकछिन कुराकानी गरेर आआफ्ना घरतिर लागेछन् । रमा घर पुग्दा पत्रकार मोहन गोरखापत्रमा प्रकाशित समाचार पढेर बसेका रहेछन् ।
३. दिइएको अनुच्छेदबाट कुनै तीनओटा सिङ्गो शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्ः
उत्तरः
प्राध्यापक (प्रा) : मेरो विश्वविद्यालयमा प्राध्यापक बनेर शिक्षण गर्ने लक्ष्य छ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान : मेरो मामा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरे हुनुहुन्थ्यो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) : म स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयमा पढ्ने छु ।
४. दिइएका पद पदावलीलाई आशय खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तरः
पठनपाठन : विद्यालयमा पठनपाठन सुरु भएको छ।
देहावसान हुनु : लक्ष्मीप्रसाद देवकोटाको ५० वर्षको उमेरमा देहावसान भएको थियो।
मन्त्रमुग्ध पार्नु : कृष्णले बाँसुरी बजाएर सबैलाई मन्त्रमुग्ध पारे ।
स्वर्णकाल : धेरै मान्छेहरु बाल्यकाललाई नै जीवनको स्वर्णकाल मान्छन्।
भुलभुलैया : प्रेम भन्ने कुरा पनि दुई दिनको भुलभुलैया रहेछ । नवजात शिशुलाई राम्रो स्याहार चाहिन्छ ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
उत्तर: दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्।
२. लक्ष्मीप्रसाद देवकोटा जीवनी पालैपालो सस्वरवाचन गर्नुहोस् ।
उत्तर: जीवनी पालैपालो सस्वरवाचन गर्नुहोस् ।
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) "लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन कुन अनुच्छेदमा गरिएको छ ?
उत्तरः “लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन दोस्रो अनुच्छेदमा गरिएको छ ।
(ख) जीवनीको अन्तिम अनुच्छेदको वाक्य कुन हो ?
उत्तरः जीवबनीको अन्तिम अनुच्छेदको सार वाक्य “उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका `छन्" हो।
(ग) जीवनीमा देवकोटाको जीवनका कठिन क्षणको वर्णन कुन सन्दर्भपछि आएको छ ?
उत्तरः देवकोटाको जीवनका कठिन क्षणको वर्णन उनको संलग्नता र योगदानको सन्दर्भपछि आएको छ।
(घ) देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको कतिऔँ अनुच्छेदमा छ ?
उत्तरः देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको छैटौँ अनुच्छेदमा छ ।
४. दिइएको अनुच्छेद मौन पठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
प्रश्नहरु:
(क) देवकोटाको निबन्ध सङ्ग्रहको नाम के हो ?
उत्तरः देवकोटाको निबन्ध सङ्ग्रहको नाम “लक्ष्मी निबन्ध सङ्ग्रह र 'दाडिमको रुखनेर' हो ।
(ख) देवकोटा प्रसिद्ध महाकाव्य कन कुन हुन् ?
उत्तरः देवकोटा प्रसिद्ध महाकाव्य 'शाकुन्तल”, “सुलोचना', 'महाराणा प्रताप प्रमिथस' आदि हुन् ।
(ग) देवकोटाले कुन कृतिमार्फत् लोकभाकालाई शिखरमा पुर्याए ?
उत्तरः देवकोटाले “मुनामदन' मार्फत् लोकभाकालाई शिखरमा पुर्याए ।
(घ) देवकोटा किन सर्वोत्कृष्ट नेपाली साहित्यकारका रूपमा परिचित छन् ?
उत्तरः देवकोटाले आफ्नो जीवन अवधिमा प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध आदि रचना गरेकाले नेपाली साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् ।
५. दिइएका घटना सन्दर्भ कुन कुन सालमा भएका हुन्, जीवनीका आधारमा लेख्नुहोस् :
उत्तरः
(क) लक्ष्मीप्रसाद देवकोटाको जन्म : वि.सं. १९६६
(ख) मनदेवी चालिसेसँग विवाह : वि.सं. १९८१ (ग) म्याट्रिकुलेसन परीक्षा उत्तीर्ण : वि.सं. १९८२
(घ) आइएस्सी परीक्षा उत्तीर्ण : वि.सं. १९८५
(ङ) अङ्ग्रेजी पढ्न दरबार हाइस्कुलमा भर्ना : वि.सं. १९७७ (च) अफ्नो एसियाली लेखक सम्मेलनमा सहभागी : वि.सं. २०६
(छ) डा. के.आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्रीमा नियुक्त: वि.सं. २०१३
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) लक्ष्मीप्रसाद देवकोटाको व्यक्तिगत जीवनमा कस्ता कस्ता उतारचढाव आए, उनको जीवनीका आधारमा लेख्नुहोस् ।
उत्तरः लक्ष्मीप्रसाद देवकोटाले जीवनमा पारिवारिक, स्वास्थ्य र आर्थिक क्षेत्रमा समस्या भोग्नुपस्यो। देवकोटाले २५-२६ वर्षको उमेरमा बुबा, आमा र छोरी गुमाउनु पर्यो। उनले जीवनमा 'पागल' को संज्ञा पनि खेप्नुपर्यो । देवकोटालाई क्यान्सर रोगले सतायो । एकातिर क्यान्सरको सहनै नसकिने पीडा र अर्कातिर उपचारको आर्थिक सङ्कटले देवकोटालाई प्रताडित गर्यो। लक्ष्मीपूजाका दिन जन्मे पनि जीवनभर उनलाई लक्ष्मीले उपेक्षा गरिन् । यसरी उनको जीवनमा अनेकौँ उतारचढाव आएको बुझन सकिन्छ ।
(ख) देवकोटामा रहेको देशप्रेम र क्रान्ति चेतनाको वर्णन गर्नुहोस् ।
उत्तरः नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन् । उनी बिरामी भएर भारतमा उपचार गराउँदा विदेशमा बसेर मर्नुभन्दा आफ्नै देशमा बसेर सक्दो सेवा गर्ने विचार लिएर काठमाडौँ आए । देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्राय: ती सबैमा उनले राष्ट्रको हितमा काम गरे । नेपाली भाषा साहित्यलाई विश्वसामु प्रभावकारी ढङ्गले चिनाए । त्यसैगरी उनको प्रतिभा राणाहरूको निरङ्कुशतामा पनि मुर्झाएन, जहिलेसुकै फक्रिरह्यो, फलिरह्यो । मुलुकमा जति बेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटो समाते । उनी प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । उनी बनारसबाट निस्किने 'युगवाणी' पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध विद्रोहको वाणी फुके ।
(ग) देवकोटालाई आशुकविका रूपमा चिनाउनुहोस् ।
उत्तरः आशुकवि भनेर छिटो कविता रच्न सक्ने कविलाई बुझिन्छ । उनी क्रा गर्दागर्दै कविता लेख्न सक्थे र कवितैकवितामा कुराकानी गर्न सक्थे । उनले तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनभित्रका ० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा “कुञ्जिनी' खण्डकाव्य लेखेका थिए । उनी हिँड्दा हिँड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे ।
उनले कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा उत्कृष्ट वर्णन गर्न सक्थे । त्यसैले उनलाई आशुकवि मान्न सकिन्छ ।
(घ) लक्ष्मीप्रसाद देवकोटा' को जीवनीबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस् ।
उत्तरः देबकोटा एक यस्ता मोती थिए जसले, जुन क्षेत्रलाई स्पर्श गरे त्यस क्षेत्रलाई चम्काइदिए ।पारिवारिक वियोग, चरम आर्थिक अभाव र प्रतिकूल राजनैतिक अवस्थामा पनि उच्च स्तरका साहित्य रचना गरेका थिए । हामी पनि प्रतिकूल अवस्था भए पनि लक्ष्यमा अग्रसर हुनुपर्छ ।आफनो देशलाई माया गर्नुपर्छ अनि समाज र राष्ट्रको सेवामा तल्लीन रहनुपर्छ। आफनो भाषा र साहित्यलाई विश्वमा चिनाउनुपर्छ । आफनो क्षमतालाई चिनेर अगाडि बढ्ने मानिस सफल मान्छे बन्न सक्छ । यसरी मानवताको भाव बोकेर समाजका कुनै न कुनै क्षेत्रमा विशेष योगदान पुर्याउन सक्नुपर्छ भन्ने सन्देश उनको जीवनीबाट पाउन सकिन्छ ।
७. व्याख्या गर्नुहोस् :
(क) देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ?
उत्तरः
माथिको वाक्यांश “लक्ष्मीप्रसाद देवकोटा जीवनी पाठबाट उद्भुत गरिएको हो । जतिबेला देवकोटाको कलमको जादु सुरु भयो, त्यतिबेला नेपालमा राणाहरूको निरङ्कुश शासन चलिरहेको थियो । खुलेर साहित्य सिर्जना गर्न नपाइएको त्यो प्रतिकूल समयमा उनको साहित्यकार व्यक्तित्व कहिल्यै मुर्झाएन, जहिलेसुकै फक्रिरह्यो, फुलिरह्यो । उनको कलम साँघुरो सुरुङभित्र सीमित रहेन ।
मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटोसमाते । उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए। उनले बनारसबाट प्रकाशित हुने “युगवाणी' पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके । उनकै पालामा र उनको पनि संलग्नतामा काठमाडौँमा पुस्तकालय खोली जनतामा राणाविरोधी चेतना फैलाउन खोज्दा राणाहरुद्वारा लाईब्रेरी पर्व पनि घटाइएको थियो । यस्तो अवस्थामा पनि बिजुली वेगमा अनवरत साहित्य रचना गर्ने देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याएका छन् । स्वच्छन्दतावादी कविको विशेषता बोकेका कवि देवकोटाले निरङ शासन व्यवस्था हुँदा पनि स्वच्छन्द बनेर सिर्जनामा लागिरहे । राणाहरुको धरपकड, डर धम्की र त्रासका बाबजुद पनि यो तह र सङ्ख्यामा साहित्य सिर्जना गर्नुले देवकोटाको प्रतिभा नरोकिएको स्पष्ट हुन्छ । जसरी महासागरको पानी साँघुरो सुरुङभित्र बग्न सक्दैन, त्यसरी नै । राणाहरूको निरङ्कुशताभित्र देवकोटाको प्रतिभा सीमित सकेन । उनको प्रतिभा विश्वभर फैलियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो ।
(ख) हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन ।
उत्तरः
माथिको वाक्यांश “लक्ष्मीप्रसाद देवकोटा जीवनी पाठबाट उद्भुत गरिएको हो । वि.सं. २०१५ मा तत्कालीन सोभियत संघमा भएको “अफ्नो एसियाली लेखक सम्मेलन' मा भाग लिँदा उनले यो महत्त्वाकाङ्क्षी विचार प्रस्तुत गरेका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिभा विश्वभर फैलिएको थियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुगेको थियो। देवकोटाले नेपाली भाषा साहित्यलाई विश्वसामु प्रभावकारी ढङ्गले चिनाएका थिए। अफ्नो एसियाली लेखक सम्मेलन' मा उनले नेपाली साहित्य विश्व
साहित्यसँगै हातेमालो गरेर अगि बढ्ने विचार प्रस्तुत गरेका थिए। यो कुरा सहभागीको हृदय हल्लाउने गरी सारगर्भित पाराले यसरी व्यक्त गरेका थिए । नेपाली साहित्य हिउँ र पर्वतशृङ्खलाको भुलभुलैयामा बिलाउने छैन र विश्व साहित्यकै स्तरमा विकास हुने बताएका थिए । हाम्रो साहित्य पनि एउटै प्रवाहमा सम्मिलित भएर एसिया तथा अफ्रिकालाई परिवेष्टित गर्ने साहित्यको असीम महासागरमा मिल्ने उनको आँकलन थियो । उनको यो आत्मविश्वास प्रशंसनीय छ । यस महासागरद्वारा सिञ्चित त्यो साहित्य पहिलेभन्दा अझ बढी सुन्दर र सम्पन्न बनेर जलविन्दुका रूपमा फेरि हाम्रा पहाडमा नै बर्सने कुराबाट उनको नेपाली साहित्यप्रतिको प्रेम झल्किन्छ । वास्तवमा यस्तो व्यक्तित्व नेपाली साहित्यले पाउनुमा हामी गर्व गर्नै पर्छ ।
८. लक्ष्मीप्रसाद देवकोयको साहित्यिक योगदानको समीक्षा गर्नुहोस् ।
उत्तरः
विराट् प्रतिभाशाली र महान् कवि लक्ष्मीप्रसाद देवकोय (वि.सं.१९६६--२०१६) नेपाली साहित्यका अतुलनीय योगदान दिने चिरस्मरणीय स्रष्य हुन् । नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोय नेपाली साहित्यका युगपुरुष हुन् । त्रिचन्द्र कलेजबाट बी. ए. सम्मको शिक्षा हासिल गरेका देवकोयले बिजुली वेगमा अनवरत साहित्य रचना गरे । देवकोयले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याए ।
दरबार हाइस्कुल पढ्दादेखि नै कविता लेख्न सुरु गरेका देवकोयले त्यसै बेला अङ्ग्रेजीमा कविता लेखेर समस्त शिक्षक र सहपाठी साथीलाई चकित पारिदिएका थिए । छाँगो छङछङङाएझैँ बिजुली वेगमा कविता लेख्ने देवकोय नेपाली भाषा साहित्यका स्वच्छन्दतावादी साहित्यकार हुन् । उनका शाकुन्तल, सुलोचना, महाराणा प्रताप प्रमिथस
आदि प्रसिद्ध महाकाव्य हुन् । उनले मुनामदन, कुञ्जिनी र लुनी जस्ता दर्जनौँ खण्डकाव्य लेखे । उनले यात्री, पागल जस्ता सयौँ कविता लेखे । उनले लेखेका साह्रै गहकिला निबन्ध लक्ष्मी निबन्ध सङ्ग्रह दाडिमको रुखनेरमा सङ्कलित छन् । उनको एउटा सावित्री सत्यवान भन्ने नाटक र चम्पा उपन्याससमेत प्रकाशित छ। वास्तवमा उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध कलमको जादुमय स्पर्शले नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो। उनले मुनामदनमार्फत् ओझेल परेको झ्याउरे छन्दलाई देवकोयले नै शिखरमा पुर्याएका थिए। उनले तीन महिनामा शाकुन्तल महाकाव्य, १० दिनभित्रका ६० घण्टामा सुलोचना महाकाव्य र एकै रातमा कुञ्जिनी खण्डकाव्य लेखेका थिए। त्यसैले उनी आशुकवि हुन् । उनी त्रिचन्द्र कलेजका प्राध्यापक पनि भए। उनी २०१३ सालमा डा. के. आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्री बने। देवकोयले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्राय: ती सबैमा उनले राष्ट्रको हितमा काम गरेर आ नो अब्बलता प्रदर्शन गरे । देवकोय आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए ।
उल्लिखित योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् । उनले विश्व समुदायमा नेपाली जाति र भाषाको शिर उच्च पारेका थिए । क्यान्सरकै कारण मृत्युशैयामा छटपदाउँदा पनि उनले साहित्य सिर्जना गर्न छोडेनन्। देवकोयको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ। नेपाली कविताको अहिलेसम्मको यात्रामा प्रतिभा, रचना परिमाण र उत्कृष्ट गुणस्तरका दृष्टिले 'देवकोय सर्वोच्च कवि मानिएका छन्। उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन् ।
९ . दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओय बुँदा टिपी सारांश लेख्नुहोस् :
उत्तरः
बुँदा टिपोट:
- भाषाको काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु रहेको,
- नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको,
- नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्ने,
- भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्ने ।
नेपाली भाषाको संरक्षण
भाषाको काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु हो । नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको छ। नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्छ। भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आम्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्छ ।
अनुच्छेदमा दिइएको शब्द सङ्ख्या: ११५
सारांशमा हुनुपर्ने शब्द सङ्ख्या: २९
सारांशमा भएको शब्द सङ्ख्या: ४४
१०. व्यक्तिवृत्तको ढाँचाबारे दिइएको अनुच्छेद अध्ययन गर्नुहोस् र माध्यमिक
उत्तर:
व्यक्तिवृत्त
नाम : हुमाकान्त बेल्बासे
जन्ममिति : वि.सं. २०३०-०४-२५
आमाबुवाको नाम : डिलकुमारी बेल्बासे र ढालप्रसाद बेल्बासे
स्थायी ठेगाना : सितगंगा-६, अर्घाखाँची
अस्थायी ठेगाना : ठिमी,भक्तपुर
शिक्षादीक्षा : शिक्षाशास्त्रमा स्नातकोत्तर
पेसा व्यवसाय तथा काम : शिक्षण
रुचि क्षेत्र : अध्ययन र अध्यापन
कामको अनुभव : निजी शैक्षिक संस्थामा करिब १३ र सामुदायिक विद्यालयमा ४ वर्ष अध्यापन
तालिम : कम्प्युटर तालिम, शिक्षक तालिम
विशेष दक्षता : अनलाइन शिक्षण, भिडियो सामग्री निर्माण
सम्पर्क नम्बर : ९८४२१*****
इमेल :
हस्ताक्षर :
११. लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि तपाइँलाई भविष्यमा कस्तो व्यक्ति बनूँ जस्तो लाग्यो, लेख्नुहोस् ।
उत्तरः लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि मलाई भविष्यमा असल मान्छे बनूँ जस्तो लाग्यो । हुनत मसँग लक्ष्मीप्रसाद देवकोटासँग जस्तो अद्वितीय प्रतिभा त छैन तैपनि आफनो क्षमता र हैसियतले भेटेसम्म समाजको कुनै क्षेत्रमा योगदान पुस्याउने इच्छा बढेको छ ।
साहित्यिक र यस्तै कलाका क्षेत्रमा काम गर्न नसके पनि एउटा समाजसेवी भएर समाजको सेवा गर्न मन लाग्यो । हामीले व्यक्तिगत खुसी मात्र हेरेर नहुने रहेछ । एउटा सामाजिक र चेतनशील प्राणी भएको नाताले अरुको लागि पनि काम गर्नुपर्ने रहेछ। म पहिला त राम्रोसँग आफनो अध्ययनलाई पुरा गर्ने छु अनि एउटा सफल र असल मान्छे बनेर समाजको हितमा पनि लाग्ने छु।
१२. देवकोटा छाँगो छङ्छडाए झैं कविता लेख्ने कवि हुन्' भन्ने भनाइप्रति सहमति प्रकट गर्दै पाठक प्रतिक्रिया लेख्नुहोस् ।
उत्तर:
‘देवकोटा छाँगो छङ्छङाए झैँ कविता लेख्ने कवि हुन्'
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने नेपाली साहित्यका युगपुरुष हुन्। छाँगो छङछडाए झैँ विजुली वेगमा कविता लेख्थे। उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । उनी करा गर्दागर्दै कविता लेख्न सक्थे । अझ भनौं, उनी कवितैकवितामा कुराकानी गर्न सक्थे । उनले तीन महिनामा “शाकुन्तल' महाकाव्य, दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा 'कुञ्जिनी' काव्य लेखेका
कविका रूपमा थिए । । यिनै योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वो खण्ड प्रख्यात छन् । प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य जस्ता रचनाले गर्दा उनी महाकविका रूपमा सम्मानित छन् । उनी आशुकवि हुन् । उनी हिँड्दा हिँड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे । उनले छोटो समयमा लेखेनन्, स्तरीय र गहन कृतिहरु लेखे । त्यसैले छाँगो छङ्छडाए झैँ उनका कलमबाट सिर्जना फरिरहन्थे भन्ने क्रामा दुई मत छैन ।
१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) प्रश्नहरु
(अ) चट्याङ भनेको के हो ?
उत्तरः समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युत्को प्रवाह चट्याङ हो ।
(आ) चद्याङ कसरी पर्छ ?
उत्तरः जब बादलमा भएका कण आवेशित भएर धन र क्रण आवेशमा परिवर्तित हुन्छन् तब विद्युत् उत्पन्न हुन्छ । यो करेन्टले कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ र चट्याङ पर्छ ।
(इ) चद्याङ परेका वेला गर्न नहुने काम के के हुन् ?
उत्तरः चट्याङ परेका वेला अग्लो वस्तु, रुख, गाडी, खुला ठाउँ, झन्डा बाँध्ने पाइप वा बाँसनजिक र विद्युतीय वस्तुनजिक जानुहुँदैन ।
(ई) चट्याङबाट हुने दुर्घटनाबाट कसरी बच्न सकिन्छ ?
उत्तरः चट्याङबाट हुने दुर्घटनाबाट बच्न पक्की भवनमा आश्रय लिनुपर्छ ।
पाठ ६: अधिकार ठुलो कि कर्तब्य ठुलो ?
अभ्यास
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
उत्तरः
शब्द अर्थ
प्रतियोगिता = प्रतिस्पर्धा वा होडवाजी
वक्ता = बोल्ने व्यक्ति
कायापलट = ठुलो परिवर्तन
अभिमत = मनको विचार, राय
कसी = वस्तुको स्तर निर्धारण गर्ने साधन
कानुन = राज्यमा न्यायिक व्यवस्था कायम राख्न बनाइएको नियमको समष्टि रूप
नैसर्गिक = स्वाभाविक, प्राकृतिक
घोषणापत्र = कुनै पनि संस्था वा व्यक्तिको वचनबद्धता घोषित गर्ने पत्र
२.दिइएका शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् :
कर्तव्यपालन, संविधान, सङ्घर्षपूर्ण, मानव, कल्याण, प्रजातन्त्र, अधिकार
उत्तरः हामी नेपाली सबैले आफ्नो कर्तव्यपालन गर्नुपर्छ। हाम्रो संविधानमा पनि नागरिकका कर्तव्य उल्लेख गरिएको छ। वर्तमान संविधान निर्माणको कम निकै सङ्घर्षपूर्ण थियो। अब हामी मानव एक अर्काको कल्याणमा लाग्नुपर्छ । देशको प्रजातन्त्र जोगाउनुपर्छ र नागरिकलाई अधिकारले सम्पन्न बनाउनुपर्छ।
३.दिइएको अनुच्छेदबाट श्रुतिसमभिन्नार्थी शब्द खोजेर लेख्नुहोस् :
डोल्मा पाँच वर्षदेखि एउय साहित्यिक कृति प्रकाशन गर्ने सोचमा थिइन्। उनी प्रत्येक दिन केही न केही विषयवस्तु लेख्थिन् । उनले आफूले लेखेको विषयवस्तुलाई घटना प्रवाहका आधारमा विभाजन गरेकी थिइन् । उनका कृतिमा दीनदुःखीका साथसाथै जून, सूर्य, द्वीप, शीत, स्वर्ग आदिको वर्णन गरिएको थियो। उनीसित नजिक भएका साथीहरूले जुनसुकै समस्यामा पनि दीप प्रज्वलन गरी कृति विमोचन गर्ने सोचमा छन्। आफ्नो कीर्ति संसारभरि फैलने खुसीले उनी मक्ख छिन् ।
उत्तरः
श्रुतिसमभिन्नार्थी शब्दहरुः
कृति - कीर्ति
सित - शीत
दिन दीन
जुन - जून
द्वीप - दीप
४.दिइएका शब्दको अर्थ खुल्ने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तरः
(क) बाजी-बाजि
(सांसदले संसद्मा नाराबाजी गरे। यस बाजि (पल्ट) अवश्य म सफल हुने छु।)
(ख) अवधी-अवधि
(तराईमा अवधी भाषा बोलिन्छ। एक वर्षको अवधिमा पनि उसको पढाइ सुधार भएन ।)
(ग) तिन-तीन
(तिनलाई पाठ सिकाइदेऊ। बहिनी तीन कक्षामा पढ्छे।)
(घ) पूरा-पुरा
(मैले अभ्यास पूरा गरेँ। म कसैको पुरा खाना खाँदिनँ ।)
(ङ) फेरि-फेरी
(उसले मलाई फेरि माया गर्ने छ। अस्मिताले लुगा फेरी।)
(च) शूर-सुर
(नेपालीहरु शूर थिए। गीत सुर मिलाएर गाऊ।)
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
विश्वव्यापी, सङ्ग्राम, उत्प्रेरित, प्रज्वलित, प्रतिष्पर्धा, ज्वलन्त दृष्टयन्त, कुण्ठित, उद्घोषक, कर्तव्यपरायण
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादमा वक्ताले पालना गर्नुपर्ने नियम भन्नुहोस् ?
उत्तरः वादविवादमा वक्ताले पालना गर्नुपर्ने नियम यस प्रकार छन्ः
(अ) प्रत्येक वक्ताका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ। चार मिनेटमा जनाउ घन्टी बज्ने छ र पाँच मिनेटमा अन्तिम घन्टी बज्ने छ। अन्तिम घन्टीपछि वक्ताको समय समाप्त हुने छ।
(आ) कुनै जाति, वर्ग, धर्म, समुदाय, क्षेत्र, लिङ्ग, अपाङ्गताप्रति भेदभाव हुने र आक्षेप लगाउने खालका विचार व्यक्त गर्न पाइने छैन।
(इ) विपक्षका भनाइ खण्डन गर्दा आआफ्ना तर्क संयमित र शिष्ट ढङ्गले राख्नुपर्ने छ।
(ई) वक्ताले कुनै लिखित टिपोट हेरेर बोल्न पाइने छैन।
(उ) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ।
(ख) वादविवाद पाठमा कति जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ ?
उत्तरः वादविवाद पाठमा ५ जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ।
(ग) वादविवादको पहिलो वक्ता को हुन् र उनले ककसलाई सम्बोधन गरेका छन् ?
उत्तरः वादविवादको पहिलो वक्ता चिदानन्द चौधरी हुन् र उनले सभाध्यक्ष, प्रमुख अतिथि, निर्णायक मण्डल, गुरु, गुरुआमा, प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थीलाई सम्बोधन गरेका छन् ।
(घ) वादविवादमा युधिष्ठिरको प्रसङ्ग कुन वक्ताको भनाइमा आएको छ ?
उत्तरः वादविवादमा युधिष्ठिरको प्रसङ्ग पदम गुप्ताको भनाइमा आएको छ।
४.दिइएको वादविवादको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
अँ, अर्को कुरा कर्तव्यपालन गर्दा हरेक व्यक्ति जो जुन ठाउँमा छ त्यहीँ बिन्दुबाट गर्न सकिन्छ । कर्तव्यपालन पद वा ओहदामा रहेर वा नरहेर पनि गर्न सकिन्छ। राष्ट्रप्रतिको सम्मान, स्वतन्त्रता तथा साझा सांस्कृतिक सम्पदाको संरक्षण, धार्मिक सहिष्णुता र भाषिक विविधताको सम्मान जस्ता कतिपय मौलिक कर्तव्य हुन्छन् । संसारका कैयौं आदर्श व्यक्ति आआफ्नो ठाउँमा रहेर नै कर्तव्य पालनको अग्निपरीक्षामा खारिएर खरो उत्रेका र महान् बनेका अनेकौँ दृष्टान्त पाइन्छन् । तपाईं हामी सबैलाई थाहा भएकै कुरो हो, पिताप्रतिको कर्तव्य पालनाका सन्दर्भमा जब राम बनवास जान तयार भए र गए, उनी मर्यादापुरुषोत्तम बने र भगवान्का रूपमा पुजिए। सुकरातले पनि सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणका लागि हेमलक जस्तो विष पिउनुफ्यो । संसारमा दुःख के हो र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजसम्बन्धी कर्तव्य निर्वाह गर्दा गौतम बुद्ध पारिवारिक माया र मोहको घेरा नाघेर भिक्षु बने। यी सारा व्यक्तिको महानता कर्तव्यकै आलोकमा प्रज्वलित भएको तथ्य प्रस्ट हुन्छ ।
(क) सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणका लागि के गरे ?
उत्तरः सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणका लागि हेमलक विष पिए।
(ख) बुद्धले कस्तो रहस्यको खोजी गरे ?
उत्तरः बुद्धले संसारमा दुःख के हो र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजी गरे।
(ग) हामीले कसरी कर्तव्य पालन गर्न सक्छौँ ?
उत्तरः हामीले आआफ्नो ठाउँमा रही जिम्मेवार भएर कर्तव्य पालन गर्न सक्छौँ।
(घ) वादविवादको अंशमा कस्ता कस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ ?
उत्तरः वादविवादको अंशमा राष्ट्रप्रतिको सम्मान, स्वतन्त्रता तथा साझा सांस्कृतिक सम्पदाको संरक्षण, धार्मिक सहिष्णुता र भाषिक विविधताको सम्मान जस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ।
५. दिइएका भनाइका वक्ता पहिचान गर्नुहोस् र उक्त भनाइका आशयबारे कक्षामा छलफल गर्नुहोस्ः
(क) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ।
उत्तरः उद्घोषक रमा पंजियार
(ख) परोपकार गर्नु नैतिक कर्तव्य हो।
उत्तरः पदम गुप्ता
(ग) नागरिक भएकै कारणबाट प्राप्त गर्ने अधिकार सम्पूर्ण नेपालीले बिना भेदभाव प्रयोग गर्न पाएका छन् । नीले बिना भेट
उत्तरः श्रुति साह
(घ) खुसीको अजस्र स्रोत कर्तव्य भएकाले अधिकारभन्दा कर्तव्य नै ठुलो हो।
उत्तरः चिदानन्द चौधरी
(ङ) राष्ट्र र राष्ट्रियताको मजबुत जग बसाल्न हरेक वर्गका मानिसले अन्यायको अनुभूति गर्ने अवस्था आउनुहुँदैन ।
उत्तरः विश्वेश्वरप्रसाद कोइरालाको भनाइ वक्ता भरत भण्डारीले
(च) कर्तव्यप्रतिको निष्ठा भक्ति वा उपासनाको सर्वोच्च रूप हो।
उत्तरः विवेकानन्दको भनाइ चिदानन्द चौधरीले
(छ) प्रकृतिको अधिकार खोस्ने ताकत कसैसँग छैन, कसैले प्रकृतिको अधिकार खोसोस् त ?
उउत्तरः श्रुति साह
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका चिदानन्द चौधरीले कर्तव्यपालनबारे भनेका मुख्य मुख्य तीनओटा भनाइ लेख्नुहोस् ।
उत्तरः कर्तव्यले नै मानिसलाई जीवनवादी बन्न, मनमा सकारात्मक सोच पैदा गर्न उत्प्रेरित गर्ने, संसारका कैयौँ आदर्श व्यक्ति आआफ्नो ठाउँमा रहेर नै कर्तव्य पालनको अग्निपरीक्षामा खारिएर खरो उत्रेका र महान् बनेका, आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य सुसंस्कृत हुने ।
(ख) कर्तव्यको विषयलाई हाम्रा पौराणिक ग्रन्थमा कसरी उल्लेख गरिएको छ, वादविवादका आधारमा लेख्नुहोस् ।
उत्तरः कर्तव्यको विषयलाई हाम्रा पौराणिक ग्रन्थमा प्राथमिकताका साथ उल्लेख गरिएको छ । न्यायपूर्ण रूपमा आर्जन गरेको धनबाट पारलौकिक कर्तव्य गर्नुपर्छ (नीतिश्लोक)। आफ्ना हातमा कर्तव्य गर्ने जुन अधिकार छ त्यसलाई इमानदारीपूर्वक पूरा गर्नुपर्छ (गीता) । मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव (उपनिषद्) । जस्ता भनाइहरु समावेश गरिएका बाट पनि स्पष्ट हुन्छ कि हाम्रा पौराणिक ग्रन्थमा कर्तव्यको विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ।
(ग) अधिकारका सन्दर्भमा भरत भण्डारीका भनाइको सार लेख्नुहोस् ।
उत्तरः अधिकारबिना कर्तव्य पूरा गर्न सकिँदैन । एउटा बालक जन्मनासाथ उसलाई कर्तव्यभन्दा अधिकारको हक हुन्छ । त्यसैले अधिकार जन्मसिद्ध हुन्छ भने कर्तव्य पछि मात्र जोडिने विषय भएकाले कर्तव्यभन्दा अधिकारको महत्त्व बढी हुन्छ। यही नै अधिकारका सन्दर्भमा भरत भण्डारीका भनाइको सार हो।
(घ) श्रुति साहको भनाइको सार लेख्नुहोस् ।
उत्तरः अधिकार ठुलो भएर नै यसको प्राप्तिका लागि आन्दोलनहरु भएका हुन्। प्रकृतिसँग सम्पूर्ण अधिकार छ र नै कर्तव्य पूरा गरिरहेको छ । मानिसले जन्मसिद्ध रुपमा प्राप्त, मानिसको समग्र व्यक्तित्व विकास तथा सम्मानपूर्ण र नैतिक जीवनयापनका लागि अपरिहार्य अधिकार कर्तव्यभन्दा विशिष्ट छ ।
७. व्याख्या गर्नुहोस् :
(क) कर्तव्यको कसीमा घोटिँदा मात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परीक्षण हुन्छ ।
उत्तरः प्रस्तुत भनाइ वादविवादको वक्ता चिदानन्द चौधरीले भनेको हो। अधिकारभन्दा कर्तव्य ठुलो हो भन्ने कुरामा जोड दिँदा यो भनाइ आएको हो।
कर्तव्यको पालनाबाट नै मानिस सफल र असफल भन्ने निर्धारण हुन्छ । पिताप्रतिको कर्तव्य पालनाका सन्दर्भमा जब राम वनवास गए, मर्यादापुरुषोत्तम बने र भगवानका रूपमा पुजिए। संसारमा दुःख के हो र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजसम्बन्धी कर्तव्य निर्वाह गर्दा गौतम बुद्ध महान् बने। ससाना कार्यबाट प्राप्त हुने ठुलाठुला परिणामले पनि कर्तव्यको महानता झल्काउँछ। आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसंस्कृत हुन्छ। नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ। कृषकले झरी, बादल नभनी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा सम्झदा र सोअनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ । । यसरी मानिसले आफ्ना कर्तव्य पूरा गरे मात्र ऊ सफल कहलाउँछ भन्ने कुरा स्पष्ट पार्न खोजिएको छ।
(ख) अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु जस्तै हो। खुट्टामा नेल लगाएर हिँड् भन्नु जस्तै हो।
उत्तरः प्रस्तुत भनाइ कर्तव्यभन्दा अधिकार ठुलोको विषयमा बोल्ने वक्ता भरत भण्डारीले भनेको हो। यसमा अधिकार नै ठुलो हो भन्ने उदाहरण प्रस्तुत गर्न खोजिएको छ।
मानिसका लागि अधिकार पहिलो शर्त हो । अधिकारबिना मानिस अपाङ्ग बन्दछ । एउय बालक जन्मनासाथ उसलाई अधिकार चाहिन्छ। अधिकार जन्मसिद्ध हुन्छ भने कर्तव्य पछि मात्र जोडिने विषय हो। किसानले बिउबिजन र मल पाए मात्र अन्न उब्जनी गर्न सक्छन् । यसरी नै मानिसहरुले पहिला अधिकार पाए मात्र कर्तव्य निभाउन सक्छन् । अधिकारबिनाको कर्तव्य नुनबिनाको तरकारी र अमिलोबिनाको अचार जस्तै हुन्छ। मान्छेलाई अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु जस्तै हो। खुट्टामा नेल लगाएर हिँड् भन्नु जस्तै हो, हातमा हत्कडी लगाएर काम गर भन्नु जस्तै हो। अधिकारबिना मानिस कमजोर हुन्छ। जसरी खुट्यमा नेल लगाएर मान्छे हिँड्न सक्दैन त्यसरी नै अधिकारबिना कर्तव्य पूरा गर्न सकिँदैन। यसरी अधिकारबिना कर्तव्य पूरा गर्न कदापि सकिँदैन भन्ने भाव प्रस्तुत वादविवाद अंशमा स्पष्ट गरिएको छ।
८ अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका वक्तामध्ये तपाईंलाई कसको भनाइ मन पर्यो, किन ?
उत्तरः अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका वक्तामध्ये मलाई चिदानन्द चौधरीको भनाइ मन पर्यो। उनले आफ्नो भनाइका कममा पूर्वीय दर्शन र पश्चिमा चिन्तकहरुका विभिन्न भनाइ र उदाहरणहरु प्रस्तुत गरेका छन् । हामी सबैले आआफ्नो कर्तव्य निभाउन थाल्यौँ भने सबै कुरा राम्रो हुन्छ। त्यस्तै मलाई हाम्रो देश पछाडि पर्नुमा आफ्नो कर्तव्यप्रति केही जिम्मेवार नहुने, सधैं अधिकारका लागि मात्र आवाज उठाउने हामी नेपालीहरुको बानी पनि हो जस्तो लाग्छ । यसमा अधिकारका नाममा नेपालमा भएका आन्दोलनको प्रसङ्ग पनि जोडिएको छ। म "देशले मलाई के दियो होइन, मैले देशलाई के दिएँ" भन्ने विचार राख्छु र कर्तव्यलाई ठुलो ठान्दछु। उनको विचार तार्किक छ । उनले भनाइलाई उदाहरणबाट पुष्टि पनि गरेका छन्। उनको सम्बोधन, विषयवस्तुको ज्ञान र निष्कर्ष पनि उत्कृष्ट छ। उल्लिखित कारणहरुले नै मलाई उनको भनाइ मन परेको हो।
१०. तपाईंले वादविवादमा कर्तव्य र अधिकारका बारेमा फरक फरक तर्क पढ्नुभयो। कर्तव्य र अधिकारको सम्बन्ध कस्तो हुन्छ होला, साथीसँग छलफल गरी निष्कर्ष कक्षामा सुनाउनुहोस् ।
उत्तरः
कर्तव्य र अधिकारको सम्बन्धः-
-अधिकार मानिसले जन्मसिद्ध प्राप्त गर्छ भने कर्तव्य आफै महसुस गर्ने कुरा हो।
-अधिकार प्राप्ति हो, कर्तव्य व्यवहार वा चेतना हो।
-अधिकार अरुबाट प्राप्त हुन्छ, कर्तव्य स्वयम्ले गर्ने व्यवहार हो।
-अधिकार बीज र बोट हो, कर्तव्य फल हो।
-यसरी हेर्दा कर्तव्य र अधिकार एक सिक्काका दुई पाटा हुन् ।
१२. हरेक आमाबुबाले आफ्ना सन्तानका लागि सम्पत्ति जोडिदिने कि स्तरीय शिक्षा दिने ? भन्ने भनाइको पक्ष र विपक्षमा विभाजित भई कक्षामा छलफल गर्नुहोस् ।
सन्तानका लागि सम्पत्ति जोडिदिने कि स्तरीय शिक्षा दिने ?
उत्तरः आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यू, अतिथिज्यूहरु, निर्णायक मण्डल, गुरुवर्ग तथा मेरा प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थी मित्रहरू ! म आजको वादविवादमा विषयको पक्ष अर्थात् सन्तानलाई स्तरीय शिक्षा दिनुपर्छ भन्ने विषयमा आफ्ना तर्क प्रस्तुत गर्दै छु। सभाध्यक्ष महोदय ! विद्या धनम् सर्वधनम् प्रधानम् भन्ने भनाइ त सर्वविदितै छ । शिक्षारूपी धन कहिल्यै पनि नासिएर अनि नष्ट भएर जाँदैन । स्तरीय शिक्षाकै कारणले सन्तान आफ्नै खुट्टामा उभिएर गरिखान सक्छन् । आमाबाबुले आफू धनको गरिब बनेर पनि आफ्ना सन्तानलाई शिक्षाको धनी बनाउने सपना बनाउनुपर्छ। धन क्षणिक हुन्छ तर शिक्षाले मानिसलाई जीवनभर सहयोग गर्छ। जहाँ गए पनि शिक्षाले हामीलाई पछ्याइरहेको हुन्छ। यो हासिल गर्न कठिन भए तापनि आर्थिक उन्नतिदेखि बौद्धिक उन्नति गर्न अत्यावश्यक छ। शिक्षित मान्छेले सम्मानित जीवन पाउन सक्छ। ऊ अपमानित हुने सम्भावना कम हुन्छ। सम्पत्तिको सहारा यो रहुन्जेलमात्र हो, जुन क्षणिक हुन्छ। यदि सन्तान अशिक्षित छ र उसका बाबुआमाले सम्पत्ति दिएका छन् भने सम्पत्ति सकिएपछि उसको शक्ति पनि सकिन्छ। तर यदि उसलाई ती चिजको बदलामा शिक्षा दिइएको छ भने ऊ जीवनभर आफ्नै क्षमताले जिउन सक्छ र अरुलाई पनि बचाउन सक्छ।
नेल्सन मन्डेलाले भनेका छन्, “शिक्षा सबैभन्दा शक्तिशाली त्यो अस्त्र हो जसलाई तिमी संसार परिवर्तनका लागि प्रयोग गर्न सक्छौ ।” त्यस्तै अरिस्टोटलले भनेका छन्, “जति फरक मृत व्यक्ति र जीवित व्यक्तिमा छ, त्यति फरक शिक्षित र अशिक्षितमा छ।" यसबाट पनि स्तरीय शिक्षाको महत्त्व झल्कन्छ । शिक्षाबाट ज्ञान र ज्ञानबाट विवेकको उदय हुन्छ। शिक्षाबाट मानिसले जीवन र जगत्लाई बुझ्ने सामर्थ्य राख्छ तर धनले मानिसलाई अल्छी, लोभी, लालसी, स्वार्थी र विलासी बनाउँछ। बिलासिताले मानिसको विवेक नष्ट गरिदिन्छ। त्यसैले आमाबुबाको मुख्य कर्तव्य भनेको सन्तानलाई उचित शिक्षा दिनु हो। सन्तानलाई धन जोडिदिन भन्दै बुबाआमाले देशविदेशमा दुःख पाउने, छोराछोरी घरमा असल शिक्षा र संस्कार नपाएर कुलतमा फसेका कैयौँ घटना हामीले देखेका छौँ। (जनाउ घण्टी बज्छ।)
धन सम्पत्तिले मान्छेमा मनुष्यत्व समाप्त भई पशुत्व सिर्जना हुन्छ। नीतिशास्त्रमा सन्तानलाई शिक्षाबाट अलग गर्ने बुबाआमा उसका ठुला शत्रु हुन् भनिएको छ। त्यसैले छोराछोरीलाई धनको चौकीदार होइन शिक्षाको हकदार बनाउनुपर्छ भन्दै आफ्ना भनाइ अन्त गर्दछु।
धन्यवाद !
सन्तानका लागि सम्पत्ति जोडिदिने कि स्तरीय शिक्षा दिने ?
आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, अतिथिज्यूहरु, निर्णायक मण्डल, गुरुवर्ग र मेरा सम्पूर्ण विद्यार्थी साथीहरू ! म आजको वादविवादमा विषयको विपक्ष अर्थात् सन्तानलाई सम्पत्ति जोडिदिनुपर्छ भन्ने विषयमा आफ्ना तर्क प्रस्तुत गर्दै छु।
सभाध्यक्ष महोदय ! धन देखेपछि महादेवको तीन नेत्र भनेजस्तै अहिलेको समयमा सबैलाई धन सम्पत्तिले नै लोभ्याउँछ । आमाबुबाले प्रशस्त सम्पत्ति जोडिदिएमा सन्तानले आफ्नै उद्योग व्यवसाय सञ्चालन गर्न सक्छन् । सम्पत्ति भएमा बिना कठिनाइ उच्च शिक्षा हासिल गर्न सक्छन् । अहिले त धनबिना शिक्षा कहाँ सम्भव छ र ? हेर्नुहोस् त जसको सम्पत्ति कम छ उनीहरू धन कमाउनका लागि विदेशी मुलुकमा कुकुरले नपाएको दुःख पाइरहेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा अद्वितीय प्रतिभाशाली व्यक्ति भएर पनि धनको
अभावले अस्पतालको शैयामा मृत्युको प्रतीक्षामा बस्नुपरेको हामी सबैलाई थाहै छ।
सम्पत्तिमा सबैको हाइहाइ, विपत्तिमा कोही छैन दाजुभाइ भन्ने यस भनाइबाट पनि सम्पत्तिको महत्त्व थाहा हुन्छ । यदि सन्तानलाई सम्पत्ति जोडिदिने हो भने उनीहरूलाई अरुको भरमा बाँच्नु पर्दैन । सन्तानको आवश्यकता धनले पूर्ति गर्न सक्छ । वास्तविकताको धरातलमा उभिएर हेर्ने हो भने हामीले पढ्नुको खास उद्देश्य धन कमाउनका लागि नै हो। पढ्ने धन कमाउनकै लागि भएपछि ठेलीका ठेली किताब किनेर दुःख किन गर्ने ? सबैले आफ्नो जिन्दगी सुख र मोजमस्तीमा बिताउन चाहन्छन् । त्यसका लागि सम्पत्ति नै चाहिन्छ । पूर्ववक्ता मित्रले भन्नुभयो कि धनले स्वार्थी र लोभी बनाउँछ भनेर। म उहाँलाई सोध्न चाहन्छु, जति पनि बाल आश्रम, वृद्धाश्रम, दान पुण्यका काम भइरहेका छन् ती कसले गरिरहेका छन् ? (जनाउ घण्टी बज्छ।)
यो भौतिक युग धनले चलेको छ । धनबिना हामी केही पनि गर्न सक्दैनौँ। धनबिना शिक्षा पनि लिन सकिँदैन । त्यसैले बुबाआमाले सन्तानलाई सम्पत्ति जोडिदिनु नै बुद्धिमानी हुन्छ भन्दै आफ्ना भनाइ अन्त गर्दछु।
धन्यवाद !
१३. अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादको प्रस्तुति ढाँचा अनुकरण गरी पाठको पहिलो वक्ताका भनाइको खण्डन गर्नुहोस् ।
उत्तरः आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, निर्णयको भूमिकामा रहनुभएका निर्णायक मण्डल, गुरु, गुरुमा तथा मेरा प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थी मित्रहरू ! म रत्न राज्य लक्ष्मी माविको १० कक्षाको विद्यार्थी पुकार अली विषयको विपक्ष अर्थात् अधिकार ठुलो भन्ने विषयमा आफ्ना तर्क प्रस्तुत गर्दै छु ।
सभाध्यक्ष महोदय ! अधिकार भन्नाले कानुनी, परम्परागत वा नैतिक हकलाई जनाउँछ । अधिकार भन्ने बित्तिकै कुनै पनि कुरामा आफ्नो स्वामित्व भन्ने बुझिन्छ। अधिकार भनेको त्यस्तो चिज हो जुन बच्चाले जन्मनासाथ लिएर आएको हुन्छ। मान्छेको पहिलो प्राप्ति नै अधिकार हो। त्यसैले पनि मान्छेले अधिकारबिना कर्तव्य निभाउन सम्भव छैन। पूर्ववक्ता साथीले अधिकारभन्दा कर्तव्य ठुलो हो भनेर विभिन्न तर्क राख्नुभयो । उहाँले पुराणका श्लोक कण्ठ गरेर सुनाउनुभयो। सत्यप्रतिको निष्ठा र कर्तव्य परायणका लागि सुकरातले हेमलक विष पिएको तर्क गर्नुभयो तर त्यो कर्तव्य परायणका लागि नभएर आफ्नो स्वतन्त्रताको अधिकार प्रयोग गर्दा सरकारको आँखाको तारो बनेपछि आफ्नो विचारबाट पछि हट्नुभन्दा मर्नु जाति ठानेर पिइएको थियो । उहाँले सरकारी कर्मचारीले मुस्कान सहितको सेवा दिने कर्तव्य पूरा गरे काम छिटो छरितो हुन्छ भन्नुभएको छ तर यदि एउटा व्यक्तिले आफूले पढ्न पाउने अधिकार नै नपाउने हो भने त्यो कर्मचारी बनेर आफ्नो कर्तव्य कसरी निभाउन सक्छ ? पहिले त मानिसलाई मान्छे भएर जिउने अधिकार चाहिन्छ तब मात्र कर्तव्य निभाउन सक्छ। एउटा भोको पेटले, एउटा पीडितले कर्तव्य पूरा गर्न कदापि सक्दैन । उहाँले कर्तव्यपालन पद वा ओहदामा रहेर वा नरहेर पनि गर्न सकिन्छ भन्नुभयो। यदि यस्तो हो भने पदको मर्यादाकम, चुनाब आदि किन भइरहेका छन् ? के यी जरुरी छैनन्, उहाँलाई प्रश्न गर्न चाहन्छु। अब्राहम लिङ्कन, नेल्सन मन्डेला, महात्मा गान्धी जस्ता व्यक्तिहरु अधिकारका लागि नेतृत्वदायी भूमिका खेलेर विश्व प्रसिद्ध भएका हुन् र यसबाटै उनीहरुको महानता झल्कन्छ । जनताले स्वतन्त्रता पाउनुपर्छ भनेर अधिकारको आवाज नउठाएको भए त हामी सायद निरङ्कुश शासनको थिचोमिचो सहेर बसिरहनुपर्थ्यो।
(जनाउ घन्टी बज्छ।) अन्त्यमा, कर्तव्यको एकोहोरो आदर्श रटयनले मात्र कसैको पेट भरिँदैन। कसैले पनि कर्तव्य पूरा गर्नका लागि पहिले अधिकार नै पाउनुपर्ने हुन्छ । यसैले कर्तव्य भन्दा अधिकार ठूलो हो भन्दै आफ्ना भनाइ यहीं बिसाउँछु, धन्यवाद ।
१४. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(अ) गरिबी भन्नाले के बुझिन्छ ?
उत्तरः आफ्नो जीवन निर्वाह गर्नका लागि आवश्यक पर्ने गाँस, बास, कपाससमेत परिपूर्ति गर्न नसकेको अवस्थालाई गरिबी भन्ने बुझिन्छ ।
(आ) गरिबी किन बढ्छ ?
उत्तरः अशिक्षा, जनसङ्ख्या वृद्धिदरको उच्चता, बेरोजगारी, न्यून आर्थिक वृद्धिदर आदि कारणले गरिबी बढ्छ ।
(इ) गरिबी निवारणका लागि कस्ता कार्य गर्न सकिन्छ ?
उत्तरः गरिबी पहिचान गरी रोजगार तथा स्वरोजगारमूलक सिप विकास तालिम तथा शिक्षा कार्यक्रम सञ्चालनबाट गरिबी निवारण गर्न सकिन्छ।
(ई) नेपालमा गरिबी निवारणमा ककसको भूमिका अपरिहार्य छ ?
उत्तरः नेपालमा गरिबी निवारणमा सरकारी, सहकारी, सामुदायिक, निजी र गैरसरकारी क्षेत्र एवम् विकास साझेदारको भूमिका अपरिहार्य छ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
(आ) अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस् ।
उत्तरः गरिबीको कारण व्यक्ति राष्ट्रको सबै खालका अवसरमा सहभागी हुन नपाउँदा विकासको मूल प्रवाहबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ गरिबीको कारण व्यक्ति राष्ट्रको सबै खालका अवसरमा सहभागी हुन नपाउँदा विकासको मूल प्रवाहबाट वञ्चित हुनुपर्ने अवस्था आएछा
(आ) अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस् ।
उत्तरः विश्वमा दिनप्रतिदिन गरिबीको समस्या बढ्दै गएको छ। विश्वमा दिनप्रतिदिन गरिबीको समस्या बढ्दै जान्थ्यो।
(इ) मानव विकास सूचाङ्क का आधार मा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबी को प्रभाव अत्यधिक देखिने गरेको छ। भन्ने वाक्यमा त्रुटि भएका स्थानमा पदयोग गरी पुनर्लेखन गर्नुहोस् ।
उत्तरः मानव विकास सूचाङ्कका आधारमा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबीको प्रभाव अत्यधिक देखिने गरेको छ।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेद पढ्नुहोस् र भूत, वर्तमान र भविष्यत् कालका वाक्यको अलग अलग सूची बनाउनुहोस् :
विद्यालयको खाजा घरका व्यवस्थापक उदित हुनुहुन्छ। एकछिनपछि प्रधानाध्यापक आएर उदितलाई सोध्नुभयो, “भन्नुहोस् त उदित अगि यहाँ कुन कुन शिक्षकले के के खाजा खानुभयो ?" उदितले भन्नुभयो, “शिक्षक उमाले रोटी खानुभयो। शिक्षक शरणले मकै खानुभयो। अरू सबै शिक्षकले चना र चिउरा खानुभयो ।" एकछिनपछि उदितले भन्नुभयो, “प्रधानाध्यापकज्यू, अब खाजा सकियो। म चिया पकाउँछु। अलिकति भटमास पनि छ। पसलबाट चिउरा ल्याउँछु आजलाई यसरी काम चलाउँछु। भोलि शनिबार भएकाले खाजा बढी भयो भने बासी रहने छ। बासी खानेकुरा रहृयो भने त मलाई घाटा पर्ने छ। पर्सि त म पकौडा बनाउने छु। खिर पकाउने छु। पुरी तरकारी पनि बनाउने छु।" उदितका कुरा सुनेर प्रधानाध्यापकले भन्नुभयो, “उदित ! तपाईंले हिजो मिठो खाजा खुवाउनुभयो । आज पनि मिठो खुवाउनुहुन्छ। आगामी दिनमा पनि मिठो खुवाउनुहुने छ भन्ने आशा छ ।"
उत्तरः
भूत कालका वाक्यको सूचीः यहाँ कुन कुन शिक्षकले के के खाजा खानुभयो ?, उदितले भन्नुभयो, “शिक्षक उमाले रोटी खानुभयो । शिक्षक शरणले मकै खानुभयो। अरू सबै शिक्षकले चना र चिउरा खानुभयो । “एकछिनपछि उदितले भन्नुभयो, “प्रधानाध्यापकज्यू, अब खाजा सकियो। उदितका कुरा सुनेर प्रधानाध्यापकले भन्नुभयो, "उदित ! तपाईंले हिजो मिठो खाजा खुवाउनुभयो ।
वर्तमान कालका वाक्यको सूचीः व िद्यालयको खाजा घरका व्यवस्थापक उदित हुनुहुन्छ।, म चिया पकाउँछु।, अलिकति भटमास पनि छ। पसलबाट चिउरा ल्याउँछु आजलाई यसरी काम चलाउँछु। आज पनि मिठो खुवाउनुहुन्छ । आगामी दिनमा पनि मिठो खुवाउनुहुने छ भन्ने आशा छ।"
कालका वाक्यको सूचीः भोलि शनिबार भएकाले खाजा बढी भयो भने बासी रहने छ। बासी खानेकुरा रहृयो भने त मलाई घाय पर्ने छ। पर्सि त म पकौडा बनाउने छु। खिर पकाउने छु। पुरी तरकारी पनि बनाउने छु।
२.अधिकार ठुलो कि कर्तव्य ठुलो ? पाठबाट भूत र वर्तमान कालका तीन तीनओटा क्रियापद खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तरः
भूत कालका क्रियापदः भए, गए, बने
उनीहरु खुसी भए। साथीहरु बजार गए। उनीहरु खेलाडी बने।
वर्तमान कालका क्रियापदः गर्दछु, बुझाउँछ, जनाउँछ
म काम गर्दछु। रविनले पाठ बुझाउँछ। परेवाले शान्ति जनाउँछ।
३.दिइएको अनुच्छेदबाट अपूर्ण, पूर्ण, अज्ञात र अभ्यस्त पक्षका क्रियापद अलग अलग टिपोट गर्नुहोस्ः
भरतले काठमाडौंबाट भरतपुरका लागि टिकट काटेछ। पहिले ऊ सधैं विराटनगरको टिकट काट्थ्यो। जनककुमारीले चाहिँ जनकपुरको टिकट काटिछन् । पहिले उनी सधैं आफ्नै कारमा जान्थिन् । भरत एयरपोर्ट पुगेको छ। जनककुमारी एयरपोर्ट जाँदै छिन् । अहिले उनी बानेश्वर पुगेकी छन् रे। भरत अहिले जहाज चढ्ने बोर्डिङपास लिँदै छ। दुवै जनाले मलाई फोन गरेका थिए। भरतको भरतपुरको जहाज एकैछिनमा उडेको हुने छ। जनककुमारीको जनकपुरको जहाज उड्ने छ। दुई घण्टापछि उड्ने छ। क
उत्तरः
अपूर्ण पक्षका क्रियापदः जाँदै छिन्, लिँदै छ
पूर्ण पक्षका क्रियापदः पुगेको छ, पुगेकी छन्, गरेका थिए, उडेको हुने छ
अज्ञात पक्षका क्रियापदः काटेछ, काटिछन्
अभ्यस्त पक्षका क्रियापदः काट्थ्यो, जान्थिन्
४. कोष्ठकमा दिइएको सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) हामीहरू एउटा सानो समूह बनाएर गाउँ गएका थियौँ। हामीहरू सबैले दौरासुरुवाल र कोट लगाएका थियौँ। जाडो महिना भएकाले हामी सबैको शिर कान छोप्ने टोपीले ढाकेको थियो। गाउँलेहरू हामीलाई एकोहोरो हेर्थे। हामीहरूले उनीहरूलाई पहिलो पटक भेटेका थियौँ। (अपूर्ण पक्ष)
उत्तरः हामीहरू एउटा सानो समूह बनाएर गाउँ जाँदै थियौँ। हामीहरू सबैले दौरासुरुवाल र कोट लगाउँदै थियौँ। जाडो महिना भएकाले हामी सबैको शिर कान छोप्ने टोपीले ढाक्दै थियो। गाउँलेहरू हामीलाई एकोहोरो हेर्दै थिए। हामीहरूले उनीहरूलाई पहिलो पटक भेट्दै थियौँ।
(ख) सम्पूर्ण प्रकृति र चराचर जगत्ले कर्तव्य पालनाको उत्कृष्ट दृष्यन्त दिँदै छन्। हामी बसोबास गर्दै आएको यस चराचर जगतमा नदी, वृक्ष, सूर्य, चन्द्र सबैले कसैलाई केही न केही दिँदै छन्। परोपकारी कार्य गरेर कर्तव्य पूरा गर्दै छन्। यसबाट कर्तव्यपालन प्राकृतिक, नैसर्गिक र महान् कुरो हो भन्ने पुष्टि हुँदै छ। (पूर्ण पक्ष)
उत्तरः सम्पूर्ण प्रकृति र चराचर जगत्ले कर्तव्य पालनाको उत्कृष्ट दृष्यन्त दिएका छन्। हामी बसोबास गर्दै आएको यस चराचर जगतमा नदी, वृक्ष, सूर्य, चन्द्र सबैले कसैलाई केही न केही दिएका छन्। परोपकारी कार्य गरेर कर्तव्य पूरा गरेका छन्। यसबाट कर्तव्यपालन प्राकृतिक, नैसर्गिक र महान् कुरो हो भन्ने पुष्टि भएको छ।
(ग) संस्कृतिलाई कृषि व्यवसाय गर्ने रहर थियो। यसका लागि उनले पाँचथरमा पारिलो घाम लाग्ने जग्गा किनिन्। गाई, भैंसी र बाखा पनि किनेर ल्याइन् । कृषि व्यवसायवाट उनले प्रशस्त आम्दानी गरिन्। उनले गाउँका १५ जनालाई रोजगारी पनि दिइन्। (अज्ञात पक्ष)
उत्तरः संस्कृतिलाई कृषि व्यवसाय गर्ने रहर रहेछ। यसका लागि उनले पाँचथरमा पारिलो घाम लाग्ने जग्गा किनिछन्। गाई, भैंसी र बाखा पनि किनेर ल्याइछन्। कृषि व्यवसायवाट उनले प्रशस्त आम्दानी गरिछन्। उनले गाउँका १५ जनालाई रोजगारी पनि दिइछन् ।
(घ) विद्यार्थी दिनहुँ पुस्तकालय जान्छन् । आफूलाई आवश्यक पर्ने सामग्री खोजी खोजी पढछन् । पढेका सामग्रीबारे सबै साथीसँग छलफल गर्छन् । थप अध्ययन गर्नुपर्ने कुराका लागि शिक्षकको पनि सहयोग लिन्छन् । (अभ्यस्त पक्ष)
उत्तरः विद्यार्थी दिनहुँ पुस्तकालय जान्थे। आफूलाई आवश्यक पर्ने सामग्री खोजी खोजी पढ्थे । पढेका सामग्रीबारे सबै साथीसँग छलफल गर्थे । थप अध्ययन गर्नुपर्ने कुराका लागि शिक्षकको पनि सहयोग लिन्थे।
५.कोष्ठकमा दिइएको सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस् :
(क) हिजो सबैतिर पानी परेछ। (पर् अज्ञात भूत)
(ख) विक्रम बस चढेर विराटनगर गएको छ। (जा पूर्ण वर्तमान)
(ग) अर्को वर्ष यति बेला तिमी परीक्षा दिँदै हुने छौ। (दि अपूर्ण भविष्यत)
(घ) उनीहरू कक्षामा पढाइका बारेमा छलफल गर्थे । (गर अभ्यस्त भूत)
(ङ) दाजु गाउँमा गएर कृषि पेसामा संलग्न हुनुभएछ। (हु अज्ञात भूत)
(च) विद्यार्थी पढाइका साथै खेलकुदमा पनि रुचि राख्छ । वर्तमान)
६. अज्ञात र अभ्यस्त पक्षका क्रियापदको प्रयोग गर्दै साथीको आनीबानीको वर्णन गरी अनुच्छेद लेख्नुहोस् ।
उत्तरः
प्रवीणको बानी
प्रवीणले बिस वर्षको उमेरमै बिहे गरेछ । बिहे गरेको एक एक महिनामा श्रीमतीलाई छोडेर कतार गएछ। कतार गएर मजदुरी गरेछ। विदेशमा धेरै ठक्कर खाएछ। गएको एक वर्षमा उल्टो ऋण लगाएर घर आएछ। ऊ सानो हुँदा बिहान सधैं ढिला उठ्थ्यो। उसले जनता माविमा पढ्थ्यो । बुबाआमासँग झगडा गरिरहन्थ्यो। मोबाइलमा धेरै समय भुल्थ्यो। पढ्न छाडेर बजारतिर डुल्थ्यो।
७ . दिइएको अनुच्छेद पढनुहोस् र रेखाङ्कन गरिएका शब्द पदयोग किन भएका हुन्, कक्षामा छलफल गर्नुहोस् :
घर घरमा सरसफाइ गरिएन भने घरमा लामखुट्टे लाग्न सक्छ । लामखुट्टेको टोकाइबाट मलेरिया, डेङ्गु जस्ता घातक रोग लाग्न सक्छन् । लामखुट्टेले नटोकोस् भनेर घरभित्र र घरबाहिर फोहोर पानी जम्न दिनुहुँदैन। घरको झ्यालढोकामा जाली राख्ने, फुलको प्रयोग गर्ने र लामा बाहुला भएका कपडा लगाउने हो भने लामखुट्टेको टोकाइबाट केही मात्रामा बच्न सकिन्छ।
८. दिइएको अनुच्छेदलाई पदयोग र पदवियोग मिलाई पुनर्लेखन गर्नुहोस् :
प्रकृतिले आ आफ्नो ठाउँ बाट कर्तव्य पालना गरेकोकुरा उहाँलेगर्नुभयो, प्रकृतिसँगत सम्पूर्ण अधिकार छ र त कर्तव्य पूरा गरिरहेको छ। प्रकृतिको अधिकार खोस्ने ताकत कसैसँग छैन, कसैले प्रकृतिको अधिकार खोसोस् त ? त्यसपछि प्रकृतिको ताण्डव थाहा हने छ।
उत्तरः प्रकृतिले आआफ्नो ठाउँबाट कर्तव्य पालना गरेको कुरा उहाँले गर्नुभयो । प्रकृतिसँग त सम्पूर्ण अधिकार छ र त कर्तव्य पूरा गरिरहेको छ। प्रकृतिको अधिकार खोस्ने ताकत कसैसँग छैन, कसैले प्रकृतिको अधिकार खोसोस् त प्रकृतिको थाहा हुने छ। ? त्यसपछि प्रकृतिको ताण्डव थाहा हने छ।
२. रोजगार ठिक कि स्वरोजगार ठिक ? शीर्षकको रोजगार ठिक वा स्वरोजगार ठिक भन्ने कुनै एक पक्षमा साथीको सहायताले एउटा अनुच्छेद लेख्नुहोस् । उक्त अनुच्छेदमा व्यक्त विचारको खण्डन गरी विपक्षमा अर्को अनुच्छेद लेख्नुहोस् ।
उत्तरः
रोजगार ठिक (पक्ष)
रोजगार भनेको जीविकोपार्जनका लागि गरिने कुनै काम, पेसा वा व्यवसाय हो। यसलाई अर्को शब्दमा जागिर पनि भनिन्छ। रोजगार गर्दा समय, स्थान र पारिश्रमिक निश्चित हुन्छ। यसमा नाफा घाटाको पिर हुँदैन। नाफा हुँदा पारिश्रमिक बढी हुन सक्ला तर घाटा हुँदा भार खेप्नुपर्ने डर हुँदैन । संस्था वा कम्पनीको निश्चित समय सीमाभित्र रहेर काम गर्न पाइन्छ। अरु समयमा स्वतन्त्र भएर अन्य काम गर्न र परिवारका सदस्यसँग प्रशस्त समय व्यतित गर्न सकिन्छ। बिदामा घुमफिर गर्न पाइन्छ। रोजगार गर्दा दिनरात नभनी खट्नुपर्ने वा नाफा घाटाको त्रासमा बस्नुपर्ने अवस्था हुँदैन । लगानी जुटाउनुपर्ने चुनौती पनि हुँदैन। एउटा संस्थामा रहँदा केही अफ्ठ्यारा भए भने छोडेर अर्को ठाउँ रोजगार गर्न पनि सकिन्छ । रोजगारबाट निश्चित समय काम, मनोरञ्जन र आराम गर्न सकिन्छ। यसरी सहज तरिकाले आफ्नो जीवन निर्वाहका लागि रोजगार नै बेस हुन्छ।
स्वरोजगार ठिक (विपक्ष)
स्वरोजगार भनेको आफैले सिर्जना गरेको रोजगार हो ।। आफै मालिक भई कुनै उद्योग वा व्यवसाय सञ्चालन गर्नुलाई स्वरोजगार भनेर बुझ्न सकिन्छ। रोजगार गर्दा अरुको नोकर बनेर काम गर्ने हो भने स्वरोजगार गर्दा अरुलाई नोकर बनाएर आफू मालिक बन्न सकिन्छ। मिहिनेत राम्रो भयो भने रोजगार गरेर पाँच वर्षमा कमाउने पैसा यसबाट पाँच महिनामै कमाउन पनि सकिन्छ । पुँजी बढाउँदै लगेर ठुलो उद्यमी वा व्यवसायी बन्न पनि सकिन्छ। यदि स्वरोजगार नहुने हो भने रोजगार कहाँबाट आउँछ ? संसारमा जति पनि धनी मानिसहरु देख्छौँ, तिनीहरु सबै स्वरोजगारका माध्यमबाट धनी भएका हुन्। रोजगार गरेर धनी भएको यो संसारमा कोही पनि छैन। देशको विकासका लागि पनि स्वरोजगार चाहिन्छ। रोजगार सानो कुवा हो भने स्वरोजगार सभ्भावनाको समुद्र हो। स्वरोजगारमा झन् चौबिसै घण्टा परिवारका सदस्यहरुसँग बसेर गर्न सकिन्छ। यसमा चुनौती होलान् तर सम्भावना पनि प्रशस्तै छन्। त्यसैले रोजगारभन्दा स्वरोजगार नै बेस हुन्छ।
पाठ ७: शत्रु
अभ्यास
शब्दभण्डार
१. दिइएका शब्दको अर्थ लेख्नुहोस् :
उत्तरः
यश = तारिफ, राम्रो काम गर्नेले पाउने इज्जत
रैती = अरुको जग्गा कमाउने व्यक्ति, मोही
अकलुषित = कुनै प्रकारको दुर्भावना नभएको
भरोसा = आधार, भर
जमदार = सेनामा हवलदारभन्दा माथि र सुबेदारभन्दा मुनिको पद
गर्व = अहम् भावना, अभिमान
झटनी = धान झाँट्ने काम, हप्काउने काम
अप्रिय = मन नपरेको, प्यारो नभएको
दुर्गुण = खराब स्वभाव
आर्जन = कमाइ, आम्दानी
व्यापक = चारैतिर फैलिएको, विस्तृत
२.दिइएको अनुच्छेदबाट अनेकार्थी शब्द खोजी तिनले दिने कम्तीमा दुई दुईओटा अर्थ लेख्नुहोस् :
पूजा तिज पर्व मनाउन हिराको हार लगाएर आफ्नै सुरमा माइत हिँडिन् । आमाले गत साल जसरी भए पनि आउन कर गर्नुभएको थियो तर मामाको घरमा दर कार्यक्रम भएकाले जान पाइनन् । दुई वर्षअगाडि उता जाँदा उनी वरको रुखको छेउमा बसेर जुनारको रस पिउँदै गएकी थिइन् । तिजको दिन रातो टीका लगाएर छमछम नाच्ने उनको रहर यसपालि पूरा हुने भएको छ।
उत्तरः
पूजाः (देवीदेवतालाई प्रसन्न पार्न श्रद्धासाथ गरिने काम, पिटाइ)
हारः (पराजय, घाँटीमा लगाउने माला)
सुरः (देवता, गीतको लय)
साल: (वर्ष, एउटा बलियो रुख)
कर: (जिद्दी, हात)
तर: (संयोजक, दुधमाथि लाग्ने बाक्लो पदार्थ)
दर: (तिजको अघिल्लो दिन खाने भोजन, मूल्य)
वर: (बेहुला, आशिष)
रस: (झोल, आत्मसन्तुष्टि)
टीका: (दसैं, निधारमा लगाइने चन्दन)
रहर: (दाल, चाहना)
३. दिइएको अनुच्छेद पढ्नुहोस् र अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गर्नुहोस् :
चन्दुराम गजक्क परेर बसेका बेला कुन्नि कसले प्याट्ट हिर्काएछ। चन्दुराम धुरुधुरु रुन थालेछन्। उनी रोएको उनका छोराले टुलुटुलु हेरेछन् । ठुलो छोरो हर्कबहादुर फटाफट पुलिस चौकी गएछन्। स्याँस्याँ गर्दै हर्कबहादुर आएको देखेर हर्कबहादुरसँग पुलिस गुरुरु दौडिदै चन्दुरामकहाँ पुगेछन् ।
उत्तरः
गजक्क
फटाफट
प्याट्ट
स्याँस्याँ
धुरुधुरु
टुलुटुलु
गुरुरु
४. शत्रु कथाको कृष्ण राय जुरमुरिँदै ....... शत्रु हुन सक्छ अंशको उपयुक्त ठाउँमा अनुकरणात्मक शब्द राखी पुनर्लेखन गर्नुहोस् ।
उत्तरः कृष्ण राय जुरमुरिँदै जुरुक्क उठे, तबसम्म आक्रमणकारी सुटुक्क भागिसकेको थियो । “मलाई कसले यसरी एक्कासि आक्रमण गर्यो होला ?" तिनी विचार गर्न थाले। "यस जीवनमा मैले कसैलाई आफ्नो शत्रु बनाइनँ, झगडा फसादमा फिटिक्कै रहिनँ।“ कृष्ण रायलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा पटक्कै विश्वास भएन। सब तन्द्रा अवस्थामा भ्रम जस्तो लाग्यो तर भित्तामा लागेर पिटिक्क भाँचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन। कृष्ण रायले बिछ्यौनाबाट निहुरीकन त्यस टुक्रालाई टपक्क टिपे, हेरेर गम्न थाले, “को मेरो शत्रु हुन सक्छ ?"
५.दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तरः
सान्त्वनाः मेरो त रुँदा सान्त्वना दिने मान्छे पनि कोही छैन।
सिद्धान्तः असल सिद्धान्त अङ्गालेर हिँडे सफल भइन्छ ।
पुँजीः प्रशस्त पुँजी भए बल्ल लगानी गर्न सकिन्छ।
मध्यस्थः कृष्ण रायले मध्यस्थ बनेर धेरैको झगडा मिलाएका थिए।
फैसलाः अदालतले दोषीलाई कैदको फैसला सुनायो।
अङ्कमालः सुशान्तले प्रेमिकालाई भेटेर अङ्कमाल गर्यो।
स्वाभिमानः बालेनले देशको स्वाभिमानका लागि कसैसँग नझुक्ने घोषणा गरे।
समर्थकः म बालेन र हर्क साम्पाङको समर्थक हुँ।
धैर्यः धैर्य भएर मिहिनेत गरे अवश्य सफल भइन्छ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
तन्द्रा, आक्रमण, अकलुषित, दुर्गुण, मध्यस्थ, कृष्ण, बिछ्यौना, इन्स्पेक्टर, निर्दोष
२. लेखाइमा दिन र उच्चारणमा दिन हुने जस्तै लेखाइ र उच्चारण फरक फरक हुने अन्य कुनै १० ओटा शब्द पाठबाट खोजेर लेख्नुहोस् ।
उत्तरः
लेखाइ उच्चारण लेखाइ
उच्चारण शत्रु सत्रु
वर्ष नर्स तिनले
तिन्ले कम कम्
घर घर् एक
एक् विचार बिचार्
जीवन जिबन् रात
रात् कारण कारन्
४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) शत्रु कथामा कृष्ण रायले रेलको डिब्बामा भएको झगडा सम्झेको घटना कतिऔं अनुच्छेदमा छ?
उत्तरः शत्रु कथामा कृष्ण रायले रेलको डिब्बामा भएको झगडा सम्झेको घटना सातौँ अनुच्छेदमा छ।
(ख) कथामा कृष्ण रायको सोचलाई परिवर्तन गराउने मुख्य सन्दर्भ कुनलाई मानिन्छ ?
उत्तरः कथामा कृष्ण रायको सोचलाई परिवर्तन गराउने मुख्य सन्दर्भ उनीमाथि लट्ठी प्रहारको घटनालाई मानिन्छ।
(ग) कथाको पाँचौं अनुच्छेदको शीर्ष वाक्य कुन हो ?
उत्तरः कथाको पाँचौं अनुच्छेदको शीर्ष वाक्य धेरै घोरिँदा तिनलाई यस रहस्यको सुइँको पाए जस्तो भयो हो।
(घ) कथाको समापन कुन घटनाबाट भएको छ ?
उत्तरः कथाको समापन आफ्नो सङ्गतमा रहेका सबैमाथि शङ्का गरेको घटनाबाट भएको छ।
६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
कृष्ण राय धेरै झगडामा मध्यस्थ भएका थिए। यो बडो गर्वको कुरा हो। गाउँले तिनीमाथि नै विश्वास गरी तिनलाई झगडामा मध्यस्थ तुल्याउँथे । यसैले पनि तिनको गाउँमा धेरै सम्मान थियो। निश्चय नै यो कामले तिनलाई धेरैको मन नपरेको बनायो होला। एक दिनको घटना उदाहरणस्वरूप तिनको सामुन्ने आउन थाल्यो। गोविन्द पण्डित र गोरे जमदारको खेतको झगडा धेरै दिनदेखि चलिआएको थियो तर त्यस दिनको जस्तो कुटामारी कहिल्यै भएको थिएन। कृष्ण राय सदाको जस्तै मध्यस्थ भए र बानीले प्रेरित भए ती झगडियालाई झगडाको दुष्परिणाम बुझाउन थाले। हेर गोविन्द पण्डित, हेर गोरे जमदार, झगडा गरेर के लाभ ? आपस्तमा मिल, खाऊ, पिऊ र ईश्वरको भजन गर। यति उपदेशमै तिनीहरू झगडा गर्न छोड्ने भए तिनीहरू कहिल्यै पनि झगडा गर्ने थिएनन्। तिनीहरू मिल्न मानेनन् र विचरा मध्यस्थलाई कर लागेर गोरे जमदारको पक्षमा न्याय दिनुपयो। यस झगडामा मध्यस्थ भएर तिनले निश्चय नै गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान्। फेरि एउटा मास्टर र कैयाँको झगडामा न्याय कैयाँको पक्षमा हुँदा मास्टरले रिसाएर भनेको थियो, "हेर्नुहोस कृष्ण रायजी, फैसलालाई त म आफ्नो शिरमा राख्छु तर कैयाँ कैयाँ नै हुन्, काम लाग्ने छैनन् ।" एउटा झगडामा सबभन्दा निर्दोष काम हो, त्यो झगडाको मध्यस्थ हुनु तर कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन। मध्यस्थले एउटा न एउटाको शत्रु हुनैपर्छ, कृष्ण रायले बिउँझे झै यो ज्ञान आर्जन गरे।
(क) कृष्ण रायले गर्व गर्ने कुरा के थियो ?
उत्तरः कृष्ण रायलाई गाउँलेहरुले विश्वास र मान गर्दथे र उनी गाउँलेका धेरै झगडामा मध्यस्थ भएका थिए। यो नै उनले गर्व गर्ने कुरा थियो ।
(ख) कृष्ण रायले गोविन्द पण्डितमाथि किन शङ्का गरे ?
उत्तरः कृष्ण रायले गोविन्द पण्डित र गोरे जमदारको मध्यस्थ गर्दा गोविन्द पण्डितको विपक्षमा फैसला गरेका थिए। यही कुरामा गोविन्द पण्डित रिसाएको हुन सक्ने लागेर शङ्का गरे।
(ग) कृष्ण रायलाई गाउँमा सम्मान गर्नुको कारण के हो ?
उत्तरः कृष्ण रायलाई गाउँलेले विश्वास गरी झगडामा मध्यस्थ तुल्याउँथे। यसैले तिनलाई सम्मान गरेका होलान् ।
(घ) मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन। भन्नुको तात्पर्य के हो ?
उत्तरः मध्यस्थ गर्दा दुवै पक्षलाई खुसी बनाउन सकिँदैन, एउटा न एउटाको शत्रु हुनैपर्छ भन्नु नै यस भनाइको तात्पर्य हो।
७.कृष्ण राय धेरै आर्जन गरे कथांशबाट छोटो उत्तरात्मक प्रश्न निर्माण गरी उक्त प्रश्नको उत्तर लेख्नुहोस् ।
उत्तरः
प्रश्नः कृष्ण रायले कस्तो ज्ञान आर्जन गरे ?
कृष्ण रायलाई गाउँलेहरुले विश्वास गर्दथे र उनी गाउँलेका धेरै झगडामा मध्यस्थ भएका थिए। यो उनले गर्व गर्ने कुरा पनि थियो। उनी सबैलाई राम्रो गरेको र आफ्ना कोही शत्रु नभएको ठान्दथे। मध्यस्थ गर्दा दुवै पक्षलाई खुसी बनाउन सकिन्न भन्ने उनलाई थाहा थिएन । आफूमाथि लट्ठी प्रहारको घटनापछि उनलाई पुराना घटनाको स्मरण भयो । त्यसपछि बल्ल उनलाई मध्यस्थ गर्दा दुवै पक्षको समर्थन हुन सक्दैन भन्ने लाग्यो। यसरी उनले यस्तो अवस्थामा एउटा न एउटाको शत्रु हुनैपर्छ र मान्छे शत्रुविहीन बन्न नसक्ने रहेछ भन्ने ज्ञान आर्जन गरे।
८. शत्रु कथाको चौथो अनुच्छेद मौन पठन गरी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् ।
उत्तरः
✓ कृष्ण राय उठ्दा आक्रमणकारी भागिसकेको हुनु,
✓ कसले आक्रमण गरे होला भनेर विचार गर्न थाल्नु,
✓ जीवनमा कसैलाई शत्रु नबनाएको सोचेर आफूमाथि आक्रमण भएको कुरामा विश्वास नलाग्नु,
✓ भाँचिएको लट्ठीको टुका टिपेर शत्रु को होला भनेर गम्न थाल्नु ।
९. दिइएका बुँदाका आधारमा कृष्ण रायको चरित्र चित्रण गर्नुहोस् :
(क) भद्र, शान्त र सहयोगी पात्र
(ख) गाउँको झगडामा मध्यस्थको भूमिका निर्वाह गर्ने पात्र
(ग) सबै कुराले सम्पन्न भएको पात्र
(घ) आफ्नो कोही शत्रु नभएको ठान्ने पात्र
(ङ) लट्ठी प्रहारपछि धेरैमाथि शङ्का व्यक्त गर्ने पात्र
(च) आफ्ना विगतका प्रत्येक कार्यबाट शत्रु जन्मिएका हुन सक्ने ठानी मनमनै विचलित हुने पात्र
(छ) शत्रु सबैका हुने रहेछन् भन्ने तत्वबोध गर्ने पात्र
उत्तरः शत्रु कथाका मुख्य पात्र कृष्ण राय भद्र, शान्त र सहयोगी स्वभावका पात्र हुन्। उनले गाउँलेको झगडामा मध्यस्थको भूमिका निर्वाह गर्दथे । सबै कुराले सम्पन्न थिए। उनले आफ्नो कोही शत्रु नभएको ठान्दथे। एक दिन अचानक आफूमाथि लट्ठी प्रहारपछि धेरैमाथि शङ्का गरे। आफ्ना विगतका प्रत्येक कार्यबाट शत्रु जन्मिएका हुन सक्ने ठानी मनमनै विचलित भए। अन्तिममा शत्रु सबैका हुने रहेछन् भन्ने तत्व बोध गरे।
१०. दिइएका घटनालाई कथाका आधारमा क्रम मिलाएर लेख्नुहोस् :
उत्तरः
(घ) कृष्ण राय आँखामा राखे पनि नबिझाउने खालका हुनु
(ङ) तिनका मनमा धेरै प्रकारका विचार आउनु
(ज) लट्ठीले आक्रमण गर्ने व्यक्तिको पहिचान नहुनु
(झ) कुरामा कुरा चल्दा कृष्ण रायले उसलाई अप्रिय शब्द भन्नु
(ख) इन्स्पेक्टरले सोध्दा धेरैमाथि शङ्का व्यक्त गर्नु
(छ) ४५ वर्षसम्म शत्रु नहुनु
(ग) एक दिन लट्ठी प्रहार हुनु
(क) काम बिगार्दा रामे नोकरमाथि रिसाएको घटना सम्झनु
(च) मध्यस्थताको भूमिका निर्वाह गर्दा जमदारको पक्षमा न्याय दिनु
११. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) शत्रु कथाका कृष्ण रायको व्यक्तित्व कस्तो थियो ?
उत्तरः कृष्ण राय भद्र र शान्त स्वभावका मानिस थिए। गाउँ समाजमा न्यायनिसाफ गर्न उनी नै अघि सर्दथे। मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने कृष्ण रायले सबैलाई बराबरी न्याय दिन कोसिस गर्थे। आफ्नो स्वभाव तथा व्यवहारले आफूलाई शत्रुरहित ठाने पनि अचानक भएको आक्रमणपछि मनमा द्वन्द्व उत्पन्न भयो। उनी आफ्नै दाजुभाइहरू, भतिजो सबैलाई शत्रु ठान्न पुगे । यसरी उनलाई एउटा शान्त, जान्ने छु भन्ने ठान्ने, शङ्कालु, अन्तर्मुखी र कमजोर मानसिकता भएका व्यक्तित्वका रुपमा चिन्न सकिन्छ ।
(ख) कृष्ण रायले किन आफूलाई शत्रुविहीन ठान्थे, वर्णन गर्नुहोस् ।
उत्तरः कृष्ण राय भद्र र शान्त स्वभावका मानिस थिए। उनी आँखामा राखे पनि नबिझाउने व्यक्ति थिए। उनलाई मानसम्मान, धन सम्पत्ति आदि सबैको सुख थियो। गाउँ समाजमा न्यायनिसाफ गर्न उनी नै अघि सर्दथे। मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने कृष्ण राय आफूलाई आदर्शवान् व्यक्ति ठान्दथे। गाउँलेहरु सबैले आफ्नो सम्मान गर्ने ठान्दथे। उनले कसैलाई ठगेका वा दुःख दिएका थिएनन् । यस्तै कारणले उनले आफूलाई शत्रुविहीन ठानेका होलान् ।
(ग) यस कथाबाट के सन्देश पाइन्छ ?
उत्तरः मान्छे शत्रुविहीन हुन सक्दैन। मान्छेले आफूलाई जति अजात शत्रु ठाने पनि कुनै न कुनै किसिमले उसका शत्रु भैहाल्छन्। शत्रु नहोलान् भन्ने ठान्नु, आफूलाई खुब जान्नेसुन्ने छु भन्ने ठान्नु एउटा भ्रम मात्र हो। हामीमा महसुस नगरेका धेरै कमजोरीहरु हुन सक्छन् । त्यसैले मानिस हर कदममा चनाखो हुनुपर्छ। मान्छेको मन परिवर्तन हुनलाई एउटा सानो घटना नै पर्याप्त हुन्छ। हामी एउय घटनालाई लिएर कमजोर भएर बस्नु हुँदैन। अनावश्यक शङ्का गर्ने मानिसले कसैलाई मित्र देख्दैन। मनमा शान्ति र आनन्द हुँदा संसार सुन्दर लाग्दछ भने मानसिक स्थिति खल्बलिँदा आज संसार अर्कै लाग्दछ । समग्रमा हाम्रो काम र व्यवहारले सबै पक्षलाई खुसी बनाउन सकिँदैन भन्ने मर्मको उद्घाटन गर्नु नै कथाको मुख्य सन्देश हो।
(घ) प्रत्येक व्यक्तिका कृष्ण रायका जस्तै नदेखिने शत्रु होलान् त, कथाका आधारमा अनुमान गर्नुहोस् ।
उत्तरः कथाले मान्छे शत्रुविहीन हुन सक्दैन भन्ने रहस्य प्रस्तुत गरेको छ । यस आधारमा पनि प्रत्येक व्यक्तिका नदेखिने शत्रु हुन सक्छन् । कृष्ण रायले जस्तै आफूलाई जतिसुकै जान्नेसुन्ने छु भने पनि हामीहरुमा धेरै कमजोरी हुन सक्छन् । हुनत शत्रु मित्र बन्नुमा केही कारण अवश्य हुन्छ। शत्रु र मित्र भन्ने कुरा मानिसको शील, स्वभाव र आचरणमा भर पर्दछ। यसरी शत्रु कम र बढी त हुन सक्लान् तर शत्रु नहोलान् भन्ने कुरामा भने विश्वास गर्न सकिन्न। गुणी र विवेकीले समय परिस्थिति हेरेर व्यवहार गर्दछ भने उसका अवश्य धेरै मित्रहरु हुन्छन् ।
१२. व्याख्या गर्नुहोस् :
(क) कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन ।
उत्तरः प्रस्तुत कथांश विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित शत्रु शीर्षकको मनोवैज्ञानिक कथाबाट साभार गरिएको हो। कृष्ण रायमाथि लट्ठी प्रहार भइसकेपछि मध्यस्थ भएर झगडा मिलाउँदा हार्ने व्यक्ति आफ्नो समर्थक नभएर शत्रु भएको हुन सक्ने भन्ने सन्दर्भमा यो कथांश आएको हो।
कृष्ण राय भद्र र शान्त स्वभावका मानिस थिए। गाउँ समाजमा न्यायनिसाफ गर्न उनी नै अघि सर्दथे। मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने कृष्ण रायले सबैलाई बराबरी न्याय दिन कोसिस गर्थे। आफ्नो स्वभाव तथा व्यवहारले आफूलाई शत्रुरहित ठान्थे । उनीमाथि अचानक भएको आक्रमणपछि मनमा द्वन्द्व उत्पन्न भयो । उनले आफ्ना कार्यको बारेमा समीक्षा गर्न थाले। आफू मध्यस्थ भएर गरेका न्यायमा सधैं एकपक्ष खुसी भए पनि अर्को पक्ष शत्रु बनेको सम्झे। आफूमाथि लट्ठी प्रहार भइसकेपछि आफ्ना धेरै शत्रु भएका हुन सक्ने अनुमान लगाए। उनले आफूसँग आएका अन्य मान्छेको पनि सूची बनाए अनि मान्छे शत्रुविहीन हुँदैन भन्ने निष्कर्षमा पुगे। बिनाकारण संसारमा शत्रु बन्दैन। शत्रु मित्र बन्नुमा केही कारण अवश्य हुन्छ। त्यसमा पनि कृष्ण राय त मध्यस्थकर्ता थिए। मध्यस्थकर्ता भनेको यस्तो कार्य हो जसमा मध्यस्थले एउटा न एउटाको शत्रु हुनै पर्छ।
यसरी कृष्ण रायले आफुले निष्पक्ष रहेर गर्ने ठानेको मध्यस्थताको अर्थ बुझेका छन् र यस क्रममा उनको मानसिकतामा परेको उतारचढावलाई कथांशमा प्रस्तुत गरिएको छ।
(ख) कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तो बैरी बनाउने साधन लुकिरहेको देखिन्छ ।
उत्तरः व्याख्याका लागि दिइएको कथांश शत्रु कथाबाट लिइएको हो । विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित शत्रु कथा एउय मनोवैज्ञानिक कथा हो। कृष्ण रायले आफूमाथि आक्रमण भएपछि आफ्ना विगतका कार्य सम्झेर निकालेको निष्कर्षको रूपमा प्रस्तुत कथांश आएको हो।
कृष्ण राय गाउँ समाजमा न्यायनिसाफ गर्न अघि सर्दथे । मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने उनले आफूलाई आदर्शवान् व्यक्ति ठान्दथे। गाउँलेहरु सबैले आफ्नो सम्मान गर्ने ठान्दथे। उनले कसैलाई ठगेका वा दुःख दिएका थिएनन् । मध्यस्थ गरेर गाउँलेलाई ठुलो गुन लगाएको ठान्दथे। आफू निर्दोष रहेको सम्झेर गर्व गर्थे। आफ्नो कामले कसैको चित्त दुखेको पत्तो पाउन सकेका थिएनन् । झाडीमा लुकेको विषालु सर्पलाई सजिलै देख्न सकिँदैन र एक्कासि आक्रमण गरेपछि मात्र सर्प रहेछ भन्ने थाहा हुन्छ। त्यसैगरी हामीले गरेका कुन कार्यले कहिले शत्रु जन्माएको हुन्छ र त्यो शत्रु कुन मौकाको पर्खाइमा लुकेर बसेको हुन्छ भनेर थाहा नै पाउन सकिँदैन। आफूलाई परेपछि बल्ल थाहा हुन्छ। कृष्ण रायले निर्दोष नै ठानेका थिए, सबैलाई आफ्ना मित्र ठानेका थिए तर अन्तिममा उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई बैरी मान्नुपर्ने अवस्था सिर्जना भयो।
यसरी प्रस्तुत कथांशमा जति निर्दोष रहन खोजे पनि नजानिँदो किसिमले शत्रु बनिरहेका हुन सक्छन् भन्ने कुरामा सचेत गराउन खोजिएको छ।
१३. शत्रु कथाका कृष्ण रायमाथि लट्ठी प्रहार भएपछि पनि उनले किन शत्रु किटान गर्न सकेनन्, तर्क दिएर पुष्टि गर्नुहोस् ।
उत्तरः विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित शत्रु कथा एउटा मनोवैज्ञानिक कथा हो। यस कथामा मुख्य पात्र कृष्ण रायमाथि भएको घटना र सोही घटनाकै कारण उनको मानसिकतामा आएको उथलपुथललाई समेटिएको छ।
कृष्ण राय गाउँका भद्र र शान्त स्वभावका मानिस थिए। गाउँ समाजमा न्यायनिसाफ गर्न उनी नै अघि सर्दथे । ४५ वर्षका कृष्ण रायका सन्तान थिएनन् तर उनले एउटय यढाको भतिजोलाई धर्म पुत्रका रूपमा पालेका थिए। उनको आर्थिक स्थिति राम्रो थियो। कसैलाई पनि पीर पारेर सम्पत्तिको आर्जन गरेका थिएनन् । उनलाई सबै कुराको सन्तोष थियो। आफ्ना कुनै शत्रु छैनन् भनेर उनी ढुक्क थिए। आफूले कसैलाई दुःख नदिएकोले निर्दोष ठान्थे। आफूमाथि भएको लट्ठी प्रहारले उनको विश्वास टुटेको छ। उनी मानसिक रुपमा विक्षिप्त भएका छन्। उनले आफूले गरेको निर्णय र कार्यको समीक्षा गरे। सम्पर्कमा आउने लगभग सबै व्यक्तिमाथि शङ्का गरे । शत्रुविहीन ठानेका रायलाई आफ्ना कार्यहरू सम्कँदा कुनै न कुनै समयमा धेरैको चित्त दुखाएको जस्तो लाग्यो।
हामीमा महसुस नगरेका धेरै कमजोरीहरु हुन सक्छन् । मान्छेले आफूलाई जति अजात शत्रु ठाने पनि कुनै न कुनै किसिमले उसका शत्रु भैहाल्छन्। कृष्ण रायले आफू मध्यस्थ हुँदा एकपक्ष खुसी भए पनि अर्को पक्ष असन्तुष्ट हुन सक्ने रहस्य बुझेनन् । त्यस्तै शत्रु नहोलान् भन्ने ठान्नु, आफूलाई खुब जान्नेसुन्ने छु भन्ने ठान्नु एउटय भ्रम मात्र हो। कृष्ण राय यही भ्रममा थिए, जसको कारणले उनले शत्रु किटयन गर्न सकेनन् ।
१४. कृष्ण रायका मनमा उब्जिएका मानसिक उतारचढावलाई शत्रु कथाका आधारमा समीक्षा गर्नुहोस् ।
उत्तरः प्रथम मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित शत्रु कथा मनोवैज्ञानिक कथा हो। यस कथाले सामाजिक तथा मनोवैज्ञानिक समस्यालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। त्यसैले यो समस्यामूलक कथा हो। कथाले मान्छे शत्रुविहीन हुन सक्दैन भन्ने रहस्य प्रस्तुत गरेको छ । आफूलाई शत्रुविहीन ठान्ने कृष्ण रायमाथि लट्ठी प्रहार भएको घटनापछि उनको मनमा उब्जिएका उतारचढावलाई कथामा प्रस्तुत गरिएको छ।
कृष्ण राय यस कथाका केन्द्रीय पात्र हुन्। भद्र र शान्त स्वभावका मानिने उनी मध्यस्थकर्ता बनी गाउँ समाजमा न्यायनिसाफ गर्न अघि सर्दथे । आफ्नो स्वभाव तथा व्यवहारले आफूलाई शत्रुरहित ठान्थे । आफूलाई बडो जान्नेसुन्ने छु भन्ने ठान्दथे । गाउँलेहरुको इज्जत सम्मान पाएर मक्ख थिए। उनमा प्रशस्त आत्मवश्वास थियो। उनको यस्तो विरासत धेरै टिक्न सकेन। जब उनीमाथि अचानक आक्रमण भयो, त्यसपछि उनको सबै चैन गायब भयो। उनको मनमा द्वन्द्व उत्पन्न भयो। आफूमाथि कसले आक्रमण गरे होला भनेर धेरै सोचमा पुगे तर किटान गर्न सकेनन् । आफूमाथि भएको लट्ठी प्रहारले उनको मनभित्र मनोवैज्ञानिक हुरी चलाइदियो। शङ्का, चिन्ता, तनाव, तर्कले उनको शान्त मनमा डेरा जमाउन पुग्यो । त्यसपछि उनले आफ्ना नजिकका सम्पर्कमा भएका मानिसदेखि लिएर सामान्य बोलचाल भएका मान्छेसम्म सबैलाई शङ्काका दृष्टिले हेर्न पुगे। आफूसँग जोडिएका हरेक घटनामा शत्रुताको सम्बन्ध रहेको कल्पनाले उनको मन नराम्ररी पिरोलिएको छ।
जीवन यात्रालाई अघि बढाउदै जाँदा व्यक्तिले राम्रा र नराम्रा काम गरेको हुन्छ। यिनै कामले मित्र र शत्रु पनि जन्माउँछ। कृष्ण रायको निस्वार्थ सेवा, न्यायको पक्षधर विचार जस्ता कामले पनि शत्रुता जन्माउन सक्ने प्राकृतिक यथार्थतालाई कथामा व्यक्त गरिएको छ। मानिसले मनमा शान्ति र आनन्द हुँदा संसार सुन्दर देख्दछ भने मानसिक स्थिति खल्बलिँदा आज संसार अर्कै लाग्ने मनोवैज्ञानिक यथार्थलाई कथामा देखाइएको छ। कृष्ण रायमाथि लट्ठी प्रहार नहुँदासम्म उनलाई आफ्नो कोही शत्रु नभए झै लाग्छ भने लट्ठी प्रहारपछि हरेक व्यक्ति शत्रु भए झै लाग्छ। यसरी कथामा शङ्कालु, अन्तर्मुखी र कमजोर मानसिकता भएका कृष्ण रायको मनको चिरफार कुशल ढङ्गले गरिएको छ।
१५. शत्रु कथाका मुख्य मुख्य घटना नछुट्ने गरी कथासार लेख्नुहोस् ।
उत्तरः कृष्ण राय गाउँका भद्र मानिस थिए । ४५ वर्षका कृष्ण राय शान्त स्वभावका थिए । उनका सन्तान थिएनन् तर उनले एउटय टाढाको भतिजोलाई धर्म पुत्रका रूपमा पालेका थिए । उनको आर्थिक स्थिति राम्रो थियो तर कसैलाई पनि पीर पारेर सम्पत्तिको आर्जन गरेका थिएनन् । उनलाई सबै कुराको सन्तोष थियो। आफ्ना कुनै शत्रु छैनन् भनेर उनी ढुक्क थिए। एक राति खाईपिई सुत्न लागेका थिए। उनी तन्द्रावस्थामा रहेकै बेलामा उनीमाथि लट्ठीको प्रहार भयो। संयोगवश प्रहार गरिएको लठ्ठीले कृष्ण रायलाई लागेन। लट्ठीको प्रहार कोठाको भित्तामा भयो। आक्रमण कुन उद्देश्यले प्रेरित भएर गरियो त्यो पत्ता लाग्न सकेन । कृष्ण रायका मनमा अनेक द्वन्द्व उत्पन्न हुन थाले। कसैलाई कुनै पनि दुःख नदिएको व्यक्ति माथि लट्ठी किन प्रहार भयो भन्ने कुरामा निकै जिज्ञासा उत्पन्न भए। मध्यस्थको भूमिका निर्वाह गर्ने कृष्ण रायका मनमा तरङ्गहरू पैदा हुन थाले। उनले गोरे जमदार र गोविन्द पण्डित समेतको झगडामा जमदारको पक्षमा दिएको न्यायलाई सम्झे। मास्टर र कैयाँको झगडामा कैयाँको पक्षमा लाग्दा मास्टर रिसाएको, रेलको डब्बामा भएको झगडा, हाटमा धक्का खाई लडेको मान्छे, घरबाट निकालेका नोकर, गरिब ईर्ष्यालु दाजुभाइ, जागिर माग्न आएको व्यक्ति अनि आफ्नै योग्य पुत्र पनि आफ्ना शत्रु हुन सक्छन् भन्ने कृष्ण रायलाई लाग्यो तर स्पष्ट रूपमा यही नै हो भनेर किटान गर्न भने सकेनन्। यत्तिकैमा कथा समाप्त भएको छ।
१६. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) प्रश्नहरू
(अ) नेपाली कलालाई कति भागमा वर्गीकरण गरिएको छ ?
उत्तरः नेपाली कलालाई चार भागमा वर्गीकरण गरिएको छ।
(आ) कस्ता चित्रलाई ग्रन्थचित्र भनिन्छ ?
उत्तरः हस्तलिखित ग्रन्थमा लेखिएका विषयसँग सम्बन्धित चित्रलाई ग्रन्थचित्र भनिन्छ ।
(इ) पौभाचित्र भनेको कस्तो चित्र हो ?
उत्तरः विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनिन्छ ।
(ई) मूर्तिकलाको विकास कहिलेबाट सुरु भएको पाइन्छ ?
उत्तरः नेपालमा मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको पाइन्छ ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
(अ) माथिको अनुच्छेदमा रहेको नेपाली मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको पाइन्छ। वाक्यलाई सम्भावनार्थमा परिवर्तन गर्नुहोस् ।
उत्तरः नेपाली मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको होला।
(आ) माथिको अनुच्छेदमा रहेको विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनिन्छ। वाक्यलाई इच्छार्थमा परिवर्तन गर्नुहोस् ।
उत्तरः विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनियोस् ।
(इ) छापाखाना को आविष्कार हुनु भन्दा पहिले आफू लाई आवश्यकपर्ने पुस्तक र ग्रन्थ हातै ले लेखेर तयारपार्ने गरिन्थ्यो। वाक्यलाई पदयोग
पदवियोग मिलाई पुनर्लेखन गर्नुहोस् ।
उत्तरः छापाखानाको आविष्कार हुनुभन्दा पहिले आफूलाई आवश्यक पर्ने पुस्तक र ग्रन्थ हातैले लेखेर तयार पार्ने गरिन्थ्यो ।
भाषिक संरचना र वर्णविन्यास
१.दिइएको अनुच्छेद पढी आज्ञार्थ र इच्छार्थ जनाउने क्रियापदको अलग अलग सूची बनाउनुहोस् :
आमाले भन्नुभयो, “आज के तरकारी पकाऊँ?" "घिरौंलाको तरकारी पकाउनुहोस् न, म टिपेर ल्याऊँ?" मैले भनें। आमाले भन्नुभयो, “बाबु तैंले टिपेर ले। दिदीले तरकारी मिठो गरी पकाउन् । पकाएपछि तैले घिरौलाको तरकारीसँग भात खाएस् है। बहिनीले ले पनि खाओस् । दिदीले र दाइले पनि खाउन् ।" सानी नानीको हात समाउदै आमाले फेरि भन्नुभयो, “तिमीले पनि खाए है त।"
उत्तरः
आज्ञार्थ जनाउने क्रियापदःपकाउनुहोस्, ले
इच्छार्थ जनाउने क्रियापदः पकाऊँ, ल्याऊँ, पकाउन्, खाएस्, खाओस्, खाउन्, खाए
२.दिइएको अनुच्छेद पढी रेखाङ्कित सम्भावनार्थ र सङ्केतार्थ जनाउने क्रियापदको अलग अलग सूची बनाउनुहोस् :
हिमालले वयर टिपेर ल्याउँला र खाउँला भनेर हिमांश कुर्दै थियो। हिमाल छिटो आए हुन्थ्यो अनि धेरै बयर टिपेर ल्याए हुन्थ्यो भन्ने उसको आशा थियो। हिमालले बयर टिपेर ल्यायो भने धनपति बाका नातिलाई पनि दिउँला भनेर मनमनै सोचेको थियो । त्यति बेला विदुषा आइन् र भनिन, "हिमाल फुटबल खेल्दै होला।" तिमीले जाति मान्छौ भने म बयर दिउँला क्यारे !
उत्तरः
सम्भावनार्थ जनाउने क्रियापदः ल्याउँला, खाउँला, दिउँला, खेल्दै होला ।
सङ्केतार्थ जनाउने क्रियापदः आए हुन्थ्यो, ल्याए हुन्थ्यो, ल्यायो भने, मान्छौ भने ।
३. कोष्ठकमा दिइएका सङ्गेतका आधारमा खाली ठाउँ भर्नुहोस् :
(क) हामी सबैको भलो होस् । (हु इच्छार्थ)
(ख) तिमी कविताको लयबद्ध वाचन गर। (गर् आज्ञार्थ)
(ग) उनीहरू विद्यालय जालान् । (जा सम्भावनार्थ)
(घ) उसले मिहिनेत गरे परीक्षामा सफल हुन्छ। (गर् सङ्केतार्थ)
(ङ) तपाईं कथा लेख्नुहुन्छ। (लेख सामान्यार्थ)
४.दिइएको अनुच्छेदलाई सम्भावनार्थमा परिवर्तन गर्नुहोस् :
म हिउँदे बिदामा इलाम घुम्न जान्छु। म कन्यामको चियाबारी घुम्छ । स्वदेशमा प्रख्यात र विदेशमा निर्यात हुने नेपाली चियाका बारेमा जानकारी लिन्छु। त्यहाँका मानिससँग चिया खेती गर्ने तरिका सिक्छु। म पनि कृषि विषय पढेर गाउँमा चियाखेती गर्छ।
उत्तरः म हिउँदे बिदामा इलाम घुम्न जाउँला । म कन्यामको चियाबारी घुमुँला। स्वदेशमा प्रख्यात र विदेशमा निर्यात हुने नेपाली चियाका बारेमा जानकारी लिउँला । त्यहाँका मानिससँग चिया खेती गर्ने तरिका सिकुँला। म पनि कृषि विषय पढेर गाउँमा चियाखेती गरुँला।
५. दिइएको अनुच्छेदलाई दुईओटा सङ्केतार्थ वाक्यमा परिवर्तन गर्नुहोस् :
आज पानी पर्ने छ, मकै बारी भिज्ने छ। मकैका बोट सप्रने छन्, घोगा ठुला हाल्ने छन्। मकैबाली राम्रो भए मकै बजारमा लगेर बेचिने छ। मकै बेचेर पैसा कमाइ भए त्यसले घरखर्च चलाइने छ।
उत्तरः आज पानी परे मकैबारी भिज्ने छ। मकैका बोट सप्रिए घोगा ठुला हाल्ने छन्। मकैबाली राम्रो हुने छ, मकै बजारमा लगेर बेचिने छ । मकै बेचेर पैसा कमाइने छ, त्यसले घरखर्च चलाइने छ।
६. आज्ञार्थ, इच्छार्थ, सम्भावनार्थ र सङ्केतार्थ जनाउने दुई दुईओटय क्रियापद पर्ने गरी एउटा अनुच्छेद लेख्नुहोस् ।
उत्तरः
मेरो इच्छा
तिमीहरु मेरा भिडियोहरु हेर। मन परे साथीहरुलाई सेयर गर। मेरा सामग्रीले सबैलाई सहयोग पुगोस् । विद्यार्थीहरुले धेरै कुरा सिकुन् । मेरा सामग्री हेर्ने विद्यार्थीले परीक्षामा राम्रो अङ्क ल्याउलान् । भविष्यमा धेरै प्रगति गर्लान् । सबै विद्यार्थीहरु असल भए राम्रो हुन्थ्यो। मेरा भिडियोमा धेरै भ्युज आए हुन्थ्यो ।
(साथी, मलाई नबिर्स ल। सधैं यसरी नै माया गर। तिमी असल मान्छे बने। तिमीले धेरै पैसा कमाए। तिमीले बाबामम्मीलाई खुसी पारौला। एउटा सफल मान्छे बनौला। जेहोस्, तिमी सफल बने म खुसी हुने छु। तिमी नेपालमै बसेर काम गरे बाबामम्मी पनि खुसी हुनुहुने छ।)
८. दिइएको अनुच्छेदमा रहेका पदयोग र पदवियोगसम्बन्धी त्रुटि पहिचान गरी पुनर्लेखन गर्नुहोस् :
मेरानिम्ति मेरो देशनै महान् छ भन्ने शीर्षकमा एक जना युवाले निबन्ध लेखे छन् । निबन्ध प्रति योगितामा त्यो निबन्ध प्रथम भए छ। मेरा साथीलेपनि त्यो निबन्ध पढेकारहेछन् । उसलाई निकै मनपरेछ। वास्तवमा निबन्ध न लेख्ने गरे लेख्न सकिँदैन । निबन्ध लेख्दैगयो भने राम्रा निबन्ध लेखिन्छ ।
उत्तरः मेरा निम्ति मेरो देश नै महान् छ भन्ने शीर्षकमा एक जना युवाले निबन्ध लेखेछन् । निबन्ध प्रतियोगितामा त्यो निबन्ध प्रथम भएछ। मेरा साथीले पनि त्यो निबन्ध पढेका रहेछन्। उनलाई निकै मन परेछ। वास्तवमा निबन्ध नलेख्ने गरे लेख्न सकिँदैन । निबन्ध लेख्दै गयो भने राम्रा निबन्ध लेखिन्छ ।
७. शिक्षक र रमाबिच भइरहेको कुराकानी पढ्नुहोस् र पदयोग पदवियोग बिग्रँदा अर्थ फरक हुने कुनै दुई उदाहरण लेख्नुहोस् :
शिक्षकः ए रमा, हरि के गर्छ नि ? लेखेर बताऊ त ।
रमाः हरि प्रसाद खान्छ, गुरु यी लेखें।
शिक्षकः (रमाले लेखेको पढेपछि) हरि केको प्रसाद खान्छ नि ?
रमाः हैन क्या, खान्छ मात्र भनेको, प्रसाद कहाँ हुनु नि ?
शिक्षकः त्यसो भए हरिप्रसाद खान्छ। पो लेख्नु पर्थ्यो त ! हरि र प्रसाद छुट्याएर लेख्यौ म त झुक्किएँ नि।
रमाः हो गुरु, मैले बल्ल बुझै। डिको ठिकसँग नदिँदा त अर्थमा पनि फरक पो पर्दो रहेछ।
शिक्षकः ल भन त रमा, अरू त्यस्ता डिको दिनुपर्ने ठाउँमा नदिँदा वा डिको नदिनु पर्ने ठाउँमा डिको दिँदा अर्थ उल्टो हुने वाक्य लेख र अर्थ कसरी फरक भयो मलाई बताऊ त ।
रमाः मैले त बल्ल कुरा बुझै। ल हेर्नुस् त गुरु, राम बहादुर छ, लेख्यो भने राम निकै बहादुर रहेछ भन्ने बुभिँदोरहेछ । रामबहादुर छ लेख्यो भने त रामबहादुर छ भन्ने बुभिँदोरहेछ।
शिक्षकः अरू पनि लेखेर देखाऊ न।
रमाः किताब टेबल माथि छन्, लेख्यो भने किताब र टेबल दुवै माथितिर भएको बुझिने र किताब टेबलमाथि छन्, लेख्यो भने अर्थ अर्कै पो हुँदोरहेछ । त्यस्तै राम लालमोहनलाई हेर्छ र रामलाल मोहनलाई हेर्छ भन्नेमा एउटामा रामले खाने लालमोहनलाई हेर्ने र अर्कामा रामलालले मोहनलाई हेर्ने भन्ने अर्थ बुझिदोरहेछ।
शिक्षकः तिमीले छिटै कुरा बुझ्यौ, स्याबास रमा।
उत्तरः
✓ राम बहादुर छ, लेख्यो भने राम निकै बहादुर रहेछ भन्ने बुनिँदोरहेछ। रामबहादुर छ लेख्यो भने त रामबहादुर छ भन्ने बुभिँदोरहेछ।
✓ राम लालमोहनलाई हेर्छ र रामलाल मोहनलाई हेर्छ भन्नेमा एउटामा रामले खाने लालमोहनलाई हेर्ने र अर्कामा रामलालले मोहनलाई हेर्ने भन्ने अर्थ बुझिदोरहेछ ।
सिर्जना र परियोजना कार्य
१. दिइएको सन्दर्भलाई आधार मानी थप घटना निर्माण गर्दै १०० शब्दमा नघटाई एउटा कथा लेख्नुहोस् :
(क) शिक्षा र दीक्षा नामका दुई साथीबिच झगडा हुनु उनीहरूको बोलचाल बन्द हुनु
(ख) शिक्षाका बुबा सडक दुर्घटनामा घाइते हुनु
(ग) शिक्षाले अरू कसैबाट यो समाचार सुन्नु
(घ) अस्पतालको आकस्मिक कक्षमा पुग्दा दीक्षालाई त्यहाँ देख्नु
(ङ) दीक्षाले अस्पतालमा ल्याएर बुबालाई उपचार गरेको कुरा शिक्षाले थाहा पाउनु
उत्तरः
शिक्षा र दीक्षा
शिक्षा र दीक्षा अत्यन्तै मिल्ने साथी थिए। उनीहरुको घर नजिक नजिक थियो। उनीहरु एउटै विद्यालयमा पढ्थे, सँगै स्कुल जान्थे, दुवै मिलेर बस्थे । उनीहरु पढाइमा पनि अब्बल थिए। उनीहरुको यस्तो मित्रता देखेर कक्षाका अरु साथीहरुले उनीहरुको ईर्ष्या गर्थे। एक दिन दीक्षा स्कुल नगएको दिन शिक्षासँग कक्षाका अरु साथीहरुले दीक्षाको बारेमा झुटा र नराम्रा कुराहरु गरे। साथीहरुका गलत कुरालाई आधार मानेर भोलिपल्ट शिक्षा र दीक्षाका बिचमा बेसरी भनाभन भयो। त्यस दिनदेखि दुवैको बोलचाल र आवतजावत बन्द भयो। उनीहरुको बोलचाल बन्द भएपछि कक्षाका अरु साथीहरु खुसी भए।
एक दिन बजारबाट फर्कंदै गर्दा शिक्षाका बुबालाई मोटरसाइकले ठक्कर दिएछ। सो सडक दुर्घटनामा परेर शिक्षाको बुबा बेसरी घाइते हुनुभएछ । उहाँको शरीरबाट धेरै रगत बगेछ। शिक्षाले आफ्नो बुबा दुर्घटनामा पर्नुभएको कुरा अरू कसैबाट सुनिन् । बुबालाई अस्पताल लगेको कुरा थाहा पाएर उनी आत्तिँदै अस्पताल पुगिन् । अस्पतालको आकस्मिक कक्षमा उनको बुबाको उपचार भइरहेको रहेछ। शिक्षाले बुबासँगै दीक्षालाई पनि त्यहाँ देखिन् । बुबालाई दीक्षाले नै अस्पतालमा ल्याएर उपचार गरेको कुरा शिक्षाले थाहा पाइन् । शिक्षालाई बेसरी ग्लानि भयो। उनले एक्कासि दीक्षालाई अङ्गालो हालेर धेरै बेरसम्म रोइन्। आफूले साथीका कुरा सुनेर झगडा गरेकोमा दीक्षासँग माफी मागिन् । भोलिपल्ट उनीहरु फेरि सँगै हिँड्न थाले। कक्षामा दुवै जना मिलेर बस्न थाले। उनीहरुबिचको यो पुनर्मिलन देखेर कक्षाका अरु साथीहरु हेरेको
हेयै भए।
पाठ ८: नेपाली हाम्रो श्रम र शिप
अभ्यास
शब्दभण्डार