Class 12 Nepali Model Question 2082 - With Answers

Class 12 Nepali Model Question
Class 12 Nepali Model Question 2082 – With Answers | NEB Education Class 12 Nepali Model Questions 2082 - Model Question Paper with Answers

Class 12 Nepali Model Questions 2082 – With Answers are the latest model questions prepared by the National Examination Board (NEB) for Class 12 students, designed to help them excel in the Nepali exam. Find model questions and their answers given below:

राष्ट्रिय परिक्षा बोर्ड — कक्षा १२

नमुना प्रश्नपत्र
नेपाली

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्ने छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय: ३ घण्टा पूर्णाङ्क: ७५
उत्तीर्णाङ्क: २७.५

सबै प्रश्नको उत्तर दिनुहोस् ।

१. तलको वाक्यमा रेखाङ्कित शब्दहरूको अक्षर संरचना (अक्षरीकरण) देखाई अक्षर सङ्ख्यासमेत लेख्नुहोस् : [३]

नेपाल प्राकृतिक सौन्दर्यले सुशोभित छ । नेपालका विविध ठाउँबाट सूर्योदय देख्न सकिन्छ । नेपाल संसारमै पर्यटनका लागि आकर्षक केन्द्र बनेको छ ।

▶ उत्तर
उत्तर:
सुशोभित = / सु. सो. भित् / = ३ अक्षर
सूर्योदय = / सुर् यो . द. य / = ४ अक्षर
केन्द्र = / केन् द्र / = २ अक्षर
२. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : [३]

वनविनाशका कारण अहिले हरेक देस प्रदूषणको जोखिममा छन् । विश्वका सबै राष्ट्र वनविनाशको समाधानमा अग्रसर हुनुपर्नें देखिन्छ बढ्दो वनविनाशलाई न्यूनिकरण गर्न वृक्षरोपन गर्नु उपयुक्त हुन्छ ।

▶ उत्तर
उत्तर: वनविनाशका कारण अहिले हरेक देश प्रदूषणको जोखिममा छन्। विश्वका सबै राष्ट्र वनविनाशको समाधानमा अग्रसर हुनुपर्ने देखिन्छ। बढ्दो वनविनाशलाई न्यूनीकरण गर्न वृक्षरोपण गर्नु उपयुक्त हुन्छ।
३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [२]

(क) तलको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

अनुसन्धान गरेवापत आफ्नो पारिश्रमिकको दोस्रो किस्ता बुझेर ऊ खुसीले गद्गद् हुँदै सरासर घर गयो । परिश्रमबाट पाएको रकम आमाका हातमा राखिदिँदा उहाँ मुसुक्क हाँस्नुभयो ।

▶ उत्तर
उत्तर:
पारिभाषिक शब्द - अनुसन्धान : विद्यालयका विद्यार्थीहरूले विज्ञानको नयाँ विधि खोज्न अनुसन्धान थाले।
अनुकरणात्मक शब्द - मुसुक्क: उसले मेरो कुरा सुनेर मुसुक्क हाँस्यो।

(ख) तलको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् :

एक थुकी सुकी सय थुकी नदी भन्ने कुरा होस् कि गाँस छोड्नु तर साथ नछोड्नु भन्ने कुरा होस्, यस्ता भनाइहरू त्यत्तिकै प्रचलनमा आएका होइनन् ।

▶ उत्तर
उत्तर:
उखान - एक थुकी सुकी सय थुकी नदी : एक थुकी सुकी सय थुकी नदि भनेझैं काठमाडौं सफा स्वच्छ राख्नु छ भने सबैले साथ दिनुपर्छ।
टुक्का - मुखमा बुभो हाल्नु : गल्ती देख्दा पनि ऊ मुखमा बुभो हालेर बस्यो।
४. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : [३]

हामी घुम्दाघुम्दै पोखरी नजिक पुग्यौँ । "आबुई ! कत्रो माछो !" अग्रिमले पोखरीको माछो देखाएर भन्यो

▶ उत्तर
उत्तर:
हामी - सर्वनाम
नजिक - नामयोगी
आबुई - बिस्मयादिबोधक
माछो - नाम
पोखरीको - बिशेषण
भन्यो - क्रियापद
५. तलको अनुच्छेदबाट दुईओटा तत्सम शब्द र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : [२]

किताब अध्ययन गर्ने बानी भए पनि उनले खेल्ने सामान जस्तै, मोटर, हवाईजहाज र डुङ्गा आदिको नमुना पनि स्वयम् बनाएर खेल्दै रमाउँथे अनि साथीहरूलाई ज्ञान पनि दिन्थे ।

▶ उत्तर
उत्तर:
तत्सम शब्द: अध्ययन, स्वयम्
आगन्तुक शब्द: मोटर, हवाईजहाज
६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [३]

(क) तलको अनुच्छेदबाट तीनओटा उपसर्ग र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

एक आपसमा मिलीजुली सहकार्य गर्ने साथी, बन्धुबान्धव वा अन्य जोकोही व्यक्ति सहकारी हो । सहकार्य भनेको सामाजिक, सांस्कृतिक, आर्थिक आदि क्षेत्रमा गरिने सोद्देश्य सामूहिक क्रियाकलाप हो ।

▶ उत्तर
उत्तर:
उपसर्ग व्युत्पन्न:
सम् + मान = सम्मान
कु + विचार = कुविचार
अभि + प्राय = अभिप्राय

प्रत्यय व्युत्पन्न:
समृद्ध + इ = समृद्धि
समाज + इक = सामाजिक
अर्थशास्त्र + ई = अर्थशास्त्री

(ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :

▶ उत्तर
उत्तर:
समस्त शब्द:
मानवहित = मानवको हित
पाटीपौवा = पाटि + पौवा
धर्मशाला = धर्म + शाला

द्वित्व शब्द:
बाटोघाटो = बाटो + बाटो
ऐचोपैचो = पैचो + पैचो
सरसहयोग = सहयोग + सहयोग
७. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४]

(क) तलको अनुच्छेदमा रेखाङ्कित पदहरूका कारक पहिचान गरी तिनको नाम लेख्नुहोस् :

रमेश आजभोलि बुबालाई निकै सहयोग गर्छ । उसले विद्यालयबाट घर आएपछि खेतबारीमा गएर काम सघाउन थालेको छ । उसले हिजो विराटनगरबाट बुबाका लागि ग्रिनटीआमाका लागि पनि औषधी लिएर हवाईजहाजबाट आज जनकपुर आयो ।

▶ उत्तर
उत्तर:
रमेश = कर्ता कारक
खेतबारीमा = अधिकरण कारक
आमाका लागी = सम्प्रदान कारक
हवाईजहाजबाट = कारण कारक
विद्यालयबाट = अपादान कारक
ग्रीनटि = कर्म कारक

(ख) उच्च आदरमा रूपान्तरण गरी पुनर्लेखन गर्नुहोस् :

तिमी सधैँ समयमै विद्यालय गयौ । तिमी अनुशासित भई पढ्यौ । तिमीले गुरुहरूले भनेको पनि मान्यौ ।

▶ उत्तर
उत्तर: तपाई सधैं समयमै विद्यालय जानुभयो । तपाई अनुशासित भइ पढ्नुभयो । तपाईले गुरुहरुले भनेको पनि मान्नुभयो । तपाई परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याई प्रथम हुनुभयो ।
८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४]

(क) चारओटा फरक फरक सम्भावनार्थक क्रियापदको प्रयोग गरी चार वाक्यमा तपाईँको भावी कार्यको वर्णन गर्नुहोस् ।

▶ उत्तर
उत्तर: आफ्नो अध्ययन पुरा गरिसकेपछि म एउटा राम्रो पेसाबाट धन आर्जन गरुँला । दुर्गम भूभागका विद्यार्थीको शैक्षिक उन्नतिका लागी सामाजिक कार्य गर्ने योजना बनाउँला । त्यसपछि, नेपालमा उद्यमशिलता र स्व-रोजगारीका लागी सबैलाई प्रेरित काम भविष्यमा गरुँला । समाज र यो देशले सम्झि राख्न लायक मान्छे बन्नुला ।

(ख) तलको अनुच्छेदका वाक्यलाई करणमा परिवर्तन गर्नुहोस् :

तिम्रो स्वभाव राम्रो छैन । तिमीलाई सबैले मन पराउँदैनन् । तिमी मिहिनेती पनि छैनौ ।

▶ उत्तर
उत्तर: तिम्रो स्वभाव राम्रो छ । तिमिलाई सबैले मन पराउँछन् । तिमि मिहिनेती पनि छौ । तिमि जीवनमा सफल हुन्छौ होला ।
९. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४]

(क) तलका वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :

शिक्षकले भन्नुभयो, "तिमीहरूको पढाइ राम्रो छ ।"
विद्यार्थीहरूले एक स्वरमा भने, "यो सब हजुरको प्रेरणाले हो ।"

▶ उत्तर
उत्तर: शिक्षकले उनिहरुको पढाइ राम्रो रहेको भन्नुभयो । विद्यार्थीहरुले एक स्वरमा त्यो सबै उहाँको प्रेरणाले हो भने ।

(ख) तलका वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :

सगरमाथा नेपालमा छ । सगरमाथा विश्वको सर्वोच्च शिखर हो । सगरमाथा नेपालको पहिचान हो ।

▶ उत्तर
उत्तर: नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालीको पहिचान हो जसले पर्यटकहरुलाई आकर्षित गरेको छ ।
१०. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : [५]

(क) ममताले सुबोधलाई परित्याग गरेर छोराछोरीसँग नै सम्पूर्ण जीवन बिताउने भनी गरेको निर्णय तपाईँलाई कस्तो लाग्यो ? 'मातृत्व' कथाका आधारमा आफ्नो प्रतिक्रिया दिनुहोस् ।

▶ उत्तर
उत्तर: नारीवादी कथाकार भागिरथी श्रेष्ठद्वारा संरचित 'मातृत्व' कथा सामाजिक यथार्थ धरातलमा नारीको मानसिक द्वन्द्वलाई विश्लेषण गरिएको नारीवादी कथा हो । यस कथामा ममता हवाइजहाज दुर्घटनामा पति गुमाएर टुहुराटुहुरी बनेका छोराछोरीकी विधुवा आमा हुन्छिन् । सुबोधले शारीरिक प्रेम गरी यौनिक चाहना पूर्तिका लागि घृणित स्वार्थको नौटङ्की रच्दछ । ममताले आफ्ना छोराछोरीमाथि सुबोधले ईर्ष्या र जलनको भाव राखेको पाउँछिन् । अन्त्यमा ममतालाई मातृत्व बोधले सताउँछ र सुबोधसंग सम्बन्ध तोड्न पुग्छिन् । तसर्थ आफ्ना छोराछोरीका लागि सुबोधलाई त्याग्ने उनको गरेको निर्णय मलाई अत्यन्तै उपयुक्त लाग्यो ।

(ख) 'एक चिहान' उपन्यासमा चित्रण गरिएको नेपाली समाजको तस्विर कस्तो छ ? उपन्यासका आधारमा समीक्षा गर्नुहोस् ।

▶ उत्तर
उत्तर: 'एक चिहान' उपन्यास हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । यस उपन्यासमा काठमाडौं शहरको २०११ साल तिरको समाजलाई देखाइएको छ । समाजमा हुने खाने वर्गहरु गरिबहरुलाई थर्काएर एवम् अनेक जालझेलमा फसाएर मोजमस्ती गरिरहेका देखिन्छन् । जातिय विभेद, रुढिवादी सोच तथा सामाजिक आर्थिक असमानताका कारण गरिबहरु धेरै शोषित भएको यथार्थ उपन्यासमा प्रस्तुत गरिएको छ ।
११. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : [५]

नेपाल खुला एवम् बजारोन्मुख अर्थव्यवस्था भएको मुलुक हो । हाम्रो देशले आफ्नै स्रोतसाधनको परिचालन गरी आर्थिक विकास र गरिबी निवारणको वाणिज्य नीति अवलम्बन गरेको छ ।

(अ) नेपालले कस्तो वाणिज्य नीति अवलम्बन गरेको छ ?

▶ उत्तर
उत्तर: नेपालले आफ्नै स्रोतसाधनको परिचालन गरी आर्थिक विकास र गरिबी निवारण गर्ने खुला तथा बजारोन्मुख वाणिज्य नीति अवलम्बन गरेको छ।

(आ) राजस्वमा वृद्धि कसरी गर्न सकिन्छ ?

▶ उत्तर
उत्तर: सामानको निकासी र पैठारीलाई समयानुकूल बनाएर र लघु तथा घरेलु उद्योगलाई प्रोत्साहन गरेर राजस्व सङ्कलनमा वृद्धि गर्न सकिन्छ।

(इ) देशको समृद्धिमा निजी क्षेत्रको भूमिका के हुन सक्छ ?

▶ उत्तर
उत्तर: निजी क्षेत्र उद्योग व्यवसाय सञ्चालन गरेर रोजगार सिर्जना गर्न, उत्पादन प्रवर्धन गर्न, र आर्थिक गतिविधिमा सक्रिय सहभागिता जनाएर देशको समृद्धिमा योगदान पुर्‍याउन सक्छ।
१२. दिइएको अनुच्छेद पढी मुख्य मुख्य चार बुँदा टिपोट गर्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् : [२ + ३ = ५]

हकिङ्ले ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी गहिरो अध्ययन गरी यससम्बन्धी आफ्ना मौलिक मान्यता प्रस्तुत गरेका छन् ।

▶ उत्तर
मुख्य चार बुँदा:
१. हकिङ्सले ब्रह्माण्डको उत्पत्ति सर्वाधिक घनत्वको बिन्दु (सिङ्गुलारिटी) बाट भएको र यसको अन्त्य पनि त्यस्तै बिन्दुमा हुने मान्यता राखेका छन्।
२. हकिङ्सले ब्ल्याकहोल अत्यन्त भारयुक्त ताराबाट निर्माण हुने र ती ब्ल्याकहोलमा महाविस्फोटन भएर ब्रह्माण्डको उत्पत्ति हुने सम्भावना प्रस्तुत गरे।
३. ब्ल्याकहोलभित्र गुरुत्वाकर्षणले हरेक चिज खुम्चिन्छ र विकिरण उत्सर्जन हुन्छ, जसलाई 'हकिङ्स रेडियसन' भनिन्छ।
४. हकिङ्सको सृष्टिसम्बन्धी विचार 'ऋग्वेद' को सृष्टिसिद्धान्तसँग समानता राख्छ।

सारांश: हकिङ्सले ब्रह्माण्डको उत्पत्ति र संरचनामा गहिरो अनुसन्धान गरेका छन्। उनले मान्यता राखे कि ब्रह्माण्ड सर्वाधिक घनत्वको सिङ्गुलारिटीबाट उत्पन्न भएको हो र यसको अन्त्य पनि त्यस्तै बिन्दुमा हुनेछ।
१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४]

(क) कक्षा १२ उत्तीर्णपश्चात् विद्यालयले प्रदान गर्ने चारित्रिक प्रमाणपत्र लिन आफू उपस्थित हुन नसक्ने भएका कारण उक्त प्रमाणपत्र दिदीलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दै लेखिने मञ्जुरीनामाको नमुना तयार पार्नुहोस् ।

▶ उत्तर
उत्तर:
श्रीमान प्रधानाध्यापक ज्यू,
श्री जन माध्यमिक विद्यालय
बीरेन्द्रनगर, सुर्खेत

महोदय,
मिति: २०८१/०१/१७
विषय: मञ्जुरीनामा सम्बन्धमा

उपर्युक्त सम्बन्धमा म यस विद्यालयमा शैक्षिक सत्र २०७५/७६ मा भर्ना भई नियमित रूपमा कक्षा १२ को बोर्ड परीक्षा उत्तीर्ण गरेको छु । स्नातक तहमा भर्ना गर्नका लागि मलाई तत्काल चारित्रिक प्रमाणपत्र चाहिएको हुनाले मेरी दिदी श्री ज्योती खत्रीलाई मञ्जुरीनामा दिएको छु ।

मञ्जुरीनामा पाउनेको नाम: ज्योती खत्री
मञ्जुरीनामा दिनेको नाम: सृजना खत्री

(ख) बढ्दो महँगीले जनजीविकामा पारेको प्रतिकूल असरका बारेमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन एक राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकलाई चिठी लेख्नुहोस् ।

▶ उत्तर
उत्तर:
राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकज्यू,

विषय: बढ्दो महंगीले जनजीविकामा परेको प्रतिकूल असरबारे ध्यानाकर्षण

आदरणीय सम्पादकज्यू,
म यो पत्रमार्फत हालसालै बढ्दो महंगीले हाम्रो देशका सर्वसाधारण जनताको दैनिक जीवनमा परेको गम्भीर प्रभावबारे तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु। दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धिले गरिब तथा मध्यम वर्गीय परिवारहरूलाई अत्यन्तै प्रभावित बनाएको छ।

धन्यवाद।
तपाईंको विश्वासी,
[तपाईंको नाम]
१४. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [५]

(क) आफ्नो विद्यालयको वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रमका बारेमा १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस् ।

▶ उत्तर
उत्तर:
विद्यालय वार्षिकोत्सव प्रतिवेदन

हाम्रो विद्यालयमा वार्षिकोत्सव समारोह सम्पन्न भयो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले गर्नुभयो। उद्घाटन समारोह पश्चात विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे। नृत्य, गीत, नाटक, वाद्य प्रस्तुतिले सबैको मन मोह्यो।

सांस्कृतिक कार्यक्रमपछि विभिन्न पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो। उत्कृष्ट विद्यार्थी, खेलकुद, विज्ञान परियोजना र चित्रकला प्रतिस्पर्धामा विजेताहरूलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरियो।

(ख) 'बढ्दो बेरोजगारी समस्या' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।

▶ उत्तर
उत्तर:
बढ्दो बेरोजगारी समस्या

वर्तमान समयमा हाम्रो देशमा बेरोजगारी दर बढ्दै गएको ठूलो चिन्ताको विषय हो। उच्च शिक्षा प्राप्त गर्ने युवा वर्गलाई समेत रोजगारी नपाउँदा मानसिक तनाव, सामाजिक असुरक्षा र आर्थिक समस्या बढ्दै गइरहेका छन्।

सरकारले युवाको सीप र क्षमता अनुसार प्रशिक्षण र स्वरोजगारका अवसर उपलब्ध गराउन आवश्यक छ।
१५. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : [४]

(क) म नेपाललाई माया गर्ने राष्ट्रवादी मान्छे हुँ र मेरो राष्ट्रको हरेक भागलाई म उत्तिकै स्नेहसित मुटुमा सँगाल्छु ।

▶ उत्तर
उत्तर: यस उद्धरणले लेखकको राष्ट्रप्रेम र राष्ट्रिय भावनालाई प्रकट गर्छ। लेखक केवल राष्ट्रको एक भागमात्र होइन, सम्पूर्ण देशलाई आफ्नो मुटुमा समेट्ने भाव राख्छन्। यहाँ "स्नेहसित मुटुमा सँगाल्छु" भन्ने अर्थ राष्ट्रिय एकता, कदर र माया जनाउने भावलाई जनाउँछ। यो उद्धरणले राष्ट्रप्रेम, उत्तरदायित्व र राष्ट्रिय सद्भावको महत्वलाई जोड दिन्छ।

(ख) हेरौँला त्यो हरी भएर आउने छ / तिमी पात भएर पछ्याउने छौ

▶ उत्तर
उत्तर: यस उद्धरणले अवश्यको साथ र अनुगमनको भाव व्यक्त गर्दछ। "हरी" जीवनको मार्गदर्शक वा सफलताको प्रतीक हो भने "पात" उसको पछ्याउने, सिक्ने वा अनुसरण गर्ने पक्षलाई जनाउँछ।
१६. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : [४]

(क) माथिको कवितांशमा कस्तो परिवेशको चित्रण गरिएको छ ?

उनी सोझिन् हामीलाई कहाँ जाने दाइ / भन्नुपर्ला हिमालको बुटी खोज्नलाई

▶ उत्तर
उत्तर: हामीलाई बोलाउँछन् हिमचुली कविताको प्रस्तुत कवितांशमा हिमाल कस्तूरी पाताल आदिको चर्चा गरिएकाले हिमाली भौगोलिक सुन्दर प्राकृतिक वातावरण परिवेशको चित्रण गरिएको छ ।

(ख) 'केही नगर्नु भन्दा केही गर्नु राम्रो' भन्नुको तात्पर्य लेख्नुहोस् ।

▶ उत्तर
उत्तर: केही कर्म नगरी अरूको प्रगतिमा डाहा गरी मानसिक रोगी बन्नुभन्दा अरूका राम्रा कामको अनुकरण गरी कर्मयोगी बन्नु उत्तम हुन्छ ।
१७. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४]

(क) सहकारीले नेपालको विकासमा कसरी सहयोग पुऱ्याएको छ ? चारओटा पक्ष उल्लेख गरी प्रस्ट पार्नुहोस् ।

▶ उत्तर
उत्तर:
१. आर्थिक विकासमा योगदान: सहकारीले सदस्यहरूलाई बचत र ऋण सुविधा उपलब्ध गराएर लघु तथा घरेलु उद्योग, कृषि व्यवसाय र व्यापारमा लगानी गर्न सहयोग पुर्‍याउँछ।

२. रोजगार सिर्जना: सहकारीमार्फत स्वरोजगार र लघु उद्यमलाई प्रोत्साहन गरिन्छ।

३. सामाजिक सशक्तिकरण: सहकारीले सदस्यहरू, विशेष गरी महिला र अल्पसंख्यक समुदायलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउँछ।

४. वित्तीय समावेशन: सहकारीले वित्तीय सेवामा पहुँच नभएका नागरिकहरूलाई बचत, ऋण र बीमा जस्ता सुविधा उपलब्ध गराउँछ।

(ख) नेपाली विविधतालाई पर्यटनसँग कसरी जोड्न सकिन्छ ? 'नेपाली पहिचान' पाठका आधारममा तर्क दिएर पुष्टि गर्नुहोस् ।

▶ उत्तर
उत्तर: नेपाल क्षेत्रफलको हिसाबमा सानो भएपनि सांस्कृतिक हिसाबले विशाल छ । पर्यटकहरुलाई पहाड, तराई, उपत्यका, दुन, जङ्गल, जैविक विविधताको अध्ययन र अवलोकन गर्न मन लाग्छ । तसर्थ नेपाली विविधतालाई सांस्कृतिक पर्यटनसँग जोड्न सकिन्छ ।
१८. कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : [५]

(क) नेपालको सांस्कृतिक विविधता

▶ उत्तर
उत्तर: नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देश हो। यहाँ १२५ भन्दा बढी जातजाति बसोबास गर्छन् र हरेक जातको आफ्नै भाषा, परम्परा, भेषभूषा र पर्वहरू छन्। हिन्दु, बौद्ध, किरात र मुस्लिम समुदायले सहअस्तित्व र सहिष्णुताको उदाहरण प्रस्तुत गरेका छन्।

नेपालको सांस्कृतिक विविधता केवल पर्व र परम्परामा मात्र सीमित छैन। कला, शिल्पकला, वास्तुकला, नृत्य, संगीत र लोककथा मार्फत पनि हाम्रो सांस्कृतिक धरोहर प्रकट हुन्छ।

(ख) मेरो देश : मेरो गौरव

▶ उत्तर
उत्तर: मेरो देश नेपाल, हिमालयको काखमा अवस्थित, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक धरोहरका लागि विश्वभर प्रसिद्ध छ। सगरमाथा, अन्नपूर्ण, पोखरा र चितवनजस्ता स्थलहरू हाम्रो प्राकृतिक गौरवका प्रतीक हुन्।

(ग) प्राविधिक शिक्षा : आजको आवश्यकता

▶ उत्तर
उत्तर: आजको विश्व तीव्र गतिमा विकास भइरहेको छ। विज्ञान, प्रविधि र व्यावसायिक सीपले मात्र समाज र राष्ट्रलाई समृद्ध बनाउन सक्छ। यसैले प्राविधिक शिक्षा आजको आवश्यकता बनेको छ।

नेपालमा प्राविधिक शिक्षा उद्योग, कृषि, स्वास्थ्य, सूचना प्रविधि र सेवा क्षेत्रमा रोजगार सिर्जनामा योगदान पुर्‍याउँछ।

लगइन / साइन अप

कृपया आफ्नो नाम लेख्नुहोस्
कृपया मान्य इमेल लेख्नुहोस् (gmail, yahoo, outlook, etc.)
यो इमेल पहिले नै दर्ता भइसकेको छ। कृपया अर्को इमेल प्रयोग गर्नुहोस्।
कृपया आफ्नो कक्षा छान्नुहोस्
फोन नम्बर १० अंकको हुनुपर्छ र 97 वा 98 बाट सुरु हुनुपर्छ
यो फोन नम्बर पहिले नै दर्ता भइसकेको छ।
कृपया आफ्नो जिल्ला छान्नुहोस्

दैनिक क्रेडिट सकियो

तपाईंले आजका सबै १० निःशुल्क क्रेडिट प्रयोग गर्नुभयो।

यो साइटका सबै उत्तरहरू हेर्न मेम्बरशिप लिनुहोस्।

रु. १००
१ महिना असीमित पहुँच

मेम्बरशिप लिएपछि तपाईंले यो साइटका सबै प्रश्न र उत्तरहरू कुनै दैनिक सीमाबिना हेर्न सक्नुहुन्छ।

WhatsApp मार्फत मेम्बरशिप लिनुहोस्
वा भोलि १० निःशुल्क क्रेडिटको लागि पर्खनुहोस्

Question Only:

5 comments

  1. Where is answer
    1. Where is answer
  2. 9819631523
  3. Exam sakina lagyo ans ayena
  4. Bro bholi exam xa maile hija bata messages gareko membership ko lagi but tyo manxe le gardeko xaina
Cookie Consent
NEB Education serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.