Class 12 Nepali Important Questions
व्याकरण भाग (Grammar Set)
१. अक्षर संरचना (Very Important)
Q1. अक्षर संरचना भनेको के हो?
उत्तर: अक्षर संरचना भनेको शब्दभित्र रहेका स्वर र व्यञ्जनको संयोजन हो। यसले शब्द कसरी उच्चारण हुन्छ भन्ने देखाउँछ।
Example: विद्यालय = वि + द्या + लय (३ अक्षर)
Sample Question: "सहकारी" शब्दको अक्षर संरचना देखाउनुहोस्।
उत्तर: सहकारी = स + हा + का + री (४ अक्षर)
२. पदवर्ग चिनाउनुहोस्
Q2. पदवर्ग भनेको के हो?
उत्तर: वाक्यमा प्रयोग भएका शब्दलाई तिनको काम अनुसार वर्गीकरण गर्दा पदवर्ग भनिन्छ।
मुख्य पदवर्ग:
- नाम
- सर्वनाम
- क्रिया
- विशेषण
- अव्यय
Example: राम विद्यालय जान्छ।
- विद्यालय = नाम
- जान्छ = क्रिया
३. कारक (Frequently Asked)
Q3. कारक कति प्रकारका हुन्छन्?
उत्तर: कारक ८ प्रकारका हुन्छन्:
- कर्ता
- कर्म
- करण
- सम्प्रदान
- अपादान
- सम्बन्ध
- अधिकरण
- सम्बोधन
Example: रामले कलमले लेख्यो।
- रामले = कर्ता कारक
- कलमले = करण कारक
४. समास
Q4. समास भनेको के हो?
उत्तर: दुई वा दुईभन्दा बढी शब्द मिलेर छोटकरीमा बन्ने शब्दलाई समास भनिन्छ।
Example: राजपुत्र = राजाको पुत्र
Common Types: तत्पुरुष, द्वन्द्व, बहु कर्मधारय
५. द्वित्व शब्द
उत्तर: एउटै शब्द दोहोरिएर बनेको शब्दलाई द्वित्व शब्द भनिन्छ।
Examples: बिस्तारै-बिस्तारै, बिस्तार-बिस्तार
६. प्रत्यक्ष कथन / अप्रत्यक्ष कथन
Example:
- प्रत्यक्ष: रामले भन्यो, "म विद्यालय जान्छु।"
- अप्रत्यक्ष: रामले आफू विद्यालय जाने कुरा भन्यो।
Rule: Quotation marks हट्छ। सर्वनाम परिवर्तन हुन्छ।
७. वाच्य परिवर्तन
Example: रामले किताब पढ्यो। → किताब रामद्वारा पढियो।
Types:
- कर्तृवाच्य
- कर्मवाच्य
- भाववाच्य
८. उपसर्ग र प्रत्यय
उपसर्ग Examples:
- अन + न्याय = अन्याय
- सु + लेख = सुलेख
९. विलोम शब्द
Examples:
- दिन – रात
- सुख – दुःख
- लाभ – हानि
१०. पर्यायवाची शब्द
Examples:
- आमा = माता, जननी
- पानी = जल, नीर
- सूर्य = रवि, आदित्य
११. तत्सम / तद्भव / आगन्तुक शब्दहरु
१. तलका शब्द वर्गीकरण गर:
- विद्यालय
- किताब
- आगो
- मित्र
२. तत्सम र तद्भवमा फरक लेख।
१२. वाक्य रूपान्तरण (Repeated)
- सरल वाक्यलाई संयुक्त वाक्यमा बदल।
- संयुक्त वाक्यलाई मिश्र वाक्यमा बदल।
- वाक्यका प्रकार उदाहरणसहित लेख।
Top 5 Chapters You Must Read
- आमाको सपना
- एक चिहान
- गोर्खे
- नेपाली पहिचान
- सहकारी
Chapter-wise Questions
१. आमाको सपना (कविता) – Most Repeated
Q1. 'आमाको सपना' के हो?
उत्तर: 'आमाको सपना' भनेको अन्याय, शोषण र अत्याचाररहित समाजको स्थापना हो। आमाले आफ्नो छोरामार्फत स्वतन्त्र, न्यायपूर्ण र समानतामूलक समाज निर्माण भएको हेर्न चाहेकी छन्। यो सपना क्रान्तिद्वारा मात्र सम्भव हुन्छ भन्ने भाव कवितामा व्यक्त गरिएको छ।
Q2. "त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनायो" भन्नुको अर्थ के हो?
उत्तर: यस पंक्तिको अर्थ क्रान्तिको चेतनाले छोरालाई आफ्नो माध्यम बनाएको हो। जसरी बाँसुरीले गीत बजाउँछ, त्यसरी छोरो परिवर्तनको स्वर बन्नेछ। यहाँ छोरो क्रान्तिको साधनका रूपमा चित्रित छ।
सम्भावित परीक्षा प्रश्नहरू:
- 'आमाको सपना' के हो?
- कवितामा आमा र छोरा कुन प्रतीक हुन्?
- "त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनायो" व्याख्या गर।
- क्रान्तिको कल्पना कविले कसरी गरेका छन्?
- आमाको सपनामा सामाजिक परिवर्तनको भूमिका स्पष्ट पार।
२. विरहिणी दमयन्ती (कथा)
Q1. दमयन्तीको चरित्र चित्रण गर।
उत्तर: दमयन्ती आदर्श, निष्ठावान र प्रेमिल नारी हुन्। उनले नलप्रति गहिरो प्रेम र समर्पण देखाएकी छन्। दुःख, पीडा र विरह सहेर पनि उनले धैर्य गुमाएकी छैनन्। उनी सहनशील र दृढ चरित्रकी प्रतीक हुन्।
सम्भावित परीक्षा प्रश्नहरू:
- दमयन्तीको चरित्र चित्रण गर।
- कथाको मुख्य भाव के हो?
- विरह भाव कसरी प्रस्तुत भएको छ?
- कथामा प्रेम र पीडाको सम्बन्ध देखाऊ।
३. घनघस्याको उकालो काट्दा (नियात्रा)
Q1. शीर्षकको औचित्य स्पष्ट पार।
उत्तर: 'घनघस्याको उकालो काट्दा' शीर्षक यात्राको कठिन, रोमाञ्चक र अनुभवपूर्ण यात्रालाई संकेत गर्दछ। उकालो जीवन संघर्षको प्रतीक पनि हो। शीर्षकले यात्राको मूल भावलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्छ।
सम्भावित परीक्षा प्रश्नहरू:
- शीर्षकको औचित्य स्पष्ट पार।
- प्रकृति चित्रण कसरी गरिएको छ?
- यात्रावृत्तान्तको मुख्य सन्देश लेख।
- लेखकको अनुभव वर्णन गर।
४. एक चिहान (उपन्यास) – Very Important
Q1. 'एक चिहान' सामाजिक यथार्थवादी कृति किन हो?
उत्तर: यस उपन्यासमा समाजका गरिब, पीडित र श्रमिक वर्गको यथार्थ चित्रण गरिएको छ। वर्गसंघर्ष, असमानता, गरिबी र शोषणलाई वास्तविक रूपमा प्रस्तुत गरिएको छ। त्यसैले यो सामाजिक यथार्थवादी कृति हो।
सम्भावित परीक्षा प्रश्नहरू:
- वर्गसंघर्षको चित्रण गर।
- सामाजिक यथार्थवाद कसरी देखिन्छ?
- मुख्य पात्रहरूको चरित्र विश्लेषण।
- गरिबी र शोषणको प्रस्तुति कसरी गरिएको छ?
५. स्टिफन विलियम हकिङ (जीवनी)
Q1. हकिङ प्रेरणादायी व्यक्तित्व किन हुन्?
उत्तर: शारीरिक रूपमा अशक्त हुँदाहुँदै पनि उनले विज्ञान क्षेत्रमा असाधारण योगदान दिए। कठिन रोगसँग संघर्ष गर्दै पनि अनुसन्धान जारी राखे। उनको आत्मबल, धैर्य र समर्पण प्रेरणाको स्रोत हो।
सम्भावित परीक्षा प्रश्नहरू:
- हकिङको संघर्षमय जीवन वर्णन गर।
- उनको प्रेरणादायी पक्ष के हो?
- विज्ञान क्षेत्रमा उनको योगदान लेख।
६. हामीलाई बोलाउँछन् हिमचुली (कविता)
Q1. कविताको मुख्य सन्देश के हो?
उत्तर: यस कविताले राष्ट्रप्रेम, साहस, आत्मसम्मान र देशप्रतिको जिम्मेवारीलाई उजागर गर्छ। हिमालले नेपालीहरूलाई जागरूक कर्मशील बन्न आह्वान गरेको छ।
सम्भावित परीक्षा प्रश्नहरू:
- कविताको मुख्य सन्देश के हो?
- राष्ट्रप्रेम कसरी व्यक्त भएको छ?
- हिमचुलीको प्रतीकात्मक अर्थ स्पष्ट पार।
७. मातृत्व (कथा) – Common
Q1. मातृत्व कथाको मुख्य सन्देश लेख।
उत्तर: मातृत्वले आमाको निःस्वार्थ प्रेम, त्याग र ममताको महत्त्व देखाउँछ। आमाको स्नेह संसारकै पवित्र भावना हो भन्ने सन्देश कथाले दिन्छ।
सम्भावित परीक्षा प्रश्नहरू:
- मातृत्व कथाको मुख्य सन्देश।
- आमाको मनोविज्ञान विश्लेषण गर।
- मातृत्व भावना कसरी चित्रित छ?
८. गोर्खे (कथा) – High Priority
Q1. गोर्खेको चरित्र चित्रण गर।
उत्तर: गोर्खे साहसी, राष्ट्रप्रेमी, इमानदार र कर्तव्यनिष्ठ पात्र हुन्। उनी आफ्नो देश र पहिचानप्रति गर्व गर्छन्। संघर्षशील स्वभाव उनको विशेषता हो।
सम्भावित परीक्षा प्रश्नहरू:
- गोर्खेको चरित्र चित्रण गर।
- कथामा राष्ट्रिय चेतना कसरी आएको छ?
- गोर्खे नेपाली वीरताको प्रतीक किन हुन्?
९. नेपाली पहिचान (संवाद)
Q1. नेपाली पहिचानका आधारहरू के हुन्?
उत्तर: नेपाली भाषा, संस्कृति, परम्परा, भेषभूषा, इतिहास र राष्ट्रिय एकता नेपाली पहिचानका मुख्य आधार हुन्। विविधतामा एकता नेपालीपनको मूल चिनारी हो।
सम्भावित परीक्षा प्रश्नहरू:
- नेपाली पहिचानका मुख्य आधारहरू के हुन्?
- नेपालीपन जोगाउन के आवश्यक छ?
- भाषा र संस्कृतिको भूमिका स्पष्ट पार।
- नेपालीपन जोगाउने उपाय लेख।
१०. सहकारी (निबन्ध) – Frequent
Q1. सहकारीको महत्व लेख।
उत्तर: सहकारीले आर्थिक विकास, आत्मनिर्भरता, रोजगारी सिर्जना र सामाजिक सहयोग बढाउँछ। यसले सामूहिक प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्याउँछ।
सम्भावित परीक्षा प्रश्नहरू:
- सहकारीको महत्व लेख।
- समाज परिवर्तनमा सहकारीको भूमिका।
- सहकारी किन आवश्यक छ?
११. जीवन मार्ग (रिपोर्टाजमूलक रचना) – Repeated
Q1. सही निर्णय किन आवश्यक छ?
उत्तर: सही निर्णयले जीवनलाई उचित दिशा दिन्छ। गलत निर्णयले समस्या निम्त्याउन सक्छ। सफल जीवनका लागि विवेकपूर्ण निर्णय आवश्यक हुन्छ।
सम्भावित परीक्षा प्रश्नहरू:
- जीवन मार्गको मुख्य भाव।
- सही निर्णय किन आवश्यक?
- लेखकको जीवनदर्शन स्पष्ट पार।
- राष्ट्रप्रेम कसरी व्यक्त भएको छ?
Important Long Questions
१. आमाको सपना के हो र त्यो कसरी साकार हुन्छ? – 'आमाको सपना' कविताका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस्।
नेपाली साहित्यका प्रथम गद्यकवि गोपालप्रसाद रिमाल (वि.सं. १९७५–२०३०) द्वारा रचित 'आमाको सपना' राष्ट्रप्रेमले भरिएको उत्कृष्ट क्रान्तिकारी कविता हो। उनका कवितामा समाजमा व्याप्त अन्याय, अत्याचार, दमन, शोषण तथा कुरीतिहरू विरुद्ध खुलेर आवाज उठाइएको पाइन्छ। 'आमाको सपना' कवितामा कविले नेपाली समाज निरंकुश शासकको अत्याचार र विकृतिरूपी फोहोरले दुर्गन्धित बनेको उल्लेख गर्दै त्यसलाई स्वच्छ बनाउन क्रान्तिको आवश्यकता रहेको सन्देश आमा र छोराबीचको संवादमार्फत दिएका छन्।
कविताका आधारमा 'आमाको सपना' को अर्थ क्रान्ति तथा सामाजिक परिवर्तन हो। अन्याय, अत्याचार र विसङ्गतिको अन्त्य गरी जनतालाई स्वतन्त्र र अधिकारसम्पन्न बनाउने तथा आफ्ना सन्तानलाई निडर, आत्मविश्वासी र स्वावलम्बी देख्ने चाहना आमाले पालेकी छन्। बालकको तोते बोलीमै क्रान्तिका मधुर ध्वनि सुनून् र उसको शिरमा परिवर्तनको छाप देखियोस् भन्ने आमाको चाहना कवितामा प्रस्तुत गरिएको छ।
नेपाल आमाले आफ्ना सन्तानलाई वीर योद्धा बनाई क्रान्तिकारी गीत घन्काउन चाहेको भाव पनि कवितामा व्यक्त भएको छ। क्रान्तिको उदय भएपछि चेतनाहीन सन्तान पनि यसको अनुयायी बन्छ र सत्यमाथि हुने अन्याय अन्त्य गर्न सबै जनताहरू जुट्ने सन्देश कविले दिएका छन्।
अन्ततः निरन्तर भोगिरहेको वेदनाबाट मुक्त हुन आमाले अब जन्मिने सन्तान नै क्रान्तिकारी योद्धाको रूपमा उदाउने आशा राखेकी छन्।
२. दमयन्तीले आफ्नो जीवनमा आइपरेका समस्याका समाधानका लागि कुन कुन उपाय अवलम्बन गरेकी छन्? समीक्षा गर।
बौद्धिक र दार्शनिक चिन्तन भएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षित (वि.सं. १९७८–२०७६) द्वारा रचित 'विरहिणी दमयन्ती' पौराणिक प्रसङ्गमा आधारित नारीप्रधान कथा हो। यस कथामा पतिवियोगको पीडाले विचलित भएकी दमयन्तीले जीवनमा भोग्नुपरेका कठिनाइहरू र ती समस्याबाट उक्लनका लागि अपनाएका उपायहरूको विस्तृत वर्णन गरिएको छ।
कर्कोटक नागको जङ्गलमा पति नल छोडेर हिँडेपछि दमयन्ती उनी खोज्न निस्किन्छिन्। पिपलको फेदमुनी निद्रामा हुँदा कर्कोटक नागयुवकले जबरजस्ती बोक्दै लैजाँदा उनी ठूलो समस्यामा पर्छिन्। त्यस कठिन परिस्थिति समाधान गर्न उनले नागयुवकसँग प्रेमपूर्वक व्यवहार गर्दै उसलाई मदिरामा मस्त बनाइ झुपडीमा आगो लगाएर भाग्न सफल हुन्छिन्।
तीन दिनसम्म जङ्गल भौतारिँदा निषाद र नागहरूको बस्ती देखेर पुनः कसैले आक्रमण नगरोस् भनी आफ्नो रूप कुरुप बनाइ सुरक्षित रूपमा पतिको खोजीमा अघि बढ्छिन्। कठिन परिस्थितिमा असाधारण धैर्य, कूटनीति, विवेक र साहस प्रयोग गरेर समस्या समाधान गर्ने दमयन्तीको चरित्र कथामा अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरिएको छ।
दमयन्तीले कुशलतापूर्वक परिस्थिति अनुसार बललाई बुद्धिले पराजित गरेकी छिन्। चाहे उनको सतित्व रक्षाका लागि होस् वा जीवन बचाउनका लागि होस्, उनले धेरै सावधानी अपनाएकी छिन्। रानीको आनन्दित जीवन बिताइरहेकी उनी संकट र दुःखले घेरिएकी हुन्छिन्। तरपनि उनको धैर्य, बहादुरी र प्रतिकूलताको सामनामा दृढताले समस्यासँग जुधिरहिन्। भोक, निद्रालाई बेवास्ता गरी उनी जङ्गलमा लगातार पैदल हिँडेर दिन बिताउँछिन्। वेदीमा आफ्नी ठूली आमा भएपनि पहिचान लुकाएर जुनसुकै परिस्थितिमा चुनौती सामना गर्न तयार छिन्।
अन्ततः दमयन्तीले आइपरेका समस्याहरूलाई समाधान गर्नका लागि बुद्धि लगाएर समय र परिस्थितिअनुसार चलाखीपूर्ण तरिकाले वललाई बुद्धिले पछारेकी मात्र छैनन्, भवितव्य समस्याको समेत मध्यनजर राखी दूरदृष्टिका साथ विभिन्न उपायहरू अवलम्बन गरेकी छन्।
३. 'एक चिहान' उपन्यासमा नेपाली समाजको कस्तो अवस्थाको चित्रण गरिएको छ?
'एक चिहान' उपन्यास उपन्यासकार हृदयचन्द्रसिंह प्रधानले लेखेका हुन्। यस उपन्यासमा समाजमा भएका अन्याय, अत्याचार र शोषणलाई प्रस्तुत गरिएको छ। सामाजिक कुरीतिलाई प्रस्तुत गरिएको छ र तिनीहरूको विरोधमा आवाज उठाउनुपर्ने विचार व्यक्त गरिएको छ।
यस उपन्यासमा काठमाडौँ सहरको २०११ साल तिरको समाजलाई देखाइएको छ। सुब्बा सुरमान र डा. गोदत्तप्रसाद नेपाली समाजमा हुनेखाने शोषक सामन्त वर्गको प्रतिनिधि बनाएर एक अष्टनारानलाई सर्वहारा विपन्न शोषित वर्गको प्रतिनिधित्व गराएर तत्कालमा त्यस समाजमा जरो गाडेर बसेका हुनेखाने सम्पन्न सामन्त वर्ग र हुँदाखाने सर्वहारा वर्गबिचको असमानता तथा वर्गीय रूपमा विभाजित नेपाली समाजको चित्रण गरिएको छ।
त्यसैगरी नेपाली समाजमा गरिब झन् गरिब र धनी झन् धनी हुँदै गइरहेको विषयलाई पनि यथार्थको रूपमा व्यक्त गरेको छ। यस उपन्यासमा अष्टनारानको परिवारको चेतना जागरणसँगै कुसंस्कार तोड्दै शोषण र दमनका विरुद्ध जाने तथा आडम्बरी संस्कृतिहरूको विषयमा जागरूक हुँदै गएको यथार्थलाई देखाइएको छ।
समग्रमा सुब्बा सुरमान र गोदत्तप्रसाद जस्ता निच शोषकले सहयोगीको खोल ओढेर गरिबलाई सहयोग गरे झैं गरेर आन्तरिक मनमा राख्ने छल, कपट र शोषणको यथार्थ उपन्यासमा देखाइएको छ। उच्च वर्गका हुनेखानेहरूले निम्न वर्गका नागरिकहरूलाई दिएको शोषण, दमन, सामन्ती व्यवहार, अनैतिक प्रेम सम्बन्ध जस्ता गतिविधिहरू सहेर समाजमा हेपिएर रहनुपर्ने अन्यायपूर्ण र विभाजित समाजको चित्रण गरेको छ।
४. हकिङले मानवीय चेतनालाई नयाँ उचाइमा पुर्याउन गरेका योगदानको समीक्षा गर्नुहोस्।
शारीरिक अशक्तताका कारण सिर्जित परिस्थितिमा पनि सिर्जनशील हुँदै सफलताको शिखर चुम्न सफल व्यक्ति हकिङ हुन्। उनी आफूले दिएका योगदानका कारण संसारभरि नै उदाहरणीय बन्न सफल भएका छन्। शारीरिक स्थिति निकै नाजुक भए पनि मानव हितका लागि केही गर्ने तीव्र धारणा, त्यसलाई साथ दिने प्रतिभा र निरन्तरको साधनाका कारण भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर सिंगो संसारलाई आश्चर्यचकित बनाउने व्यक्ति हुन् हकिङ।
हकिङले आफ्नो जीवनकालमा दर्जनभन्दा बढी पुस्तक र कयौँ सोधपत्र तयार गरी प्रकाशन गरे जसमध्ये 'अ ब्रिफ हिस्ट्री अफ टाइम' सर्वाधिक चर्चित पुस्तक हो। यो पुस्तकलाई सन् १९३८ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डद्वारा सदावहार सर्वाधिक बिक्री हुने पुस्तक घोषणा गरियो। यस पुस्तकमा उनले ब्रह्माण्डको उत्पत्ति, संरचना, विकास र भविष्यसम्बन्धी कठिन विषयलाई पनि आम मानिसले सजिलै बुझ्ने भाषामा प्रस्तुत गरेका छन्।
हकिङले ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी गहिरो अध्ययन गरी यससम्बन्धी आफ्नो मौलिक मान्यता प्रस्तुत गरेका छन्। उनले ब्रह्माण्डको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै विन्दुबाट भएको र त्यसको अन्त्य पनि त्यसै विन्दुमा हुने बताएका छन्। उनले त्यसलाई सिङ्गुलारिटिको संज्ञा दिएका छन्।
क्वान्टम पुञ्जका रूपमा रहेकाले सर्वाधिक घनत्वको अवस्थालाई हकिङले ब्ल्याकहोल भनेका छन्। उनले क्वान्टम सिद्धान्त र स्थूल दृश्य प्रपञ्चको अध्ययन गर्ने सिद्धान्तलाई एउटै सूत्रबाट व्याख्या गर्ने प्रयास गरे। हकिङले पृथ्वीमा आइपर्ने सम्भावित विपत्तिबाट बच्न मानव समुदायलाई बारम्बार सचेत गराउने गर्थे। उनले परमाणु युद्ध, तापक्रम वृद्धि, प्रकृतिविरुद्धका मानवीय गतिविधिका कारण पृथ्वीमा मानव जीवन खतरामा रहेको बताएका छन्। यस्तै उनले मानिसलाई कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुनुपर्ने बताएका छन्।
हकिङ एक प्रेरक वक्ता थिए। उनले बालबालिकालाई आफूभन्दा तलको पैतालालाई नहेरी सँधै कर्मशील बनी तारालाई हेर्ने, बिनाकाम जिन्दगी खाली हुने भएकाले सँधै कर्मशील बन्न र कसैले प्रेम गरेमा त्यसलाई स्वीकार गर्न सुझाव दिएका छन्। हकिङले मानवीय चेतनालाई नयाँ उचाइमा पुर्याउन धेरै योगदानहरू दिएका छन्।
५. 'जननी स्वर्गभन्दा पनि महान हुन्छिन्।' यस भनाइलाई मातृत्व कथाका आधारमा पुष्टि गर्नुहोस्।
कथाकार भागीरथी श्रेष्ठद्वारा लेखिएको 'मातृत्व' कथामा मातृत्वभन्दा महान कुनै प्रेम हुन सक्दैन भन्ने कुरालाई चित्रण गर्दै आमा स्वर्गभन्दा पनि महान हुन्छिन् भन्ने तथ्यलाई प्रमाणित गरिएको छ।
श्रीमान्को असामयिक निधनपछि एक्लो बनेकी ममता आफ्नो र छोराछोरीको सुरक्षाका लागि सुबोधसँग नजिक भइन्। उनले सुबोधबाट आफ्नो अधुरो जीवन पूरा गर्न, आफ्नो र आफ्ना छोराछोरीको सुरक्षा र अभिभावकत्व पूर्ति गर्न चाहन्थिन्। तर आफ्नो शरीरलाई मात्र प्रेम गर्ने गरेको र उसले आफ्ना बच्चाहरूमाथि देखाएको लापरवाही र अमानवीय व्यवहारका कारण सुबोधलाई घृणा गर्न थाल्छिन्।
सुबोधको व्यवहारबाट परिचित बनेपछि उनले सुबोधसँग दूरी कायम गर्न थाल्छिन्। यही कारण उनीहरूबिचको असमझदारी बढ्दै जान्छ। सुबोधसँग बस्दा सुन्दर र सुखी परिवार हुनेछैन भन्ने सोचेर, उनले सुबोधलाई त्याग्छिन् र आफ्नो सम्पूर्ण जीवन आफ्ना सन्तानहरूसँग जिउने निर्णय गर्छिन्।
आफ्ना छोराछोरीहरूप्रति सुबोधको ईर्ष्याले ममतामा मातृत्वलाई तीव्र बनाउँछ र कामुक सुबोधप्रतिको क्रोध र घृणाले अन्ततः सुबोधप्रति असन्तुष्टि पोख्न उनी समर्थ बन्छिन्। अन्ततोगत्वा, मातृत्व प्रेममाथि विजयी हुन्छ।
यसरी आमाको लागि सन्तानभन्दा ठूलो कोही हुन सक्दैन र सन्तानको खुसीका लागि जुनसुकै निर्णय लिन तयार हुन्छिन् भन्ने कुरा बुझाउने प्रयास कथामा गरिएको छ। ममताले मातृत्वको प्रगाढता सहित सुबोधलाई परित्याग गरेको तथ्यबाट मातृत्वको प्राबल्य स्पष्ट पार्न खोजिएको छ।